Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, June 24, 2014

कोरियामा थेजिकम सम्बन्धी नयाँ नियमको बिरोध सुरु

सनराईज राइ , दक्षिण कोरिया 
दक्षिण कोरियामा २०१४ को जुलाई अन्तिम २९ तारिकदेखी,श्रमिकहरुले बर्षभरी काम गरेबापत पाउदै आएको सुबिधा बापतको थ्वेजिकम अब भने ५ बर्षको अवधी पुरा गरेपछी आ-आफ्नो देश फर्किएपछी मात्रै पाइने नियम कोरियन सरकारले बनाएपछि त्यसको बिरोध सुरु भएको छ ।

उक्त कदमको बिरोधमा कोरियन मजदुर महासंघ र प्रवासी मजदुर संघ कोरियाले बिगतदेखी नै निरन्तर यसको घोर बिरोध गर्दै आईरहेको छ । दक्षिण कोरियाको सरकारले लाखौ श्रमिकहरुको हित बिपरित यो नियम लागु गरी ठुलो अर्थतन्त्र तत्काल बाहिरी नजाओस भन्ने हेतु राखी यो कदम चालिरहेको गोप्य सुत्रहरुबाट थाहा हुन आएको छ।

बिरोधकै क्रममा जुन २२ तारिक आईतबार सदेमुन नजिक रहेको मेथोडिस्ट थेओलोजिकल युनिभर्सिटीको प्राङगण मा पत्रकार सम्मेलन र सभा भएको थियो । उक्त बिरोध कार्यक्रममा कोरियन सासद “छाङ हान ” ले यो नियम तत्काल खारेजी हुनुपर्ने कुरामा जोड दिएका थिए, भने प्रवासी मजदुर सँघका अध्यक्ष उदय राईले पनि यो नियम खारेजी नभइन्जेल सम्म बिभिन्न बिरोध कार्यक्रमहरु गरिरहने बताए ।

त्यस्तै थ्वेजिकम कोरियामै पाउनु पर्ने माग गर्दै कम्बोडिया,नेपाल,फिलिपिन्स,उज्बेक्स्तान, म्यानमार,बङलादेस,श्रीलन्का साथै अन्य देशका बिभिन्न श्रमिक प्रतिनिधिहरुले बोलेका थिए भने २ बजे सुरु भएको उक्त कार्यक्रम सदेमुन हुँदै जुलुस ख्वाङहामुन स्टेशन मा पुगेर कोण सभामा टुङगिएको थियो ।

No comments:

Post a Comment