Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, June 1, 2014

कोरियामा म्याग्दी रनिङ कपको खेल ताईशीट तयार, १४ टीमको सहभागिता

भरत तुलाचन - सउल, कोरिया -
म्याग्दी समाज समिति दक्षिण कोरियाले आगामी हप्ता अर्थात जुन ८ तारिख आईतबारको दिन आयोजना गर्न गई रहेको प्रतिष्प्रर्धात्मक भलिबल खेल म्याग्दी रनिङ कप २०१४ को खेल टाईशीट तयार भएको छ ।

राजधानी सउलको तोङदेमुन स्थित नमस्ते रेष्टुरेण्टमा आयोजित टाईशीट तयार कार्यक्रममा सहभागि सबै संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कूल १४ टीमले सहभागिता जनाएको यस आयोजनालाई छिटो छरितो सम्पन्न गराउन उपस्थित प्रतिनिधिहरुको सामूहिक सहमतिबाट खेल शुरु बिहान ठीक दश बजे गरिने भएको छ । पहिलो खेल खेल्नु पर्ने टीमहरु एम्पाएरको पहिलो संकेत पश्चात अर्थात एम्पाएरको गेम स्टार्ट पोजिसनको पहिलो संकेत पश्चातको १५ मिनेट भित्र अनुपस्थित रहे अनुपस्थित दुबै टीम नकाउट हुनेछन । तर ग्राउण्डमा १ टीमको उपस्थित रहे ग्राउण्डमा उपस्थित टीमको स्वतः बिजयी र अनुपस्थित टीम स्वतः नकाउट गरिने निर्णय गरिएको छ । पहिलो टीमहरु नकाउट भएमा  नकाउट पश्चातको ठीक १०ः४५ मा आयोजनाको दोश्रो खेल संचालन गरिने छ । सोहि निर्णय दोश्रो,तेश्रो गरि प्रायःसबै खेलमा लागू हुने छ । गोला प्रथा मार्फत तयार गरिएको टाईशिट नतिजा अनुसार आयोजनाको पहिलो खेल तनहुं प्रवासी उद्दार समाज र आन्सान बीच तथा दोश्रो खेल एस एम टी र युनिट भिजन बिच प्रतिष्प्रर्धा हुने छ । ताईशीट नतिजा अनुसार पर्वत प्रवासी समाज र गुल्मी सम्पर्क समिति बाईमा पर्दै सिधै दोश्रो चरणमा प्रवेश  गरेका छन ।

No comments:

Post a Comment