नमस्ते नेपाल कोरिया डट कम -
दक्षिण कोरियामा गत दुइ महिना अघि भएको डुङ्गा दुर्घटनाबाट उद्धार गरिएका ७० भन्दा बढी विद्यार्थी बुधबारबाट पुनः विद्यालय जान थालेका छन् |
४७६ जना सवार रहेको सेवाल नामक डुंगामा केही बेपत्तासहित ३ सय जनाको मृत्यु भएको थियो l दक्षिण कोरियाको दक्षिणी द्वीपमा शैक्षिक भ्रमणका लागि गएका आन्सानको डान्वोन उच्च माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षक परेका थिए | दुर्घटनाको समयमा करिब ७४ जना विद्यार्थीसहित १७६ व्यक्तिलाई उद्धार गरिएको थियो । हराइरहेका केही व्यक्तिको अवस्था अझै पत्ता लागेको छैन । ती विद्यार्थी बुधबारबाट विद्यालय जना थालेको समाचारलाई कोरियाली सञ्चारमाध्यमहरुले प्राथमिकतामा राखेका छन् ।
दुई सयभन्दा बढी आफ्ना सहपाठी सो दुर्घटनामा ज्यान गुमाएका उनीहरु निकै नरमाइलो मान्दै विद्यालय पुगेको पनि समाचारमा जनाइएको छ । विद्यालय जान सुरु गरेका विद्यार्थीका आमाबाबुले संयुक्त विज्ञप्ति प्रकाशित गरी ती बिद्यार्थीले आफ्नो दैनिक कार्य सुरु गरेका जानकारी गराएका छन् ।

No comments:
Post a Comment