-कबिता-
काखमा तब राखेर घाँटीमा जब सेरियो ,
ती आश्वासनको लड्डु चखाई जब बेरियो l
नचाई नाटकी पारा जनता जब केरियो,
राजनीतिहरू बुझ्दै व्यवस्था अब हेरियो l
व्यक्ति विरोधले मात्र प्रश्रय पाउछ यहाँ ,
हेर यो देशको भाग्य भविस्य नै गुम्यो कहाँ l
अनुशासनको जिम्मा लिदैनन् न्यायको पनि ,
थाती राखेर उफ्रन्छन् कुर्ची कै परिधि मुनि l
गर्नेहरू पछारिन्छन् लतार्छन् नाटकीहरू ,
घुसको पोटलीभित्रै बिक्दैछ्न् जाँचकीहरू l
खेती डलरको गर्दै बेचिन्छन् जब मानव ,
पसिसके यहाँ हाम्रा देशमा सब दानव l
बिद्रोहमात्र हैन है कुरा देश विकास देशको ,
बढारी दुर्गति हाम्रा ल्याउँ बाढी विचारको l
कमल प्रसाद अर्याल ,दक्षिण कोरिया
कमल प्रसाद अर्याल |

No comments:
Post a Comment