Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, May 2, 2014

आउदो आइतबारमा हुने सुरुङ्मार्गमा लगानी सम्बन्धि सेमिनारको स्थल तथा समय परिवर्तन

नमस्ते नेपाल कोरिया संवाददाता 
आगामी आइतबार हुनलागेको सुरुङ्मार्गमा लगानीसम्बन्धि बृहत सेमिनार कार्यक्रमको स्थल तथा समय परिवर्तन भएको  लिंक एसिया कं .लि का प्रवन्ध निर्देशक–आरपि देवकोटाले नमस्ते नेपाल कोरिया डट कमलाइ बताए l

कुशकुमार जोशी र भवन भट्टको उपस्थितिमा हुन गैरहेको काठमाण्डौं–हेटौडा सुरुङ्मार्गको संस्थापक शेयर लिने सम्बन्धि बृहत सेमिनार ०४ मे तारिख आइतबारका दिन सउल इल्जिरो इप्गु यक (Euiljiro (il) Ga station) नजिकै रहेको Korea Exchange Bank को सभाहलमा हुने भएको छ lनेपालको आर्थिक विकासका लागि कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको सुरुङमार्ग निर्माणको काम निजी क्षेत्रको नेपाल पूर्वाधार विकास कम्पनी लि. ले लिएको छ । टिबीआई होल्डिङ्स कम्पनी लिमिटेड जापानले काठमाडौं–हेटौडा सुरूङमार्ग निर्माणमा १ अर्ब रुपैयाँ लगानी गर्ने भैसकेको छ ।  सुरूङमार्ग निर्माणको नेतृत्व गरिरहेको नेपाल पूर्वाधार विकास कम्पनीका अध्यक्ष जोशी र टिबीआइका अध्यक्ष भट्टबीच केहि दिन अघि शेयर  खरीद सम्झौतामा हस्ताक्षर भएको थियो  ।

नेपालको विकासमा ठुलो सहयोग पुग्ने भएकाले कोरियामा सामाजिक क्षेत्रमा सेवा गर्दै आइरहेका सम्पुर्ण संघ संस्था, ब्यवसायी, विधार्थी, पत्रकार, इपिएसमा आएका नेपालीहरु तथा कोरियामा रहेका सम्पुर्ण नेपाली समुदायलाई उक्त कार्यक्रममा उपस्थितिका लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।

स्थल: 
Korea Exchange Bank, Seoul, 181 Jung-gu
외환은행빌딩,서울특별시 중구 을지로 2 가 181
समय:
सेमिनार: ठिक ११.३० बजे (०४ मे २०१४, आइतबार)
फारम वितरण: ११.०० बजे बाट सुरु


थप जानकारीका लागिः
लिंक एसिया कं। लि।, सुवन स्टेशन
प्रवन्ध निर्देशक–आरपि देवकोटा
शेयर दरखास्त दिने अन्ति मितिः   जुन १५, २०१४
सम्पर्क नम्बरः ०१०–५८७७–५५१२ (मोबाइल)
फोन नं. ०३१–२४१–०९२०, ०७०–८८१८–१४१४
स्थान : नेपाल हाउस, सउल
समय : १: ३० बजेबाट शूरु

आबेदन फारम पनि सोहि स्थानमा वितरण हुने हुदा निम्न कागजात लिई आउनुभएमा सोहि समयमा निबेदन भरेर बुझाउन सकिने छ|
सेयर आवेदनका लागि १२ बजेबाट
१. नागरिकताको फोटो कपि १ प्रति
२. पासपोर्टको फोटोकपि १ प्रति
३. पासपोर्ट साइजको फोटो १ प्रति

No comments:

Post a Comment