Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, May 2, 2014

नेपाल पत्रकार महासंघमा विदेश शाखालाई समान अवसर दिनुपर्छ

खेम कार्की , काठमाण्डौ 
नेपाल पत्रकार महासंघको केन्द्रीय अधिवेशन २०७१को वैशाख२० र २१ गते काठमाण्डौमा हुदैंछ । देशभरीका शाखाका पत्रकारहरु तथा विदेश शाखाका पत्रकारहरुको उपस्थितीमा हुने यो अधिवेशन पत्रकारहरुको लागि विशेष छ ।
आफ्नो हक र अधिकारको कुरा गर्दा गर्दै पछिल्लो समय पत्रकारहरुले दलीय स्वार्थ भन्दा माथि उठेर देश र जनताको पक्षमा गर्नुपर्ने कामहरु धेरै छन ।
यही वर्ष बाट नेपाल पत्रकार महासंघले महिला ,मधेशी पिछडिएको क्षेत्रलाई समावेश गरी केन्द्रीय समिति पनि समावेशी गर्दै छ । यस्तो बेलामा विदेशमा रहेका शाखाहरुलाई भने महासंघले समान अवसर दिएको छैन ।
देशभरीका शाखा झै विदेश शाखाबाट पनि पार्षद त चयन हुन्छन तर उनीहरुलाई आफ्नो प्रतिनिधि चयन गर्ने भोट अधिकार दिइएको छैन । नेपाल पत्रकार महासंघकै शाखा हुदा हुदै पनि विदेश शाखाले देशका शाखा भन्दा बढि रकम तिर्नुपर्छ ।
विदेशमा दुख गरेर पत्रकारिता गर्ने पत्रकारहरुलाई पुरस्कृत तथा उत्साहित गर्ने काम महासंघले गर्नुपर्नेमा डबल शुल्क लिएर महासंघले पक्षपाती काम गरेको छ ।
यसैको कारण महासंघका विदेशका शाखाहरुमा नियमीत सदस्यता लिने पत्रकारहरु कम हुने गरेको छ । शुल्कको यही भारले पनि महासंघका कोरिया शाखा सचिव देखि अध्यक्षको कार्यभार सम्हाल्र्दा पत्रकारहरुले सुनाएको समस्या अनुभव शेयर गरेको हु । पत्रकारहरुले सदस्यता शुल्क बढि भएको गुनासो गरिरहन्छन तर केन्द्रमा त्यसलाई जानकारी दिदा पनि गम्भीर रुपमा लिएको पाइदैंन ।
शुल्क चाहि बढि तिर्ने अनि अधिकार चाहि कम यस्तो आखिर किन भएको छ विदेश शाखाको हकमा ? कोरियामा पार्षदको व्यवस्था भएपछि उनीहरुले नेपालका शाखा जस्तो समान भोट हाल्ने अधिकार किन नपाउने ? यस्तो हो भने विदेश शाखाको प्रतिनिधित्व गर्ने गरी केन्द्रीय समितिमा व्यवस्था गर्न जरुरी छ ।
कोरिया कै हकमा २०७० सम्मको सदस्यता नियमीत पुर्नदर्ता गरिसकेका छन । तर उनीहरुलाई समयमा कार्ड उपलब्ध गराउने तथा महासंघले तालिमा तथा अन्य सुविधा दिने काममा कुनै अग्रसरता दिन सकेको छैन । अधिवेशन ताका आउने प्रतिनिधिहरुले विदेश शाखाहरुलाई अझ शक्तिशाली र समान अधिकार दिने वचन दिएपनि नेपाल फर्कना साथ सबैं विसन्छन । कोरियाको हकमा वर्तमान अध्यक्ष , भुपु अध्यक्षहरु ,उपाध्यक्ष , महासचिवहरु धेरैंले भ्रमण गरेर त्यहाका पत्रकारहरुको अवस्थ बुझिसकेका छन ।
अहिलेका अध्यक्षका प्रत्यासी महेन्द्र विष्ट र पोषण केसीले पनि कोरियाको भ्रमण गरिसकेका छन । यस्तै कोरिया जस्ते धेरै देशमा नेपाल पत्रकार महासंघका प्रमुख प्रतिनिधिहरुले भ्रमण गरी त्यहाको वस्तुस्थिती बुझेका छन । यति हुदाहुदै पनि विदेश शाखाको हकमा महासंघले समान अधिकार दिन पहल गरेको छैन । कोरियाकै जस्तो विदेशमा बस्ने धेरै नेपालीले मजदुरको रुपमा काम गर्ने तथा पत्रकारीतालाई पनि दिनरात नभनि सुचनाको हक दिने गरेका छन । यस्तो अवस्थामा नेपाल पत्रकार महासंघले उम्मेदवार हुने ,केन्द्रमा प्रनितिधित्व गर्ने तथा आफ्नो प्रतिनिधि छान्न भोट हाल्ने समान अधिकार पाउन सकेका छैनन । यसमा नेपाल पत्रकार महासंघले हालको विधान संसोधन गर्न जरुरी छ । आफ्नो अधिकारको लागि विदेशमा रहेका शाखाहरुले एक जुट भएर विधान संसोधनको पहल जरुरी छ ।
(लेखक नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका
प्रमुख सल्लाहकार तथा  निवर्तमान  अध्यक्ष हुन )

No comments:

Post a Comment