Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, April 30, 2014

आमाको भक्तिमा

 -कमलप्रसाद अर्याल-
-कविता-

सृष्टि स्वरूप हौ आमा  जननी ममता धनी
गर्छु पुकार हे माता तिम्रै रक्षा रहोस् भनी l
बढे हुर्के पनि कैल्यै तिम्रै सामीप्यता मुनि
बसेर सकिन मैले सेवा गर्न कुनै पनि l
जन्माई दुखका साथ रक्षा मेरो गरिरहयौ
चुसाई दूधका धारा ,मेरै निम्ति लडिरयौ l
आज प्रवासमा तिम्रै सम्झना मात्र साथ छ
आमा भनी पुकार्दै छु गाथमा न आराम छ l
आमा!आमा!पुकारेर नानाथरी पनि भन्यो
औषधि ख्वाउन सक्ने न त प्रारब्ध नै बन्यो l
श्रद्दा सम्मान है आमा !तिम्रै निम्ति प्रवासमा
मुक्ति  तुष्टि र   ऐश्वर्य साथ फिर्ने छ आशमा l
सम्मानसाथ अर्पन्छुश्रद्दा आस्था र भक्तिले
रक्षा तिम्रो सधै नै होस् कृपा राखून् ती ईशले l l

कमलप्रसाद अर्याल ,दक्षिण कोरिया 

No comments:

Post a Comment