कमलप्रसाद अर्याल [शास्त्री ] ,दक्षिण कोरिया
लामो समयदेखि धर्म सस्कृति र राजनीतिमासमेत देखा परेका विसंगतिको आधार कुनै एक जातिविशेष मात्र हो भन्ने आधारमा अनेक मनगढन्ते चिन्तन राख्दै दमनको पराकाष्टामा पुगेको आधुनिक घोषित दलित बाहुन समाजलाई नै बारम्बार उछितो काढ्नु पर्ने किन?के यही चिन्तन हो नेपाललाई युरोपको हाराहारीमा पुर्याउन सक्ने विकासको आधार ? के एक जातिको बिरोधका आधारमा मात्र सत्तामा पुगियो भन्दैमा विश्व समुदाय र बौद्दिक समाजले स्वीकार गर्ला ?धर्म शास्त्रको कुनै अंशको बोध नभएका जंगलीले धर्मशास्त्रको कपोलकल्पित ब्याख्या गर्दै हिड्दा के तिमी धर्म शास्त्री बन्यौ कि उपहासका पात्र बन्दै छौ मूल्यांकन गरेका छौ ? यस्ता अनेक प्रश्नहरू मनमा खेल्दै जाँदा नलेखी रहन सकिन l एउटा पटमुर्ख सभामा गजक्क परेर ब्यसमा बस्छ उसले आफ्नै धर्मशास्त्र हाक्छ धर्मशास्त्री श्रोता बन्छन् सुनिदिन्छ्न् ताली पिट्न आग्रह आउँछ 'तेरा मुखमा कीरा परोस्' मौनतासाथ ताली पिट्छ l कारण आज बाहुनको बाच्ने आधार छैन आज सिदा, दान,र भिक्षाका आधारमा शिक्षा दिदै हिड्ने जमाना छैन र बाहुन बाच्न सक्दैन l उसले आजको समाज कानुन र न्यायको मार्गमा रहेर अन्य जातिसंग प्रतिस्पर्धा गरेर जीविका धान्नु पर्छ l आज हामी बैदिक युगमा छैनौ २१ औ शताब्दीको चरम विकाशको झिलिमिली हेर्दै विश्व भ्रातृत्वको आदर्शमा बैदिककालीन सभ्यतालाई मानवतावाद र मानवाधिकारको न्यायोचित मार्गमा रुपान्तरित भएको भ्रम पाल्दै जंगली युग मै रमाई रहेका छौ l
अन्य जातिलाई राजनीति ,सरकारी सेवा र अन्य हरेक ठाउमा आरक्षण छ त्यही बाहुन जो हिजोको इतिहासमा राजकाज त्यागेर सामान्य झुप्रोमा शिक्षा लिने र दिने छात्र छात्राले मागेर ल्याएको सिदाको खिचडीका भरमा सभ्य समाज ,न्यायपूर्ण संरचना निर्माण गर्न क्रियाशील रह्यो l जुन ब्राम्हण धन प्रयोगका निम्ति हुनुपर्छ थुपार्नका निम्ति होइन भन्ने मान्यता राख्दछ उस बिरुद्द किन यत्रो आक्रोस ! त्यो ब्राम्हण जो डलरले पोल्दैमा मुक्ति पाइन्छ भन्ने कुरामा विस्वास गर्दैन l जसले जति धन थुपारे पनि उपयोग बीनाको धनलाई मल मुत्र र विष्टा समान ठान्दछ l त्यो पुरोहित कसैको पूजा लगाउन जाँदा सय रुपिया भाडा तिरेर जांन्छ ५० रुपियाँ दक्षिणा थापेर मुसुक्क हास्दै फर्कन्छ के रिस गर्नु कठै ! कासीका पण्डा ठग भट्ट जो सरकार हल्लाएर खुलेआम सरकारलाई चुनौति दिएर पशुपतिको धन लुट्दैछ ३ तीन जनाको उदाहरण दिएर पुरै आर्यहरूको सभ्यतालाई चुनौति दिएँ भन्ने चम्चाहरू डाडुमा पानी तताएर मरे हुन्छ l जुन सभ्यताले जंगलबाट उठाएर सहरमा पुर्यायो ,जुन अग्निहोत्रको सिदाले शक्ति संचय गरी छोरो जन्मायो त्यही छोरो आज थोरै धन,खोक्रो प्रतिष्ठा ,विदेशको भिसाका निम्ति र अवसर पाउनका आफ्नै पितृलाई लात हान्दै छ ,आफ्नै ओज पतन गराएर थपडी बजाउदै छ !धिक्कार!जातीय भेदभाव राष्ट्र विकासको तगारो हो , हिजो कुनै जाति पिछडिएको हुन सक्छ ,त्यसको प्रतिशोध स्वरूप अर्को जातिमाथि खनिनु वैज्ञानिक समाधान होइन l जातीयताको अन्त्य गर्नु र मानवको जात मानव हो भन्ने मन्यता स्थापित गर्न सक्नु बुद्धिमानी हो l अपेक्षा भावले हिजो कुनै जति पिछडीयो ,उसले मुक्तिका निम्ति संघर्ष गर्यो ,आज अर्को जातिलाई संघर्षमा उतार्यो ,जहिले आन्दोलनको विचार जन्माउनु विकास बिरोधि कदम हो l अब विकास र अग्रगमनको चिन्तनमा क्रियाशील हुने अवस्था आएको छ l वर्गीय सहानुभूति र जनतालाई समान अवसर दिन सके मात्र अग्रगमनतिर देश लम्कन्छ l धर्म मान्ने अधिकार सबैको छ कुनै धार्मिक बितण्डा सिर्जना गर्ने चिन्तन जंगली चिन्तन हो l मुल्लाह,पादरी र पण्डितका आफ्ना आफ्ना कर्म धर्म ,बिधि, प्रक्रिया छन् र सम्बन्धित समुदाय श्रद्धा विस्वास र आस्थामा टिकेको छ l धार्मिक सहिष्णुताको आडमा अन्य चिन्तनको वलात्कार गर्ने चेष्टा गर्नु ठीक होइन l
त्यो पुरोहित पुत्र जो सेनामा प्रवेश गर्न उत्सुक छ त्यही मानवतावादी दर्शनका आधारमा धर्मनिरपेक्षताको सम्मान गर्छ l लौ अन्यजाति आरक्षणका आधारमा आऊ हामी प्रतिस्पर्धाका आधारमा स्थापित हुन्छौ भन्ने मान्यता राख्दछ वा सहज स्वीकार गर्दछ l शेष घले जस्ता धनाढ्य पनि बाहुन होइन् काठमाडौँका मन्दिर परिसरमा टपरी थापेर टिका प्रसाद प्रदान गरेर दिएको खाने बाहुन काठमान्डौका ठुला महललाई इर्श्या गर्दैन l राज्यमा त्यसको के पहुच के सत्तामा माखो नमर्ने भुस्तिग्रे सबै जातिका जम्मा भएर बीरबलको खिचडी पाक्दै गरेको टुलुटुलु हेर्ने हामी जस्ता बाहुन चुप नै छौ त ! बिचरा !पुरै बाहुन र आर्य जातिलाई खेदो खन्नु l खुट्टा टेक्न दियो ,सुत्न खोज्छ,सुत्न दियो घरबाटै लखेट्छ भने जस्तो कुनै एक धर्मीले अनावस्य परधर्मीमाथि अतिक्रमण र हस्तक्षेप नगरिदिए हुने हो मानवताका आधारमा किन हस्तक्षेप गर्नु मानवीय स्वतन्त्रतामा ? अति भए पछि आक्रोस निस्कन्छ जातीय धार्मिक कलह बढ्छ यही जातीयताको आधार र धर्ममा अनावस्यक हस्तक्षेप गर्नाले ठुलो पाटी फुटबल टेनिस बलमा खिएर झरेको स्मरण कसैलाई त हुनुपर्छ l
सैनिक तालिम गर्न पुरोहितले रोके रे ! लौ ! आत्मरक्षा को चाहन्न ? नाचाहिनेले पासो लाएर मरे भो नि ! सैनिक तालिम दिनु राम्रो हो .पुरोहितले पनि आत्मरक्षा चाहन्छ ,बच्नकाजो जुन पेशा गर्छ उसले बच्नका निम्ति पाउने पारिश्रमिकको प्रक्रियाफरक हुन सक्छ , दानका भरमा जीविका गर्ने बाहुनप्रति सहानुभूति राख्नु ठिक हो l लुत्दैन चोर्दैन खुसीले दिएको खाने हो जुन धर्ममा पनि दान लिने दिने चलेका छन l त्यसरी नै धार्मिक अगुवा चलेका छन l सबैको जिविकोपार्जनको तरिका एकै देखिन्छ l यति हो कोही कसैको विरोध गर्नु ठीक मान्दैनन् l कसैलाई बिरोध नगरी आफ्नो मान्यता सिद्द गर्न सकिन्न भन्ने लाग्दो हो l तर यो गलत हो ,आफ्ना महान् आदर्शबाट प्रेरित गर्न सक्नु ठुलो कुरा हो l कसैका घरमा पसेर धम्क्याएको भरमा हस्तक्षेप गर्नु भने गलत हो l

No comments:
Post a Comment