हेमन्त आचार्य ,दक्षिण कोरिया l
नेपाल र कोरिया बीचको सम्बन्धको चर्चा गरीरहंदा त्यहाँ कार्यरत मजदुरहरुको हालत कस्तो छ भने बारेमा चर्चा गर्नु उपयुक्त हुन्छ l बैधानिक बाटो भएर गई अबैधानिक तरिकाको बसाईले गर्दा नेपालीहरुले नेपालीलाइ नै धरापमा पारिराखेको अवस्था छ l अबैधानिक बस्नु नेपालीहरुको रहर होइन बाध्यता हो तर बाध्यता भन्दैमा कोरिया जाने मूल बाटो नै छेकेर पालो पर्खेर र अवसर कुरेर बसेका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई निराशा तुल्याउने प्रवृति अबैधानिक बसेका दाजुभाई तथा दिदीबहिनीहरुबाट भइरहेको छ l यस्तो किसिमको प्रवृतिले गर्दा कसैको हित नहुने कुरा प्रष्ट रुपमा देखिन आएको छ l अबैधानिक रुपमा बस्दा जोखिम मोल्न परेपनि आर्थिक आम्दानी राम्रै हुने भएकोले हाम्रा कतिपय दाजुभाई दिदीबहिनीहरु यस्तार्फा प्रेरित भएको होलान तर दिर्घकालिन रुपमा देशको सम्पूर्ण कुरालाई मध्यनजर गरेर हेर्ने हो भने हामीले घोर गल्ति तथा आफ्नो खुट्टामा आफैले बन्चरो हानिरहेका छौं l जबसम्म हामी नेपालीहरु सबैमा ' म र मेरो भावनाले छोड्दैन तबसम्म हामी नेपाली जतिसुकै उफ्रेपनी जहाँको तहीं हुन्छौं l देशको हित र सबैसंग भाइचाराको सम्बन्ध स्थापित गर्नको लागी म र मेरो भावाना त्यागेर 'हामी र हाम्रो' भावना भित्री मनबाट नै जागृत हुनुपर्दछ र यो कुरा हामीलाई थाहा छ तर बुझी बुझी बुझ पचाइरहेका छौं l यो यथार्थ हो र यस्तो अवस्था अझ पनि कायमै छ l
भनिन्छ 'माइती देशको कुकुर पनि प्यारो हुन्छ ' तर कोरियामा नेपालीले नेपालीलाई नै हेप्ने प्रवृतिले गर्दा यो उखानको सान्दर्भिकता मेटिने हो कि भन्ने पीर हामि देशप्रेमी नेपालीहरुलाई पर्न थालेको छ l मानिस जतिसुकै पैसा र सम्पति कमाएपनि मानबियता भएन भने त्यसको कुनै अर्थ रहँदैन l विभिन्न किसिमका बिकसित घटनाक्रमलाइ हेर्ने हो भने धेरै बर्ष पहिले देखि अबैधानिक बसेका नेपाली दाजुभाईहरुले नया बैधानिक नेपाली दाजुभाईहरुलाई हेपाहा दृष्टिकोणले हेर्ने गरेको तथ्यहरु सामाजिक सञ्जाल फेसबुक मार्फत साथीहरुको गुनासो पाइएको थियो l यस्तो प्रवृति उपर सम्पूर्ण नेपालीहरुको एकजुट हुनुको कुनै विकल्प देखिंदैन l
नेपाल सरकार र कोरिया सरकार बीचको सम्बन्धको यात्रा लामो रहेपनि केहि बर्ष यता देखि समधुर हुँदै आइरहेको छ l कोरिया सरकारको नेपाली कामदार प्रतिको मोहले गर्दा नेपालको अर्थतन्त्रमा अत्यन्त राम्रो फाइदा पुगिरहेको छ l इपियस प्रणालीबाट गएका नेपाली कामदारहरु प्रायजसो राम्रै काम र दाम कमाएर फर्किएका छन र ति मध्य ४६६ जना कामदारहरुको भिषा सकिएपछि अबैधानिक बसेको लिस्ट इपियासको वेबसाइटले सार्वजानिक गरेको छ l त्यसमा झन्डै २ दर्जन कामदारहरु भिषा परवर्तन गरिबसेको र मेडिकल ट्रीटमेन्टको क्रममा बैधानिक नै बसेको र कोरियामा मृत्यु भएको कामदारको सूचीमा राखेर सार्वजनिक गर्नु इपियस शाखाको अन्यायपूर्ण कार्य हो l
सदियौं देखि सम्बन्ध र नेपालको सिङ्गो अर्थतन्त्रलाइ धक्का पुग्ने खालको ब्यबहार नेपाली अवैधानिक कामदारहरुबाट भएको तथ्यलाई मध्यनजर गर्दै नेपाल सरकार मार्फत कोरिया दुतावासले अवैधानिक कामदारलाइ छिटो फर्कन अनुरोध गरिरहेको समाचारले नेपाल सरकारको यस तर्फ आँखा खुलेको प्रष्ट देखिन आउँछ l नेपाल सरकारले ह्विप जारी गर्ने तर कार्यान्वयन नगर्ने हो कि भन्ने सवालहरु पनि यात्रा तत्र चर्चाका बिषयहरु बनिरहेका छन l इपियस नेपाल शाखा प्रमुख डिल्लीराम बास्तोलाले कोरियाबाट फर्केका कामदारहरुलाई श्रम र सिप हेरी उचित किसिमको ब्यबस्थापन गरिदिने कुराले भने फर्किने कामदारहरुलाई उत्प्रेरणा र हौसला थपिदिने निश्चित छ l
सरकारले अवैधानिक कामदारलाइ मात्र दोष दिएर आफु पन्छिन खोज्नु कदापि राम्रो होइन l सिप सिकेर आएका दक्ष जनशक्तिहरुलाइ त्यस्तै किसिमको वातावरण सृजना गरी समायोजन गर्नुपर्छ l उदधोग र कृषि सन्चालन गर्न चाहनेहरुलाई सस्तो ब्याज दरमा ऋण उपलब्ध गराई उनीहरुलाई आत्मसन्तुष्टि पार्न सके यो कदम राम्रो हुनेछ अन्त्यथा 'हाती आयो हाती आयो फुस्सा ' पनि नहोला भन्न सकिन्न l अवैधानिक कामदार फर्काएर नेपाल ल्याई अलपत्र छाडियो भने अहिले भन्दा भयाभह अवस्था नेपालमा निम्तिने कुरालाइ पनि नेपाल सरकार र कोरियन दुतावासले राम्ररी सोच्नु पर्ने कुरालाई पनि लुकाउन मिल्दैन l
नेपाल र नेपालीको हितमा लागिरहेका कोरिया सरकारको ध्यान भविष्यमा पनि कायमै रहोस ' कोरिया ' भन्ने नाम सुन्ने बितिकै नेपालीको मनमा छिमेकी देशको अनुभव होस साथै नेपाली कामदारहरुबाट पनि कोरियाको कानुन ब्यबस्थामा आंच आउने काम नहोस , भविष्यमा पनि नेपालीहरु बैधानिक रुपमा कोरिया अध्यागमनमा रोकतोक नहोस l हो यति भएमा मात्र हामी नेपाली र हाम्रो देश नेपाल कोरियाको शुभेच्छक रहिरहनेछ l

No comments:
Post a Comment