Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, May 18, 2014

दक्षिण कोरियामा साकेलाको भब्य तयारी

सनराइज राई ,दक्षिण कोरिया -
प्रत्येक बर्ष किराती राइहरुले मनाउने उभौली साकेला यो बर्ष पनि भब्यताको साथ सम्पन्न गर्नको लागि मे १८  आईतबार दोङ्देमुनको रेशम फिरिरी रेस्टुरेन्टमा बृहत  छलफल तथा अन्तिम तयारी सम्पन्न भएको छ।
किराती राईहरुको यो महान साकेला पर्व बर्षमा दुइपटक मनाइन्छ, उभौली र उधौली गरेर आफ्नो सास्कृतिक महत्व झल्काउने भेषभुषामा सु-सज्जित भएर ढोल,झ्याम्टा सँगै सिली नाच्ने र भुमीदेव सुम्निमा र पारुहाङ लाई सक्ती माग्ने गरिन्छ।
किराती राइहरुको भिभिन्न किसिमको आफ्नो आफ्नै महत्वको सिली रहेको पाईन्छ त्यही अनुसार सुम्निमा र पारुहाङलाई सम्झेर बिभिन्न सामग्री जुटाएर बिशेष किसिमले संसार भरी यो उभौली उधौली मनाउने गरिन्छ।
 यो पटकको  उभौली साकेला दक्षिण कोरिया को थोङ्देमुन नजिकै रहेको, हिंडेर  १५  मिनेटको  दुरिमा रहेको "दोङ्बाङसान ग्रीन पार्क"(बेडमिण्टन ग्राउन्ड) मा सम्पन्न हुने पूर्ण तयारी भएको सल्लाहकार ध्यान राइले जानकारी दिनु भयो भने अन्य सामग्रीहरुको तयारी र सँघ सस्थालाई निमन्त्रणा गर्ने काम पनि सकिएको जानकारी अध्यक्ष टिका राइले बताउनु भयो ।
कार्यक्रममा सम्पूर्ण विद्यार्थी,पत्रकार,बुद्धीजिवी,ब्यापारी,समाजसेवी साथै कोरियामा रहनु भएको श्रमिक साथीहरुलाई उपस्थितिको लागि किरात राइ यायोख्खा दक्षिण कोरिया हार्दिक अनुरोध गर्दछ।
स्थान :दोङ्बाङ्सान ग्रीन पार्क,(बेडमिन्टन ग्राउन्ड)थोङ्देमुन नजिक हिंडेर १५ मिनेट

मिती : २०१४ -०५-२५ तारिक आइतबार
समय :ठिक १२ बजे सुरु
नोट:उक्त कार्यक्रममा किराती परिकारहरुको तयारी भएको हुँदा खाना नखाइ आउनुहोला ।

No comments:

Post a Comment