Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, April 1, 2014

नेपालमा कोरियन डाक्टरहरुद्वारा तीन दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न( फोटो फिचर सहित )

यम श्रेष्ठ-
 नेपाल कोरिया स्किन हास्पितलको पहलमा  मेडिसिटि थेगु कोरियाको प्रतिष्ठित अस्पतालका चिकित्सकहरु द्वारा काठमाडौको मिन भवन , सिनमंगल र  काभ्रेको फुलबारी स्थित लकाइनेमा तीन दिने स्वास्थ्य शिबिर सम्पन्न भएको छ !
५५ जना टोलीको बिशिष्ट चिकित्सकहरुद्वारा इन्टरनल  मेडिसिन, बाल रोग, आँखा रोग, छाला तथा यौन रोग , दन्त रोग, हाड जोर्नी सम्बन्धी र ओरियन्तल मेडिसिन सम्बन्धी   बिरामीहरुलाई बिभिन्न  रोगहरुको स्वास्थ्य परिक्षण तथा उपचार गरी औषधी बितरण गरिएको थियो। यस कार्यक्रममा लगभग ४५५०  जना सर्वसाधारणले स्वास्थ्य उपचार मार्फत लाभन्बित भएका थिए l
शिविरको अन्तिम चैत्र १७  गतेका  दिन काभ्रे जिल्लाको फुलबारी लकाइनेमा स्वास्थ्य शिविरका साथै आर्थिक अभाबका कारण  धेरै बर्ष देखि बन्द अबस्थामा रहेको  हेल्थ पोस्ट सो मेडीसिटि थेगु अस्पतालको सहयोगमा पुन: संचालन हुने भएको छ ! मेडीसिटि थेगु अस्पतालका अध्यक्ष किम छोन स द्वारा यस हेल्थ पोष्टको पुन: संचालनको निम्ति समुदघाटन  गर्नु भएको थियो l उहाँले यस हेल्थ पोष्ट संचालनको निम्ति निरन्तर सहयोग गरिरहने प्रतिबद्दता पनि ब्यक्त गर्नु भएको छ l यस ठाउँका स्थानिय बासिन्दाहरुले बाजा गाजा र फूलमालाले यस  कार्यक्रममा उपस्थित अतिथिहरु डाक्टर एबम् स्वयम् सेवकहरुलाई स्वागत्  सत्कार गरेको  थियो l यस्तो रमणीय ठाउँमा उपस्थित भएर नेपालीहरुको मिठो स्वागत् सत्कार र असल ब्यबहारले आकर्षित तुल्याएकोमा उपस्थित सम्पूर्ण कोरियन चिकित्सकहरुले खुसि ब्यक्त गर्नुका साथै पुन: यस्तै क्याम्प लिएर केहि समयको फरकमा बेला बेलामा नेपाल आइरहने बताउनु भएको थियो  l
तिन दिने स्वास्थ्य शिबिर कार्यक्रम अवधिभर नेपाल योङ्ग स्टार ग्रुपका सदस्यहरु द्वारा कार्यक्रमको ब्यबस्थापन  तथा स्वयम् सेवकको भूमिका निर्वाह गरेको थियो l

No comments:

Post a Comment