कमलप्रसाद अर्याल ,दक्षिण कोरिया-
जहाँ गए पनि जता बसे पनि बिहान बेसी झरेको खेताला साँझ घर फर्कनैपर्छ l हो ,त्यो खेताला आफ्नो खेतमा खट्ने र बनिबुतोमा संसार चाहार्नेका बीचमा केही अन्तर हुनसक्छ l म जस्ता अनेक नेपाली साथीहरू संसारमा बनिबुतो गर्दैछन् l एकसाझ मीठा सपनाको पोको परेर आफ्नै गुडतिर फर्कने तत्परतामा होलान् तर देशको विसंगत राजनीति ,आर्थिक विषमता , प्रदुषण,बेरोजगारी ,नैतिकताको ह्रास र पतन ,बेइमानीको बिकराल खाडल ,अन्याय ,अत्याचार ,पाखण्ड ,चरित्रहीनता , र स्वार्थ पन नै राजनीति र समाजमा सातुमा चिनी मिसिएको झैँ मिसिंदा झसंग हुन्छ l सोच्न बाध्य हुन्छ फर्कौ कि नफर्कौ,किन फर्कने ,फर्किएर के गर्ने ?गएर त्यही धुर्त्याई नै गर्नुपरे त धिक्कार ! साचै विदेशको झिलिमिली ,इलामीका जीवन शैली, सबै आ-आफ्ना इलाममा ब्यस्त , सकेको सहयोग गर्ने, अनावस्यक कसैको जीवनमा हस्तक्षेप नगर्ने ,जस्ता आदर्श नपढे,नजाने र नसिके पनि स्वत; शिष्टाचारपूर्ण जीवन जिउनेका आकर्षणले देश सम्झदा दिक्क लागे पनि भन्न मन लाग्छ 'मेरो देश महान् ' मेरै गाम बेंसी प्यारो ,भित्र कता कता स्वार्थ झल्काउदा पनि आत्मीयताको आभास हुने ,'मुखमा राम राम बगलीमा छुरा ' भए पनि राम राम मात्र देख्ने हाम्रो सिधापन ,ब्वासा र साधुता छुट्याउन नसक्ने सोझोपन नै हाम्रो देशका आकर्षण हुन् l केही सिमित ब्वासाको हातमा सत्ता जाँदा ,दिन दुगुना जनताको रगत पसिना दोएर जर्जर बनाउदै जानेका भजनमा लिप्त हाम्रा तथाकथित बुद्दिजीवी देखेर दिक्क लागेपनि एक दिन फर्कनै पर्छ l
आदर्श जीवन भोगेर देखेर फर्किए पनि त्यही कुहिएको आलुको बोरामा पस्नुपर्दा कुहिएको पत्तो नपाउने अवस्था हुँदा पनि फर्कनै पर्छ त्यही सत्य हो l समाजमा एक्लो बस्न नसकिने ,समाजमा पस्दा कालोमा मिसिदा कालै भएर निस्कनु पर्ने बाध्यता भएपनि त्यही बिपना हो l बिपना,वास्तविकता र सत्यतामा जति टाढिए पनि पस्नु पर्ने यथार्थतामा पारसमणि भएर पस्ने खुबी पनि त हुनुपर्यो नि ! त्यही नहुदा मन विचलित हुन्छ , त्रसित हुन्छ तर साहस गर्ने पर्छ l इतिहासको काल खण्ड सधैँ अध्यारो हुनुपर्छ ,हुन्छ भन्ने छैन l बेला बेला महापुरुषहरू जन्मिएका हुन् ,जन्मन्छन् र जन्माउने शाहस गर्ने पर्छ l संसार देखेका भोगेका अनुभवीहरू अब राष्ट्र निर्माणमा लाग्नै पर्छ l खेतीको लोभले बेसी मै डेरा जमाउनेहरू ,घरमा भएको बेतिथिको अड्कल गर्लान् तर घर धान्न गार्हो हुन्छ l अड्कलबाजीका भरमा सत्यता लुक्न पनि सक्छ ,यी सबैको चाजोपाजो मिलाउन अवस्य अब हामीले घर,समाज र राष्ट्रमा प्रवेश गर्नैपर्छ l राजनीति ,अर्थनीति ,धर्म ,सस्कार, सभ्यतामा युगान्तकरी विचार र परिवर्तनकारी भूमिका निर्वाह गर्ने पर्छ l मानवता र न्याय स्थापनाका नवीनतम मार्ग पहिल्याउनै पर्छ l पुराना चिन्तनको रटानले आजको समस्या समाधान हुदैन l हरेक इतिहासका कालखण्डमा भौगोलिक बनोट ,सास्कृतिक मूल्य मान्यता र आर्थिक अवस्थाको धरातल फरक हुनसक्छ l समस्याको सही पहिचान वैज्ञानिक विधिबाट गरी राष्ट्र निर्माणको साझा एजेन्डामा केन्द्रित हुनुको विकल्प छैन 'उचालेको कुकुरले मृग मार्दैन'l बारम्बार गल्ती गर्दै जाने देशमा अराजकता सिर्जना गर्नु नै राजनैतिक धेय बनाउनेहरू आज अलिकति पनि पश्चाताप नगरी निडर भएको भ्रामक नाटकमा जमिरहन सक्दैनन् l काखमा राखेर जनताको घांटी सेर्ने कलुषित ,पात्र र प्रवृतिलाई कुल्चन र बहिष्कार गर्ने साहस गर्नैपर्छ l
कठालो समातेर तानेर ,निर्लज्जता देखाउनेहरूलाई सत्यता बोध गराउनुनै पर्छ l जब देशलाई संकट पर्छ ,त्यतिबेला देशभक्त युवाको कित्ता राष्ट्र निर्माणमा जुट्नुपर्छ l देशमा भएको विसंगतिमा ताली पिटेर कृतिम नाटकलाई नै सत्य मानेर बाच्ने ध्रष्टता त्याग्नुपर्छ l 'अरुले गरेनन् हामी गरौ 'l त्यस्ता नीच ,दलाल,र लुटेराहरूलाई एक कुनामा राखेर राष्ट्र निर्माणमा अब हामीले अघिसर्नुपर्छ l हरेक दलमा खुरापात गर्नेका कित्तालाई राष्ट्रवादकको दरिलो खुकुरीले चिर्नैपर्छ l यस्ता जोसिला ,विशिष्ट नैतिक र आदर्शवान् प्रतिभाहरूले अब देशको राजनीतिमा ठाडो हस्तक्षेप गर्नुको विकल्प छैन l चाहे पुराना पार्टीमा प्रवेश गरेर होस् या नयाँ निर्विकल्प दल निर्माण गरेर नै किन नहोस् देशभक्त जनताको कित्ता राजनीतिबाट पृथक रहंदा राज्यले ठुलो घाटा बेहोरेको छ l यो रिक्तता लामोसमयसम्म रहंदा अनेक नाटकबाजी कै आधारमा भएको राष्टिय क्षतिलाई इतिहासले दुत्कार्ने छ l त्यसैले अब धमिरा लागेका , कुहिएका , र बद्नाम भएका तत्वलाई शक्ति मानेर ,ताली पिटेर होइन तिनलाई किनारा लगाएर राष्ट्रमुक्तिको महान् अभियान सिर्जना गरी राजनीतिक विकास, स्थायित्व र आर्थिक बिकासका एजेन्डा एकसाथ लिएर राष्ट्रनिर्माणको महासंग्राममा उत्रनुको विकल्प छैन l
संसारमा भएका विकास र सम्पन्न राष्ट्रका ऐतिहासिक काल खण्डको अध्ययन गर्दै नेपालको जीवनपद्धति राजनैतिक,धार्मिक,सामाजिक ,आर्थिक र भौगोलिक ढांचा अनुरुपको राजनैतिक सामाजिक र आर्थिक रुपान्तरण गर्नु आवस्यक छ l यसका निम्ति मुक्ति दिन सक्ने वैचारिक धरातल सिर्जना गरी एकसाथ सम्पूर्ण राष्ट्रसेवक युवावर्गको ठाडो हस्तक्षेपसहित राष्ट्र निर्माणमा प्रवेश जबसम्म हुदैन तबसम्म यो दुर्दशाको यस्तै रहने भएकाले पद प्रतिष्ठाखोक्रो आदर्श कमाउन होइन कि वास्तविक रुपमा देशमा परिवर्तन र विकास ल्याउनकानिम्ति हामी प्रवासमा संघर्ष गरिरहेका ठुलो कित्ता एकसाथ स्वदेस फर्किएर साझा एजेन्डा निर्माण गर्नु अपरिहार्य भएको छ l देशको दुर्दशामा आखाँ चिम्लिएर होइन, आँखा खोलेर विवेकपूर्ण ढंगले विसंगतिको अन्त्य गर्न लागिपरौ ,अब स्वदेस फर्कौ , आफ्नो बिपना ,सत्य, र वास्तविकता मै आफ्नो जीवन खोजौ सम्पूर्ण प्रवासमा छरिएका प्रतिभामामा मेरो आग्रह छ l

No comments:
Post a Comment