Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, April 30, 2014

कोरियाको जहाजमा ज्यान गुमाएकाहरुको शान्तिको लागि नेपालमा दिप प्रज्वलन

खेम कार्की , काठमाण्डौं 
कोरिया तथा नेपालमा ज्यान गुमाएकाहरुको आत्मको शान्तिको बौंद्ध स्तुपामा दिप प्रज्वलन गरिएको छ ।

 दक्षिण कोरियामा डुंगा दुर्घटनामा परी मृत्यु भएका तथा नेपालमा सगरमाथा आहोरणको क्रममा हिउँ पहिरोमा परी निधन भएकाहरुको मृत आत्माको चिर शान्तिको कामना गर्दै आज साझ दिप प्रज्वलन गरिएको हो ।
कोरियामा ४७७ जना सवार पानी जहाज दुर्घटना हुदा देशै सोकाकुल भएको थियो । २ सय जतिको शव बरामद भएको थियो भने १ सय १४ अझै हराईरहेका छन । सयौंको मृत्यु भएको सो दुर्घटनामा सय भन्दा बढि अझै हराईरहेका छ ।सो घटनाको आलोचना भएपनि कोरियाको प्रधान मन्त्रीले राजिनामा दिए भने राष्ट्रपतिले क्षमा याचना गरेकी थिइन ।

यस्तै नेपालमा हिम पहिरोमा परी १३ जनाको मृत्यु हुदा देश शोकमा डुबेको थियो ।दुवै देशमा शान्तिको कामना गदैं मृतकको आत्माको कामना गदैं सो दिप प्रज्वलन गरिएको हो ।   सो दिप प्रज्वलन कार्यक्रममा नेपालका लागि दक्षिण कोरिया दुतावासका प्रथम सचिव डेनिस कांग ,एन आर एन कोरियाका अध्यक्ष विनाद कुँवर, ग्रामिण क्लब हाउसका मुकुन्द सुवेदी, , नेपाल योंग स्टार ग्रुपका अध्यक्ष यम श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । नेपाल आएको बेला एन आर एन को सहभागितामा यस्तो कार्य गर्न पाउनु राम्रो पहल भएको एन आर एन कोरियाका अध्यक्ष विनोद कुँवरले प्रतिकृया दिएका छन । दुखद घटनामा मृतकको आत्माको चिर शान्तिको कामना गर्दै सो कार्यक्रम गरिएको कँवरको भनाई थियो ।
यसैविच जिवीत र मृतकको लागि यो दिप प्रज्वलन शुभ हुने वौंद्ध शान्ति स्तुपाका पुजारीले बताएका छन । कोरिया तथा नेपालका परिवारलाई परेको पिडामा महलम लगाउदै शान्तिको कामना गर्नु
ले पुण्य प्राप्ती हुने बौद्ध स्तुपाका खेम्बो दोर्जे लामाले बताए । सो अवसरमा नेपाली तथा कोरियन प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment