Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, May 1, 2014

कोरियामा सेती महाकाली खुल्ला भलिबल प्रतियोगिताको तयारी पुरा

नमस्ते नेपाल कोरिया संवाददाता -
आउदो आइतबारका दिन माङ्ग्वोल्सा स्थित सिन्हुङ्ग युनिभर्सिटीको खेल मैदानमा सुदूरपश्चिम समाज दक्षिण कोरियाको आयोजनामा हुन गईरहेको प्रथम सेती महाकाली खुल्ला भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी खेल प्रतियोगिताका सयोजक धर्मराज जोशीले दिएका छन ।

बिहान ९ बजेबाट सुरु हुने खेलमा खेलाडीहरु समयमै उपस्थित हुन आव्हान गरेको छ । मे ४, ५ र ६ तारिखमा कोरियामा सरकारी बिदा परेकाले भलिवलप्रेमीहरुको उल्लेखनीय उपस्थिती हुनेमा आयोजक सुदूरपश्चिम समाज  पूर्ण आशाबादी रहेको छ । दक्षिण कोरियामा   नेपालीहरुका माझ लोकप्रिय खेल भलिबलको आनन्दका र   नेपाली खानाका स्वादिष्ट परिकारहरु ( सेल रोटी, मासु,चिउरा,भुटन) लगायत अन्य मीठा मीठा परिकारको स्वाद  लिन सकिनेछ । कोरियाका प्रतिष्ठित टीम र खेलाडीहरुको घमासान प्रतिस्पर्धा हुने अनुमानित गरिएको छ । उक्त प्रतियोगितामा विजयी हुने प्रथम टीमलाई  ट्रफी र प्रमाणपत्र सहित नगद १० लाख वोन, द्वितीय टीमलाई प्रमाणपत्रसहित नगद ७ लाख वोन र तृतीय टीमलाई प्रमाणपत्रसहित नगद ४ लाख वोनको धनराशीले पुरस्कृत गरिने छ । पुरै प्रतियोगितामा राम्रो खेल प्रदर्शन गर्ने खेलाडीलाई मेडलसहित नगद पुरस्करले सम्मान गरिने आयोजक समाजका सचिव जीतेन्द्र महतले बताएका हुन । मनोरञ्जनका साथै परोपकारी उदेश्यले  गर्न लागिएको प्रतियोगिता सफल पार्न आ आफ्नो तह र तप्काबाट सहयोग गरि दिन हुन कोरियामा रहेका नेपाली संघसस्था, व्यापारी बुद्धिजीवी र सम्पूर्ण नेपाली समुदायलाई  सुदूरपश्चिम समाजका अध्यक्ष प्रेम शाहले अनुरोध गरेका छन।

No comments:

Post a Comment