Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, March 27, 2014

अनेसास दक्षिण कोरिया च्याप्टरबाट सल्लाहकार घोषणा l

नमस्ते नेपाल कोरिया संवाददाता-
नेपाली साहित्य सेवामा समर्पित हुने उदेश्यसाथ गठन भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज दक्षिण कोरियाले  सल्लाहकारहरू चयन गरेको छ l

नेपाल र कोरियामा  बसेर साहित्य र  भाषाका क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएका प्रतिभाहरू , दक्षिण कोरियामा विभिन्न प्रयोजनमा बसोवास गर्दै आएका प्रतिभाहरूको सयुक्त समिति गठन गरिएको छ l इन्टरनेटले विस्वलाई समीप्यातामा जोडेको अवस्थामा के टाढा के नजिक भन्ने उद्देस्यकासाथ यो समिति गठन गरिएको छ   l अनेसास दक्षिण कोरिया च्याप्टरको  अनुरोध स्वीकार गरी सल्लाहकार समितिमा रही  सल्लाह सुझाव प्रदान गर्न तथा उत्सुकतासाथ सहयोग गर्नु भएकोमा    सस्थापक सल्लाहकार वर्गमा अनेसास दक्षिण कोरिया हार्दिक धन्यवाद ज्ञापन गर्दछ   l प्रत्यक्ष र  इन्टरनेटका माध्यमबाट  पूज्य गुरुहरू ,वरिष्ट साहित्यकार र भाषाविद्हरूको प्रेरणा र मार्ग निर्देशनबाट नै आगामि हरेक कार्यक्रम र गतिबिधिहरू अगाडि बढ्ने कुरासमेत जानकारी गराइयो l

   दक्षिण कोरियामा रहेका, साहित्यमा रुचि भएका प्रतिभाहरूको सिर्जनात्मक कला , विचार  र भावनालाई सम्मान गर्दै साहित्य सिर्जनामा अभिवृद्धि गर्ने ,रचनाकारका फुटकर रचना संग्रहित गरी संयुक्त  काब्य प्रकाशन गर्ने , यहाँ विभिन्न साहित्यिक गोष्ठी ,सभा, सम्मेलन र अन्तरक्रियाका माध्यमबाट  नेपाली साहित्य चिन्तन र कोरियन साहित्य चिन्तनका बीच सेतुको कार्य गर्ने जस्ता महान  उद्देस्य राखिएको छ l हाल चयन गरिएको सल्लाहकार समिति ११ सदस्यीय बनेको छ l   कार्य समितिमासमेत छुट हुन गएका प्रतिभाहरू समेटी २१ सदस्यीय बनाउने   विषयमा  गम्भीर छलफल भइरहेको  जानकारी गराइयो l

नव गठित सल्लाहकार निम्नानुसार रहेका छन् -
 १-प्रा. डा. माधव पोख्रेल
२- कवि  रमेश खकुरेल
३- कथाकार  देवेन्द्रप्रताप शाह
४-किम ह्यंग  हो
५- जेठा बैरागी
६-मीरा  जुंग
७ रामरंजन पौडेल
८-देवेन्द्र साम्बाहाम्फे
९ मन्जु गुरुङ
1० - मनोजकुमार डाँगी
११-अशोक मैनाली
सस्था स्थापनाकालदेखि  निरन्तर सल्लाह सुझाव र  प्रेरणाबाट  नव गठित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजलाई  सिंचन गर्दै आउनु भएका सल्लाहकारहरूप्रति  हार्दिक आभार प्रकट गर्दै  बधाई तथा शुभकामना  प्रदान गरिएको छ l 

No comments:

Post a Comment