![]() |
| ऐश्वर्य श्रेष्ठ ,कोरिया |
ब्यंग्य
प्रिय मुटुकी धडकन लुखुरी
पगितो माया अनि बाउले चडकन लाउने गालामा चुम्बन ।
प्यारी जुन दिन मैले तिमीलाई लाजका गहना मात्र छोप्ने गरी लगाएका पहिरनमा कालो हाँडीको पिधजस्तो अनुहारमा सेतो मैदाजस्तो पाउडर लगाएर ब्यूटीपार्लरबाट निस्कदै गरेको देखें । लाग्यो भगवान ईन्द्रले तिमीलाई मेरै लागि भनेर स्वर्गबाट किक आउट गरेर यो धर्तीमा पठाउनुभएको हो । आमा बाबुलाइ छलेर लुकी लुकी नेपालको थानकोट ,रत्नपार्क देखि गोदावरी सम्म लाएको माया प्रिरेम अहिले नि कोरियामा झल्झल्ती सम्झी रहन्छु डार्लिङ l कोरियामा यस बर्षको भ्यालेन्टाइनले पनि मलाई दिन सम्म दुख दियो प्रिय l कहिले देशीले बोलाउने अनि कहिले विदेशीले बोलाउने उफ्फ़ १४ फेब्रुअरीमा आएर गोरो गोरो भएको गाला अनि चिट्टिक कालो चस्मा लाएको मेरो अनुहार हेर्न आउनेहरु मैयाहरु सित नक्कली भ्यालेन्टाइन मनाए प्रिय तिमीलाइ सम्झेर l यसपाली कोरियन मैयाहरुसित सोजु र मेक्छुको तालमा सुवनमा मनाएको नक्कली भ्यालेन्टाइन डेमा खुब मज्जा भयो डार्लिंग l पोहोर साल तिमीसित मनाएको जस्तो भ्यालेन्टाइन डे जस्तो त कंहा हुनु डार्लिंग l जे होस् हरेक बर्ष मनाएको भ्यालेन्टाइन डे विदेश आएर पनि छुटाउनु हुन्न भनेर मनाएको l बेलुका यार झ्यापको तालमा गन्ति गर्दा ७ जना मैया सित भ्यालेन्टाइन डे मनाएको पो रहेछु l एकै छिन गर्ब पनि भयो डार्लिंग तर अर्को दुखः पनि लाग्यो l बैंकमा गएर ATM बाट मेरो १ महिनाको तलब निकाल्न खोज्दा त पैसै निक्लेन मेरो ATM Card बाट l के भयो खोइ ? दिनभरीको खुसीले मेरो ATM को कार्ड बिग्रियो होला सोचेर भोलि बिहान हेर्दा नि बैंकमा 0 ब्यालन्स पो देखाउछ l यसपालीको भ्यालेन्टाइन डेले मेरो एकै दिनमा १ महिनाको तलब खाइदियो डार्लिंग l विदेशमा तिम्रो नाममा यो पाली भ्यालेन्टाइन डे मनाएकोले केहि पछुतो छैन l मलाई नि कम्ति मज्जा भएको उफ्फ़ बयान गरेर साध्य छैन l स्वर्ग नै देखायो मलाई कोरियामा यसपालिको १ महिनाको तलबको भ्यालेन्टाइन डे ले l इथवनको डिस्कोमा तिमी सम्झी रातभरी अमेरिकन मैयाहरुसित हाइट बियर खाएर झिलिमिली लाइटमा भ्यालेन्टाइन मनाएको क्षण सम्झिंदा अमेरिका पुगेको जस्तो लाग्यो l यो पालीको भ्यालेन्टाइन डे ७ देशका ७ मैयाहरु फरक फरक तरिकाले मनाए डार्लिङ l
यसबर्षको भ्यालेन्टाइनले होशै नहुने गरि १ महिनाको महिनाको तलब स्वाहा भएकोले तिमिलाइ ढिलो भए नी सम्झी भ्यालेन्टाइन डेको उपहार पठाउन लागेको डार्लिङ l तिमीलाई उपहार नपठाउ भने अकैंले उछिटयाउला भन्ने डर । तेही भएर ढिलो भए पनि एउटा पत्र पठाउने काम गरेको छु । के गर्नु डार्लिङ् यस्तो पैसा नभएको बेला धेरै कपडा किन्न सकिदैन् । त्यसैले तिमीले मेरो कुरा मान्यौ भने दुई मिटर कपडाले तिमीलाई मिनिस्कर्ट र मलाई धोती,टोपी नै पुग्छ । पैंसाको नि बचत, लाउन नि पाइने, क्या मज्जा हगि डार्लिङ् l
अब म तिमी विनाको मेरो जीवन कल्पनासम्म पनि गर्न सक्दिन् ।तिमी विनाको मेरो जीवन पढाइ नहुने सरकारी क्याम्पस जस्तो ,पर्यटकहरुको घटदोक्रम रहेको नेपाल, पानी नआउने काठमाण्डौंको धाराजस्तो,१८ घण्टा लोडसेडिङ्ग हुने हाम्रो देश नेपालजस्तो लाग्छ ।प्रिय तिम्रो मायाको जादुले के गरायो अचेल मलाई l नेपालमा तिमीसित गएको डेटिङहरुको पल पलमा झझल्को आइरहन्छ अहिले नि l त्यहीं सम्झनामा कहिले काँही कोरियाको सुवनमा मायालाग्दो साथीहरुलाइ भेट्न जाँदा नि तिमी नै सम्झिन्छु l बिदामा सोजु र मेक्छुको तालमा इथवनको डिस्कोमा रातभरी नाइट ड्युटी गर्न जाँदा नि तिमीलाइ नै सम्झन्छु l के बनायो प्रिय तिमीले मलाई ,कोरिया आएनी जता ततै तिमी नै तिमी देख्छु l डार्लिङ् म तिमीलाइ यति माया गर्छु कि अहिलेका प्रधानमन्त्री सुसिल कोईरालाले आफ्नो कुर्सिलाई ,आजकलका नेताले आन्दोलनलाई, बिल क्लिन्टनले मोनिका लिवेन्स्कीलाई,कृष्णप्रसाद भटट्राईले अनिता कपालीलाई पनि गरेका छैनन् होला ।
के गर्नु प्रिय, कोरियामा आफ्नो त काम गोरु झैं जोतीनपर्छ । फेसबकमा २/४ वटा स्टाटस हानेर लाइक र कमेन्ट बटल्नु छ । फोटो नि त खिचेर अपलोड गर्न परयो नभए नेपालका साथीभाइ रिसाउछन। फेसबुकमा फोटो हेरेपछि कोरियामा आफुलाई जति नै गारो भएनि केटालाई मोज छ भन्छन ।त्यही खुशीयालीमा खिसिक्क हास्नै परयो,कहिले बिदा होला भन्दैं ।
अन्त्यमा,
तिमीले मेरो यस पत्रको जवाफ चाडो लेख्छौं भन्ने विश्वास त छैन, तैपनि विश्वास गरि तिम्रो र मेरो संबन्ध मन्त्री र भ्रष्टचारीको जस्तो सुमुधुर हुनुपर्छ भन्दै तिमीलाई हिँउभन्दा तातो माया गर्ने तिम्रो ठण्डाराम कलम बन्द गर्छु ।
उही तिम्रो
ठण्डाराम ।

No comments:
Post a Comment