कोरियास्थित व्युटिफुल कफी स्टोरले नेपालको सिन्धुपाल्चोक जिल्लामा उत्पादित अर्गानिक कफी उच्च गुणस्तर प्रमाणित भएपछि कफी खरिद सम्झौता गरेको छ । कम्पनीले यसअघि कोरियामा सिन्धुपाल्चोकको कफी दुईपटक परीक्षणका लागि खरिद गरेको थियो ।
कफी स्टोरले कोरियालीले सिन्धुपाल्चोकको कफी रुचाएपछि पुनः सम्झौता गरिएको जानकारी दिएको छ । ३ वर्षअघि प्रांगरिक प्रमाणिकरण गरी विदेश निर्यात सुरु गरिएको कफी उच्च गुणस्तरको प्रमाणित भएपछि विदेशी बजारमा माग बढेको हो ।
कोरियास्थित कफी सेन्टरले सिजनमा पहिलो चरणका लागि प्रतिकेजी साढे ६ डलरमा १८ मेटि्रकटन गि्रनविन कफीका लागि सम्झौता गरेको जिल्ला कफी सहकारी संघका सदस्य भूपेन्द्र भण्डारीले बताएको नयाँ पत्रिकामा खबर छ ।
पछिल्लो वर्ष १८ मेटि्रकटन पाचमेन्ट र ५ मेटि्रकटन चेरी कफी कोरिया निर्यात भएको थियो ।
‘कोरियास्थित ब्युटी कफी स्टोरले भर्खरै सम्झौता गरेको छ,’ जिल्ला कफी सहकारी संघका अध्यक्ष सुदर्शन, बोलखेले भने, ‘जापान, जर्मन लगायत युरोपका अन्य मुलुकमा पनि कुरा भइरहेको छ ।’ उनले जापान, जर्मनका कफी स्टोरले अघिल्ला वर्ष पनि कफी लगेकाले यो वर्ष सम्झौता गर्न आउने विश्वास व्यक्त गरेका छन् ।
साभार : नया पत्रिका

No comments:
Post a Comment