झक थापा मगर ,दक्षिण कोरिया
नेपालको जातजातिहरु मध्ये मगर जाति एक हो। मगरहरु नेपाल अधिराज्यको ७५ जिल्लामा नै बसोबास गरेको पाईन्छ।नेपालको जनसंख्याको आधारमा सम्पूर्ण जातिमा तेस्रो स्थानमा छ भने जनजातिहरु मध्येमा प्रथम स्थानमा छ र भाषाको हिसाबले हेर्ने हो भने सातौं स्थानमा छ। नेपालको रैथाने जाति मगरहरु सातौं शताब्दी भन्दा अगाडी मङ्गोलियाबाट घोडा चढीको रुपमा यस भू-भागमा आएको अनुमान छ।नेपालको ऐतिहासिक पृष्ठभूमिलाई हेर्दा राप्ती र गण्डकीको विचको भू-भागमा मगरहरुको आफ्नै जातिद्वरा शासित मगर गणराज्यहरु थिए। बाह्रथुम र अठार मगरात राज्यहरुमा आफ्नै प्रकारको राजनीतिक व्यवस्था थियो।तत्कालिन गोरखा राज्य समेत यहि मगरांत क्षेत्र भित्र पर्दथ्यो।पृथ्वीनारायण शाहले आफूलाई मगरांतको राजा हूं भनेर मगरहरुको अधिकार खोसेका थिए। ईतिहासमा आफ्नै राज्य खडा गरेर शासक बनेका मगरहरु कुनै बेला शासक थिए भने अहिले आएर शासित बनेर अधिकार बिहिन नागरिकको रुपमा रहन बाध्य भएका छन्।
बिशेष गरी पृथ्वी नारायण शाहको फौजी कारवाही र नेपालमा राजपुतहरुको आगमन पछि आफ्ना राज्य गुमाएका मगरहरु सेना र प्रहरीका उच्च तहमा पुगेपनि नीति निर्माण तहमा पुग्न सकेका छैनन् तर इतिहासको काल खण्डमा मगरहरुले देशको निम्ति सङ्घर्ष गरेको धेरै उदहारण पाईन्छ। प्रथम शहिद लखन थापा मगरले वि.स. १९२७ मा पुरानो गोरखा गण पल्टन छोडी आफ्नै पहलमा गोरखाको बुङकोटमा राणा शासन बिरुद्धमा पहिलो जनबिद्रोह गरेका थिए।वि.स. १९३३ बैशाखमा जंगबहादुरको पल्टनसित बुङ्कोटको भिडन्तमा पराजित भएपछि वि.स. १९३३ फाल्गुन २ गते राणा शासनले लखन थापा मगरलाई खिर्राको रूखमा झुण्ड्याएर मारेका थिए।यसरी हेर्दा जातिय मुक्ती भन्दा पनि समग्र देशको लागि इतिहासमा नै प्रथम जनबिद्रोह गर्ने मगर जातिनै रहेको छ र त्यतिबेला जातिय एकता मगर भाषा संस्कृतिको विकास र संरक्षण गर्नको लागि निश्चित उद्धेश्य लिएर सांगठनिक प्रकृयाको थालनी भने गरेको पाईदैन।
खास गरेर मगरहरु संगठित हुने प्रकृया भने वि.स. २०१२ सालबाट थालनी भएको पाईन्छ। आफ्नो समाजको उत्थानको लागि स्व.जिने आले मगर,स्व एकदेव आले मगर(तनहूं),रणबहादुर आले मगर(गोरखा) मगर भाषाका आदिकवि जीतबहादुर सिंजाली मगर(स्याङ्जा)हरुले सकृय भएर मगरहरुलाई भेला गराई आ-आफ्नो क्षेत्रमा सुधार समिति खोली मगर समुदायलाई चेतना दिने काम गरेको र त्यसैबेला गुल्मी भार्सेमा पनि गिरिप्रसाद बुढाथोकी मगरहरु लगायतका मगरहरुले पनि मगर समाज सुधार संघ गठन गरेको पाईन्छ।
संगठानिक हिसाबले हेर्दा वि.स. २०१३ साल देखि गुल्मी जिल्लाको मारनी तनहूं जिल्ला लगायतका अन्य ठाँउहरुमा सुधार समितिहरु गठन गरि मगर जाति भित्र रहेका कुरिती,विकृति र विसंगति हटाउन लागि परेको देखिन्छ। मगरहरु संगठित हुंदै जाने क्रममा विभिन्न आरोह अवरोह पार गर्दै वि.स. २०३६ सालमा डा. हर्ष बुढा मगरकोको नेतृत्वमा काठमाण्डौमा लाङघाली परिवार तदर्थ समिति गठन भएपछि संगठनले केहि मुर्त रुप लिएको पाईन्छ भने वि.स. २०३९ साल फाल्गुन १५ देखि १७ गते सम्म तनहूं जिल्लाको दमौलीमा नेपाल लाङ्घाली परिवार संघको प्रथम एतिहासिक राष्ट्रीय अधिवेशनबाट भू.पू. ईन्स्पेक्टर हेम बहादुर पुन मगरलाई संस्थापक अध्यक्षमा विधिवत रुपमा सबल नेतृत्व चयन गरेको पाईन्छ भने वि.स. २०४८ साल माघ १० र ११ गते भएको चौथो राष्ट्रिय अधिवेशनले मगरहरुको साझा संगठनको रुपमा अवस्थित नेपाल लाङ्घाली परिवारलाई नेपाल मगर संघको नाममा रुपान्तर गरिएको थियो। नेपाल मगर संघ सामाजिक जातिय संगठनको रुपमा वर्षौं देखि मगर भाषा, संस्कृतिको बिकास र संरक्षणमा लागि परिरहेको छ भने संस्थागत रुपमा कुनैपनि राजनैतिक बिचार नबोकी तर सबै खाले बिचार लिएको मगरहरुको साझा संस्थाको रुपमा रहेको छ र हाल सम्म संस्थाको एघारौं अधिवेशन भई सकेको छ बर्तमान अध्यक्ष महेन्द्र थापा मगर हुनुहुन्छ।
यसरी वि.स. २०१२, १३ सालबाट संगठन खोलिन सुरु भएको मगर जातिय सामाजिक संस्थाले विभिन्न समय र बेला बखत सरकारी दमन, जातिय सामप्रदायिक लाञ्छना,सबैखाले विरोध र अवरोध तथा उत्पीडन सामना गर्दै वि.स. २०३९ साल फाल्गुन १५ गतेको दिन तनहूंको दमौलीमा नेपाल भरिकै प्रतिनिधिमूलक रुपमा मगर नेतृत्वहरुको भेला गराई प्रथम राष्ट्रिय अधिवेशन गरि औपचारिक रुपमा मगर जातिय संस्थाको विधिवत जन्म भएको घोषणा गरेकोले फाल्गुन १५ गतेलाई हरेक वर्ष मगरहरुको एउटा ऐतिहासिक तथा गौरवमय दिनका रुपमा नेपाल मगर संघ केन्द्रिय समिति नेपालले मनाउंदै आईरहेकोले नेपालबाट कोरियामा आई विभिन्न पेशा व्यवसाय, शिक्षा र रोजगार गरि कोरियामा बसोबास गरिरहेका तपाई हामी मगर दाजुभाई दिदीबहिनीहरु मार्च २ तारिख आईतवार दिनको १२.०० बजे नेपाल मगर संघ गणतन्त्र कोरियाले ३२औं मगर दिवस मनाउन आयोजना गरेको पूजा-१ रेष्टुरेण्ट दोङ्देमन सउलमा उपस्थित भई मगर दिवस भब्य रुपमा मनाऔं तपाई हाम्रो विचको सम्बन्धलाई अझै मजबुद र सुदृढ बनाऔं, आफ्नो जातिय भाषा, संस्कृति र पहिचानलाई प्रवासमा बसेर पनि हामीले के कसरी संरक्षण र जगेर्ना गर्न सकिन्छ भन्ने बारेमा आपसी छलफल गरौं र आफूले सकेको सहयोग गर्ने वानी बसालौं र प्रवासमा परेका नेपालीहरुको समस्या लाई जातिय रुपमा मात्र नहेरी समस्या परेका नेपालीहरुलाई खुला हृदय र सफा मनले भौतिक, नैतिक र आर्थिक सहयोग गरौं।

No comments:
Post a Comment