सुरज गुरुङ्ग ,दक्षिण कोरिया
तमू धीं गणतन्त्र कोरियाको पहलमा र नवबुद्ध गुरुङ्ग सेवा समितिको सहयोगमा जग्गा उपलब्ध गराई काठमान्डौं जिल्ला जोरपाटी गा.वि.स. वाड नं. २ -जम्बु डाँडा) मा मृत्यु पश्चात दाहासंस्कार एवंं अन्तिम श्रद्धाञ्जली दिने पवित्र विश्रामस्थल भवन निर्माण कार्य सम्पन्न भईरहेको छ ।
उक्त भवन निर्माणको लागि गुरुङ्ग राष्ट्रिय परिषदको पहलमा जग्गा उपलब्ध गरि काठमान्डौं महानगरपालिका वडा नं. १६ बालाजु बसन्तनगर स्थित विष्णुमती महादेव खोलाको संगमस्थलमा बन्ने पक्का भै सकेको तर त्यहाँका स्थानिय बासीहरुको बिरोधमा रोकिन पुगेकोले उक्त कामलाई सम्पन्न गर्न गुरुङ्ग राष्ट्रिय परिषदले नवबुद्ध गुरुङ्ग सेवा समितिलाई जिम्मेवारी दिएको हो ।
उक्त भवनको लागि तमू धीं गणतन्त्र कोरियाले चौध लाख रुपैयाँ पठाई सकेको र आज पुन चार लाख रुपैयाँ पठाएको छ एल.वी गुरुङ्ग, युवराज गुरुङ्ग र चन्द्र गुरुङ्गको सहयोगमा निर्माणकार्य धमाधम सम्पन्न भई रहेको जानकारी बिदामा नेपाल जानु भएको धींको महासचिव पि्रतम गुरुङ्गले जानाकारी दिनु भयो ।
उक्त दाहा संस्कार भवन निर्माण कार्य अब अन्तिम चरणमा पुगि सकेको र एक महिना भित्रमा निर्माण पुराहुने भएको भवनको लागि तमू धीं द. कोरियाले हाल सम्म अठार लाख रुपैया पठाई सकेको छ ।
No comments:
Post a Comment