गणेश बस्नेत-
‘पत्रकार जहाँ गए पनि सुन्दरता र उत्कृष्ट स्थानको खोजीमा हुन्छन् भन्ने सुनेको छु, त्यसैले तपाईंहरूलाई दक्षिण कोरियाको मात्रै नभएर विश्वकै उत्कृष्ट ठाउँमा लैजान्छु भन्दै कोरियाली प्रतिष्ठित व्यापारिक संस्था इयानटिच कम्पनीका उच्च पदाधिकारीको भनाइपछि मनमा निकै कुतूहलता जागेको थियो ।
कस्तो ठाउँ हो भन्ने जिज्ञासामा इयानटिचका अध्यक्ष काङ तेई सुङले भनेका थिए, ‘पुगेपछि जवाफ पाइन्छ, तपाईं आफैं अनुभूति गर्नुहुन्छ ।’ दक्षिण कोरियाको अध्ययन भ्रमण अवधिभर हामीलाई साथ दिने कोरियाली भाषाका जानकार नेपाली मित्रहरू गैरआवसीय नेपाली संघ (एनआरएन) दक्षिण कोरियाका उपाध्यक्ष कीर्ति श्रेष्ठ र लामो समयदेखि कोरियामा व्यवसाय सञ्चालन गरिरहेका नेत्र रानाले उनको कुरा सुनेपछि भने, ‘तपाईंहरूलाई सियोल टावर घुमाउने निर्णय भएछ, आज राति त्यता जाने भइयो ।’ विमानस्थलमै हामीलाई लिन आइपुगेका दुई नेपाली मित्रसहित कोरियाली व्यापारीहरूको यो निर्णयले कुतूहलता जगाइरहेको थियो, साँझ ९ बजे सियोल टावर पुग्दा एकाएक सबै कुतूहलता मेटियो ।
गगनचुम्बी टावर, चारैतिर झिलिमिली, पूरै सहर आफ्नै अगाडि आएर उभिएजस्तो । मानवनिर्मित भवन, जहाँ स्वर्गसहित त्रिलोकमा बस्ने सबै इष्टदेवता सामुन्नेमा आएर वरदान दिएजस्तो । यस्तै–यस्तै अनुभूति भयो, त्यसैको परिणाम थियो, एक घन्टा आँखा डुलाउँदा पनि बाहिर निस्कन मनै लागेन । प्रेमी–पे्रमिकाकै शैलीमा नजर तानिरह्यो । ‘साँच्चिकै दुनियाँको सबैभन्दा राम्रो स्थानमध्ये एक रहेछ,’ हामीसँगै रहेका दूधकोसी पावर कम्पनीका अध्यक्ष प्रेम लामा र इन्सेन्टिभ ग्रुपका निर्देशक निमा लामाले एकाएक मुख खोले । कीर्ति र नेत्रजीले थपे, ‘सियोल टावरको भ्रमण छुटाइयो भने दक्षिण कोरिया आएको कुनै अर्थ रहँदैन । यहाँ प्रेमदेखि मानवनिर्मित सुन्दर स्थानको समेत संयोजन पाइन्छ ।’ हुन पनि दक्षिण कोरियाको राजधानी सियोलका सबै भाग देखिने त्यस टावरमा झन्डै एक घन्टा बितेको पत्तै पाइएन ।
स्वदेशी र विदेशी पर्यटकले खचाखच रहने सियोल टावरमा बिताएको त्यो पल हाम्रा लागि साँच्चिकै अविस्मरणीय क्षण बन्यो । सोलार प्लान्टको स्थलगत अध्ययन भ्रमण सकेर फर्किएपछिको भोलिपल्ट सियोल टावरमा बिताएको त्यस क्षणले राज्यले चाह्यो भने असम्भव भन्ने केही छैन भन्ने सन्देश हामीलाई दियो । नेपालकै धरहराजस्तै शैलीमा निर्माण गरिएको सियोल टावरले स्वदेशीदेखि विदेशी पर्यटकको ध्यान खिचेको छ । सबै त्यहाँ पुग्नैपर्ने अवस्थामा पु-याएको छ । खासगरी प्रेम गर्नेहरूका लागि सियोल टावर निकै प्रसिद्ध रहेछ । त्यहाँ पुग्ने प्रेमीहरू बारमा ताल्चा लगाएर आफ्नो प्रेम अमर रहने र आजीवन साथ नछुट्ने विश्वास पाल्दारहेछन् । यद्यपि, कोरियामा छोडपत्र (डिभोर्स) को समस्या निकै रहेको छ । तर पनि सबै टावर पुगेर अमर प्रेमको कसम खान नछुटाउने रहेछन् ।
सियोल टावर पुग्दा हामीले यी सबै कुरा अध्ययन ग-यौं । त्यस क्रममा हामीलाई इयानटिच कम्पनीका अध्यक्ष काङ तेई सुङ, प्रबन्ध निर्देशक ली सियोङ सुन, उपाध्यक्ष हान नाम सुन, टिम म्यानेजर काङ कि योङ र प्राविधिक निर्देशक रहेका इन्जिनियर यो जाई ड्युकसहित नेपाली मित्रहरू कीर्ति श्रेष्ठ र नेत्र रानाले जानकारी दिइरहेका थिए ।
कोरिया अध्ययन भ्रमणमा नेपालबाट भने तीन व्यवसायी र तीन पत्रकार थियौं । दूधकोसी पावर कम्पनीका अध्यक्ष प्रेम लामा, निर्देशक राम लामा, इन्सेन्टिभ ग्रुपका निर्देशक निमा लामासँगै यात्रामा थियौं, थ्री जी अर्थात् मसहित मित्र गगन विष्ट र गणेश पाण्डे । ‘दुनियाँको सबैभन्दा राम्रो स्थान हो, घुम्नका लागि सियोल टावर,’ कोरियाली मित्र काङ कि मुनले हाम्रो तस्बिर कैद गर्दै भने । उनले निजी सवारीसाधन लैजान नपाउने नियमबारे पनि हामीलाई जानकार गराए । त्यसैले हामी पनि निजी सवारी छाडेर सार्वजनिक बसमा यात्रा गर्दै सियोल टावर पुगेका थियौं । सम्पदाको संरक्षण र धनी–गरिबबीचको विभेद अन्त्य गर्न सियोल टावरमा त्यस्तो व्यवस्था गरिएको रहेछ ।
नेपाली युवायुवतीका लागि ड्रिम (सपना) बनेको दक्षिण कोरिया जाने योजना एक वर्षदेखि थाँती थियो । कोरियाली व्यवसायीको निमन्त्रणामा अध्ययन भ्रमण गर्ने टुंगो भएर पनि लामो समय जान सक्ने अवस्था रहेन । नेपालका केही प्रतिष्ठित व्यवसायीसहित पत्रकारको टोली दक्षिण कोरिया जाने टुंगो भइसके पनि सबैले समय मिलाउन सकिरहेका थिएनन् । अबचाहिँ नसारौं भन्दै कोरिया अध्ययन भ्रमणको प्रबन्ध मिलाउने प्रतिष्ठित व्यवसायी गणेशमान लामाकै आग्रहपछि गत १२ माघ (२६ जनवरी २०१४) मा सियोलतर्फ लागिएको थियो । कोरिया पुगेपछि देखिएको विकास निर्माण र नेपालीले प्राप्त गरेको राम्रा÷नराम्रा दुवै कुराले जीवनमा राम्रै अनुभूति दिलायो । कमाउने र गुमाउने दुवै नेपालीसँग साक्षात्कार गर्ने मौका पनि मिल्यो । कोरियाली लगानीकर्ताको आकर्षण नेपालमा रहेछ भन्ने यथार्थताबारे जानकार भएपछि थप आनन्द मिल्यो ।साभार: राजधानी

No comments:
Post a Comment