Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, February 10, 2014

सुशील कोइराला प्रधानमन्त्रीमा निर्वाचित

व्यवस्थापिका संसदमा नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता सुशील कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

सोमबार भएको निर्वाचनमा कोइराला अत्याधि मत प्राप्त गरि बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री निर्वाचित भएका हुन् । बिहीबार ब्यवस्थापिका संसदमा भएको निर्वाचनबाट कोइराला  ४०५ मत प्राप्त गरेका छन् । त्यसपछि सभामुख सूर्यबहादुर थापाले कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गरेका थिए । उनी मुलुकका ३७औं प्रधानमन्त्री हुन ।

नेकपा एमाले सहित १० दलको समर्थनमा कोइराला प्रधानमन्त्री भएका हुन् । कोइरालाको विपक्ष १ सय ४८मत खसेको छ ।  एकीकृत माओवादी, राप्रपा नेपाल सहित १३ दलले कोइरालाको विपक्षमा मतदान गरेका थिए ।

संसद बैठकमा संविधानसभाबाट निर्वाचित ३० दलका ५ सय ५३  सभासदको उपस्थिति थियो । ५० बर्षदेखि राजनीतिमा सक्रिय भएर पनि कुनै लाभको पद नलिएका कोइराला कोइराला परिवारबाट चौथो प्रधानमन्त्री बनेका छन् ।  कृष्णप्रसाद भट्टराईपछि दोस्रो अविवाहित प्रधानमन्त्री पनि भएका छन् ।  

No comments:

Post a Comment