Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, January 27, 2014

भ्रष्टाचारले आजित हामि नेपालिहरु l

इन्द्र श्रेष्ठ ,इजरायल l
नेपालमा गर्छु भनेर अगाडि बढ्न खोज्नेको खुट्टा तान्ने प्रवृत्ति र आफु र आफ्नो सन्ततीका लागि अर्बौ सम्पत्ती जोड्नेहरुको लहरका कारण देश झन् झन् गरिबी तर्फ उन्मूख छ | देश र जनताका लागि जनयुद्ध गर्ने भित्र नै भ्रष्टाचार गरेर करोडपति र अर्बपति बन्ने तछाडमछाड भैरहेको छ भने कर्मचारीतन्त्रको कुरा छाडौ । देशमा जबसम्म नागरिक सचेत हुदैनन् तब सम्म भ्रष्टाचार, हत्या, बलात्कार, लुट र चोरी रोकिदैन् । यी आदि जेसुकै भएपनि हाम्रो नेपालि समाज अगुवा हरुलाई नाम दाम र रुत्बा भए पुगिहाल्छ, पैसो जसरि आए भएपनि पुग्यो | यसरी नेता, प्रशासक, न्यायधिश, ब्यापारी, देशका लेखनदास भनाउदाहरु  सम्पति बढाउँन वा आर्जन गर्न को लागि जे गर्न पनि तयार हुने जस्ता मनस्थितिमा भएका कारण नत भ्रस्टचार रोकिन्छ नत कम हुन्छ | हामीलाई लागेको भ्रस्टचार मौलाउनु को कारण हाम्रो आफ्नै सोचाइको स्तर कम हुनु पनि हो | जस्तो कि बिरामी बचाउन प्रयाश गर्दागर्दै मरेको बिरामीको हितमा भने हामी आन्दोलन गर्दै डाक्टरहरुलाई कुट्ने पिट्ने गर्छौ , भने नापी, मालपोत, अदालत, एरपोर्ट आदि ठाउँमा घुस खाने कर्मचारी हरुलाई भने न जनताले नै केहि गर्छन न त सरकार नै केहि गर्छ | न त हामि बजार मा हाम्रो दैनिक उपभोग्य बस्तुहरु महँगो भयो भनेर अवाज नै उठाउछौ |

त्यस्तै  गरिब जनताको मुक्तीका लागि लडेका भन्नेहरु चप्पल भिरेर हिडेका कम्यूनिष्ट र माओवादी भनाउदाहरु सत्ता मा पुगेपछि सुटेट बुटेट भएर हिडे,महंगा गाडी, आलिसान घर मा बसे तर हामि जनता जहाँ को तही ! आखिर जुनै नितिनियेम, राजनीतिक दल आए गए ल्याए पनि येसरी हामी करोडौ नागरिकहरुको आशा मा तुराषापात गरिदिने संस्कार चलिनै रहेको छन भने अन्त्य हुने त कुनै छाट काट नै देखिन्न। जो अगुवा उही बाटो हगुवा यिनीहरुको भष्ट्रचारको लेखा जोखा गरेर साध्यै नै छैन | कसले छुने यिनीहरुलाइ ? येसरी भ्रष्टचारी हरुले सजाय नपाई उन्मु्क्ति पाएका कारण, सत्ता र सरकार सम्हाल्ने सत्तासिनहरु यस बिषयमा गम्भिर नभई दिएकाले नै भ्रष्टचार झनै फस्टाएको छ। न फस्टावोस पनि किन ?? किनकि कर्मचारी, प्रहरी र नेता, लेखनदास सबै जनाले आफ्नो खाने थाललाई किन भत्काउछ्न किन पो दुलो पार्छन र | सबै चोर, तै चुप मै चुप , खाली हामि जनताको आखा मा छारो हाल्ने काम सिबाए अरु केहि गर्दैनन् |  मिडिया चुप, नागरिक समाजका का अगुवा हरु चुप, जान्ने सुन्ने सबै चुप अनि आम हामी नेपाली आफ्नो बिबेकले बिरोध गर्न नसक्ने अनि एक बेक्तिको पहलमा कसरि यो भ्रस्टचार उन्मुलन गर्न कसरि सकिएला र ?

यदि  भ्रष्टाचार  साच्चिनै हाम्रो समाज बाट निर्मुल पार्ने हो भने एउटा शारदा भुसाल होइन,एउटा डाक्टर गोबिन्द केसी होइन बल्कि  हामि आम नागरिकले बोल्नु पर्छ सचेत हुनु पर्छ  |

No comments:

Post a Comment