Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, January 27, 2014

हाम्रो गौरव हाम्रो शान , हामी सबैको देवघाट धाम l

 कमलप्रसाद अर्याल , दक्षिण कोरिया l      
                                                                        
    जैविक विविधताले  सम्पन्न ,धार्मिक ,सास्कृतिक ,ऐतिहासिक पूरातात्विक र पौराणिक महत्वले गरिमामय तीर्थकोरूपमा  स्थापित यस  भूमिको विषयमा एउटा बृहद कृति लेख्दा पनि यसको महिमा समेट्न मुस्किल हुन्छ तर यस सानो लेखबाट र  अल्प ज्ञानी व्यतिबाट यस्तो महान् तीर्थको बयान गर्नु त सागरलाई  गाग्रामा भर्न जतिनै कठिन छ l प्रकृतिक छटाले सिंगारिएको देवघाट धाम हजारौ वर्षदेखिका  बृहद वन र विविध वनचरले शुसोभित हुँदै विचित्रताभित्रै अनेक चित्रताले   चित्रवनले   आफ्नै  अलग विशेषता र अस्तित्व  बोकेको छ  l यता स्वच्छ बग्ने नदीले जीवन दर्शन बोकिरहेको आभास हुन्छ l तनहुँ ,नवलपरासी र चितवनको मध्य बिन्दूमा रहेर पनि तीनै जिल्लाको त्रिवेणीका रुपमा आफ्नो पहिचान बनाएको देवघाटले ९५ प्रतिशत तीर्थ यात्री भने चितवनको मार्ग हुदै डोर्याई रहेको छ l भरतपूरबाट  ४ कि .मि .को दुरीमा रहेको यस तीर्थमा जान  हालै रामनगरबाट तीर्थ मार्ग पनि खुलेको छ l ठुलो भार खेप्नु पर्दा दुवै मार्गको प्रयोग  समानरुपमा  गर्न सकिन्छ l ऋग्वेदमा उल्लेखित सेतो कालो पानी बग्ने विशिष्ट नदी नै सेती र काली हो l शालिग्राम पाइने काली नदीको हिन्दूधर्मीमाझ अत्यन्त ठुलो महिमा छ किनकि शालिग्रामलाई प्रकृतिक र प्रत्यक्ष भगवान श्री कृष्ण वा विष्णुस्वरूप मानिन्छ l यसको महिमामा लेखनाथ र माधव घिमिरेले सुन्दर कविता रचना पनि गरेका छन् l त्यसैले वशिष्ठ ऋषिले आफ्नो तप सिद्दीका निम्ति यस पवित्र तीर्थलाई रोजेका हुन् l गलेश्वर आश्रम यहाँको  महत्वपूर्ण आश्रम मनिन्छ l

  वशिष्ट आश्रम र विद्यापीठ पहिलो विशेषता हो जहाँ  राजकुमार राम लक्ष्मण आदिले शिक्षा दीक्षा  लिए l सीताको अवसान भएको वा सीता भासिएको गुफाको पौराणिकता र ऐतिहासिक पुरातात्विक सम्पदाहरूले यस कुरालाई पुष्टी गरेको छ l सम्पूर्ण पुरातात्विक सत्यता हुँदा हुँदै पनि आधुनिक भारत सरकारले आफ्नो पर्यटकीय स्वार्थ सिद्द गर्नका निम्ति नेपालमा रहेका अत्यन्त महत्वपूर्ण तीर्थहरूको नक्कल र कृतिम तथ्यहरू संकलन गरी भारत मै अनेक तीर्थहरू निर्माण गर्दै आएको कुरा र वास्तविकता झल्कने भ्रम सिर्जना गर्दै आएको कुरा लुकाएर लुक्दैन l' नजिकको तीर्थ हेलाँ' भने जस्तो अधिक खर्च लाग्ने भारतको यात्रा गर्न लालायित हुन्छौ तर वास्तविक तीर्थको विशेषताबाट  बिमुख भएका छौ l 'देव देशो हिमालय ' हिमाली क्षेत्र नै देवताहरूले रुचाएको वास्तविक स्वर्ग हो l नेपाल तीर्थ नै तीर्थले भरिएको पवित्र भूमि हो भने  देवघाट विशिष्ट ऋषि ,मुनि,त्यागी,तपस्वीहरूको  बृहद सम्मेलन  गर्ने वा विशिष्ट देवकार्य सम्पादन गर्ने पवित्र भूमि हो l त्यसैले त्यस्तो पवित्र भूमिमा  टेक्नालेमात्र  पनि सम्पूर्ण पाप मोचन हुने जन विस्वास  रहिआएको छ l यसलाई आदि प्रयाग मानिएको छ भारतीयहरूले   देवघाट टाढा भएकाले नजिक प्रतीकात्मक तीर्थ निर्माण गरेतापनि पूरातात्विक सत्यता हेर्ने हो भने देवघाट नै आदि प्रयाग हो l

    माघेसक्रान्ति  मेला यहाँको मुख्य मेला हो यस पुण्य पर्वमा स्नानका निम्ति आएका भक्तजन रातभर जाग्राम बसी भजन कीर्तन गरी  सक्रान्ति स्नान गरी फर्कन्छन l यस दिन देश भरका पण्डितहरूले देशका विभिन्न भागबाट जग्ये निर्माण गरी बिहान ३ बजेबाट नै अग्निस्थापना गरी  गो दान ,प्रयाश्चित्त गराउने र  यज्ञोपवित  [ब्रतबन्ध] गराउने  र गर्ने गर्दछन् l सम्पूर्ण विकार र पाप पखालेर अब उप्रान्त  गलत कार्य नगर्ने  बाचा गर्दै  पवित्र भएर फर्कन्छन्  यस दिन कुनै शुभ कार्य गर्दा साइत जुराउन नपर्ने  धारणा राखिन्छ l  देश विभिन्न भागबाट र भारतबाट गरी गत वर्ष  चारलाख भक्तहरू दर्शनार्थी  आएको देवघाट विकास समितिले सार्वजनिक गरेको थियो भने यस वर्ष ५ लाख पर्यटक भित्र्याउने लक्ष निर्धारण गरिएको छ l देवघाट विकास समितिको स्थापना २०५० सालमा भएको हो भने नेपाल सरकारले गत वर्ष १५ करोड बजेट बिनियोजन गरेको थियो l चितवन, न वलपरासी र  तनहूँका सारोकारवाला जनताको राय सल्लाह र सुझाबमा यस समितिले कार्य सम्पादन गर्दै आएको देखिन्छ l ५ हजार भन्दा पुराना विसाल वृक्ष , चरा चुरुँगी र वनचरहरूको  क्रिडास्थलहुँदै देवघाटद्वार छिचोलेर सुलुत्त अघि बढेको सडकसंगै  देवघाट धाम बगीस्वरीको दर्शन गर्न सकिन्छ l पुरातात्विक उत्खननका आधारमा यसको ऐतिहासिकता ईशाको  ७०० को हरिहारी पुगिन्छ l मुगल साम्राज्यबाट धार्मिक अतिक्रमण हुँदा केही भारतीयहरू यहाँ सरण लिन आएको  पनि पुष्टि भएको हो l योगी नरहरी नाथले कोटिहोम महायज्ञ गरी वैदिक विद्द्यापीठ र योगी नरहरी नाथ आश्रमको रूपमा यसलाई विकास र संरक्षण गर्ने चेष्टा गरे l
        चितवन मेडिकल कलेजलाई ४२ बिगाह जग्गा उपलब्ध गराई ५ हजार वर्ष पुराना पूरातात्विक ,ऐतिहासिक र प्रकृतिक सम्पदा नष्ट गर्ने चेष्टा तत्कालीन मन्त्रिपरिषद्को बैठकले निर्णय गर्यो l यसका विरुद्धमा  रिले अनसन र आमरण अनसन र्याली आदिको आयोजना भयो l मैले पर्यावरण सम्बन्धि सस्थाको तर्फबाट  नेतृत्व लिएको थिएँ l चितवन जिल्ला भरका   विद्यालयमा वातावरण सम्बन्धि कक्षा  लिने  छात्र छात्रालाई र्यालीमा सहभगिता गराउने योजना अनुरुप खैरहनी मा. वि .का शिक्षकहरूले घेराबन्दी गरे  भौतिक आक्रमणको धम्की दिएका हुन् l अन्ततःसर्बोच्च अदालतमा रिट दायर भई मेडिकल कलेज त भरतपुरमा सर्यो अझ पनि अन्तरिक मिलिमतोमा कक्षा संचालन र अन्य गतिबिधि कायम  रहेको बुझेको छु l
   
यसरी बारम्बार धार्मिक ,ऐतिहासिक ,पुरातात्विक ,र प्राकृतिक सम्पदाहरूमाथि हुने अतिक्रमण प्रति स्थानीय जनता सचेत हुनु जरुरी छ l यहाँ निम्न सस्थाहरूले आफ्ना अस्तित्वको रक्षा गर्दै आएका छन् १ योगी नरहरनाथ आश्रम बागेश्वरी,महेश गुरुकूल विद्यापीठ ,सीताराम सस्कृत मा . वि . रामानन्द गुरुकूल आश्रम ,गलेश्वर गुरूकूल आश्रम ,शरणागति गुरूकूल आश्रम आदिले सस्कृत शिक्षा र पूर्वीय कला, दर्शन, इतिहास, सस्कार, रीति, धर्म र पौराणिक सास्कृतिक सम्पतिको संरक्षण गर्दै आएका छन् l एन आर एनले  बृद्दाश्रम,निर्माण गरेको छ भने पहिलादेखि अस्तित्वमा रहेका पनि यथास्थिति र सुधारात्मक अवस्थामा छन् l कोही बुढेसकालमा डेरा लिई  नदीमा स्नान गर्ने पूजा पाठ ,कीर्तन प्रवचन  ,जप,तप आदिमा रमाउने गरी पनि बसोवास गर्दै आएका छन् l ५४३४ बर्गमा फैलिएको यस पवित्र भूमिको प्रचार प्रचार र  विकास संरक्षण गर्दै जानु प्रथमत तीनै जिल्लाको कर्तब्य हो भने राज्यले पनि यस्तो महत्वको क्षेत्र विकासमा विशेष चासो दिनु आवस्यक छ l
 
   यहाँका सिलालेख,ताम्रपत्र, पुराना मठ मन्दिर, धर्मशाला, गौशाला, यज्ञशाला र प्राकृतिक ऐतिहासिक धार्मिक सास्कृतिक सम्पदाहरूको संरक्षणमा हामी सबैले चासो दिनु आवस्यक छ l यसलाई विश्व कै आकर्षक धार्मिक गरिमाको क्षेत्र भएको वास्तविकता उजागर गर्दै अन्तरिक पर्यटन र पर्यटक अभिवृद्धिमा देवघाट विकास समिति र सरोकारवालाको ध्यान जाओस्  l
 (लेखक चितवन सम्पर्क समिति दक्षिण कोरियाका  अध्यक्ष हुन् )
[रत्ननगर महोत्सब स्मारिकाबाट साभार ]

No comments:

Post a Comment