Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, January 26, 2014

"बदनामका नामहरु" l

-कबिता-
बुद्धि मोक्तान  

हे बौद्धनाथ !
हे पशुपथिनाथ !
हे अल्लाहा र मस्जित
एक पल्ट जान्ने मौका देउ ,
एकपल्ट भनि देउ
एक पल्ट प्रस्ट्याई देउ
कसले गर्र्यो यस्तो बदनाम ?
किन गरिदैछ नाममा अन्याय ?
किन भैरहेछ नामहरुको  बदनाम ?

म छक्क पर्छु,
थुक्क ललितपुरे!
चार दोबाटोलाइ सातदोबाटो भन्यौ होइन ?
कत्रो महत्वकाक्षा, चार लाइ सात भन्ने ?
त्यसै सन्तान गणितमा फेल भएका होइनन !
दोबाटो त चार को हो नि , सातदोबाटो किन नि ...??

सुनेको छु, देखेको छु, भोगेको छु,
फल चुम्ने पुतली हो ,
रस चुस्ने पुतली हो ,रगिन हुन्छ पुतली ,आकर्षण हुन्छ पुतली
सायद
सायद पुतलीको रंग उड्यो,
र त खुइलिएको छ पुतली सडक
सायद पुतलीको पखेटा चुड्यो
र त भत्केको छ पुतली सडक
सायद पुतलीको एन्टेना भाचियो
र त लडेको छ खम्बा र पोल
कच्याक्कुचुक छ बाटो ,खचाखच छ बाटो
फोहोर छ सडक ,दुर्गन्धित छ सडक
र पनि ,
र पनि
गौरब छ नगरबासीलाई .... वा हाम्रो पुतली सडक..
वा हाम्रो पुतली सडक !!

पित्तलको टुटी आकाशतिर फर्केको,
कमिला हिड्ने  थुक्क सुन्धारा!
पलपल पद र कुर्सीका लागि
चलायमान र तापमान ठाउ सितल निवास
हरेक बिहानी बस्ती उठछ ,
प्रतेक क्षण सन्तानका साहिला र माइला
बिछोडको आसु पुछ्दै खाडी प्रस्थानमा जहाज चड्छन्
खाडीमा तीनै साहिला र माहिला नउठ्ने गरि सदालाई सुत्छन
साहिला र माहिलाको वियोगमा
हजारौ साहिली र माहिलिका चुरी फुटछन्
त्यहि बस्तीका चोकहरु मिलन चोक ??
त्यहि बस्तीका ठेगाना र लोकेसन मिलन बस्ती ?
किन अनुतरित छन् बदनामका यी नामहरु !!??
त्यसो त
प्यासले काकाकुल मान्छे छटपटाउदा
एक बुद,एक थोपा पानी ननिस्किने ठाउ पानीपोखरी यतै होला
खुट्टा टेक्ने ठाउ नभएको ,साधन चल्ने ठाउ नभएको
पैदल पनि ठेलम ठेल र पेलाम पेल हुने
बिसाल चोक पनि अन्यायको घेरामा
बदनामी  नाम बोकेर यतै रुदै होला

म प्रश्न गर्छु, म अन्योलमा छु
नाम माथि शका गर्नु स्वाभाविक ठान्छु
यहा बती छैन पानि छैन
ढल निकास, छैन बिकास छैन
वा सुबिधानगर वा !!
क्या नाम छ सुविधानगर !
यो सुविधानगर कि दुबिधानगर ??
कोहि छौ  बताई दिने??
कोहि छौ प्रस्ट्याई दिने
छौ भने ,
बटुवाको थकाइ मेट्ने एक टुक्रा इँटा र एउटा ढुगा नभएको तर
तर, जोरपाटीको नामले चिनिने
धुलैधुलो पाटीको अघिल्तिर बसौ
अनि
बेनाम र बदनामका नामहरुलाइ
 न्याय दिलाउन एक छिन गफौ..

बेनाम र बदनामका नामहरु माथि खोजि गर्ने
बेनाम बदनामका नामहरुलाई न्याय दिलाउन खोज्ने  हे बुद्धिमान !
यहा धनबहादुर गरीब होला ,
यहा बल बहादुर शक्तिहीन हुदा
बुद्धिमान मुर्ख हुदैन भन्न कसले सक्छ??
सोच !
आफ्नै नाममा राजनीति होला
आफ्नै नाममा प्रश्न उठला
के भो त मुर्खै भए पनि
कम से कम नाम त पायौ नि
क्या नाम छ वा बुद्धिमान !
क्या नाम छ वा बुद्धिमान !

बुद्धि मोक्तान 
काठमाण्डौ 

No comments:

Post a Comment