Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, December 18, 2013

जापानमा चारदशक र एनआरएनमा एक दशक फर्केर हेर्दा l


देवमान हिराचन ,जापान l
यी दृश्यहरुको सुन्दरताको ठीकसँग चित्रण गर्न
मसँग शब्द छैन,के गर्ने म निसहाय भएँ,
हिमालयका यी सुन्दरतम दृश्यहरुलाई
आत्मसात् गर्न असमर्थ छ मानव चक्षु पनि।

जापानका कवि इकाई कावागुचीले २०४६  मा नेपाल बसाइँका क्रममा मुस्ताङको मार्फालाई इंगितगर्दै कोरेका हरफहरु हुन् यी। उनले गरेका वर्णनहरूको क्षेत्र मुस्ताङको मार्फा गाउँवाट मेरो जीवन–यात्राको थालनी भएको हो।

मार्फासँग मेरो भौतिक जीवन मात्रै होइन, मन पनि जोडिएको छ। जसलाई म चार दशक जापानमा बिताएपनि मार्फा र मेरो मनको सम्बन्धलाई शब्दमा उतार्न सक्दिन।
मान्छेलाई समयको हुरी र उसका कर्मले कहाँबाट कहाँ पुर्‍याउँदो रहेछ। आफ्नै जीवन–यात्रालाई पछाडि फर्केर हेर्दा अचम्म लाग्छ। जीवन यात्रामा जे जति गरे वा भोगे एउटा विकट ठाउँबाट उठेर संसारका अत्यन्तै बाठा मानिस भएका जापानिसँग सहकार्य गर्दा र उपलव्धिलाई नाप्दा राम्रो पक्ष हासिल भएपनि तिनैं मार्फा मुस्ताङ्गी क्षेत्रका नेपालीलाई सोचे जति गर्न नसक्दा जीवन गौरव लाग्दैन।
मुस्ताङमा मैले घोडा र खच्चर चराउँदादेखि जापानमा उद्योग–व्यवसाय चलाउँदासम्म बठ्याई र धुर्त्याइँ गर्न कहिल्यै जानिन न जाने कहिल्यै भाषण र नेतागिरी।
यसविषयमा रूचि नलागेको होइन खोई किन किन पटक्कै मन नै परेन। मैले त आफू प्रवेश गरेको क्षेत्र सम्बन्धी काम र सीप सिकें। कतिपय नयाँ प्रविधि सिर्जना गर्न पनि सिकें। आफूले जानेको प्रविधि तथा सीपलाई प्रयोग गरेर मातृभूमिको विकासका निम्ति केही न केही मद्दत पुर्‍याउनुपर्छ भन्ने भावना आफ्नो मनमा सँगालें।
यसैभएर ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट कम्पनी जन्मिएको हो। जसले काठमाडौंको रामकोटमा अर्गानिक कृषिक्षेत्रमा आफ्नो काम गरिरहेको छ।
समयको गतिसँगैं मेरा सिकाइ र गराइका क्षेत्रपनि थपिँदै र फेरिदै आए। तिनले मलाई आफूले चलाउँदै आएका उद्योग–व्यवसायलाई दरिलो बनाएर फैलाउँदै लाने जिम्मेवारीमा मात्रै सीमित राखेनन्।
तिनले आफूजस्तै विदेशमा बसेर विभिन्न पेशा र व्यवसाय गर्दै रहेका नेपालीसँग सम्पर्क बढाउन पनि प्रेरित गर्न थाले अन्ततः विदेशमा बसेका नेपालीको साझा संगठन 'गैर आवासीय नेपाली संघ' मा संगठित हुन पुग्यौं।
मेरो भावना र संगठनको 'स्प्रीट' एउटै मिलनबिन्दु भएकाले होला र मेरो सक्रियताको निरन्तरताले होला नयाँ कार्यक्षेत्र थपियो। मातृभूमिको विकासका लागि प्रवासी नेपाली साथीको मत एउटै पाइयो।
सबैसामु देशभित्र केही गर्नुपर्दछ भन्ने भावना हुने, तर कसरी र कुन तरिकाले गर्ने भन्ने बाटो तय नभएको अवस्थामा विभिन्न देशमा रहेका नेपाली साथीसँगको व्यापक छलफल र निष्कर्षले सन् २००३ मा काठमाडौंमा एक सम्मेलन गरी 'गैर आवासीय नेपाली संघ'को जन्म भएको हो।
शुरूवातकै दिनदेखि एनआरएनमा जुट्दैं केन्द्रीय कोषाध्यक्ष, उपाध्यक्ष हुँदैं सन् २००९ देखि २०११ सम्म केन्द्रीय अध्यक्षमा निर्वाचित भएपछि बढेको जिम्मेवारी सन् २०११ देखि २०१३ सम्म प्रमुख संरक्षकको हैसियतमा संघमा काम गर्दाका लामा अनुभवहरू छन्। जसलाई यहाँ समेट्न नसकेपनि पुस्तकका रूपमा आउनेनै छ। तथापि ती शुरुका अवधिहरुमा एउटा छुट्टै उर्जा भएकाले हामीले अस्वभाविकरूपमा विभिन्न योजनाहरू अघि सार्‍यौं कालान्तरमा ती आलोचित रहे त्यहाँ अनुभवको कमी नै भन्नुपर्दछ।
रसिया, युरोप, मध्यपूर्व र अष्ट्रेलियाका साथीहरुको उर्जालाई मैले सदैव सम्मान गर्दछु र उपेन्द्र महतोको देनलाई हामीले कदापि विर्सनु हुँदैन।
अहिले संगठन ७० देशमा विस्तार भएको छ, यसमा गर्व गर्नुभन्दा पनि संगठन विस्तार होइन विशाल गराउनुपर्दछ भन्ने मेरो शुरूवातदेखिकै सोच हो।
जापानका केही शहरलाई ध्वस्त बनाएको अमेरिकाले जापानीहरू शान्त भएर त्यो क्षेत्रमा क्रमिकरूपले विकास गर्दै गए। आज जापान संसारको विकसित देशको सूचीमा पर्छ।
मैले यी शहरलाई चारदशकदेखि नियाल्दै आएको हुँ र संगठन र संरचनामा जापानीहरुको देनबाट मलाई पाठसिक्ने मौका त मिल्यो। संगठन र संरचनानै कुनैपनि संघ, संगठन र समूहका लागि महत्वपूर्ण
हो भनेर मेरै कार्यकालमा एनआरएनमा विभिन्न 'टाश्कफोर्स'हरू गठन गरिए जसको जगबाट एनआरएन आज अगाडि बढीरहेको छ।
महतोको शूरूआती र मेरो विस्तारलेनै हामीले एनआरएनमा गर्ब गरिहेका छौं भने त्यसपछिका कार्यकालका समिक्षा प्रवासी नेपालीहरुले गरिनै रहेका छन्।
आत्मरतिमा रम्ने जमातबाट अलिकति टाढा रहेर यात्रालाई हेर्नुपर्दछ। संगठनका दौरान कतिपय रूचिकर विषय बन्न नसकेका मेरा अर्न्तमुखि स्वभावलाई सार्वजनिक बहस कला र लेखनमा अभिप्रेरित गराउँदै जानेक्रममा फरक पाएँ।
जापानीहरु बोल्ने भन्दापनि गर्नेमा विश्वास राख्छन् तर एनआरएनका संगठनमा गर्ने भन्दा पनि बोल्ने धेरै भेटेँ, बोलेर वा लेखेर मानिसहरु आत्मबयान, रतिमा रम्नु र यथार्थतामा आउनु आकाश र जमिनबीचको फरक हो हामीजस्ता साधारण मानिसलाई।
सामाजिक र सांगठानिक दायित्व उद्योग व्यवसाय चलाएझैं आफूले सोचेअनुरुप अगाडि एकैसाथ जाँदार हेनछन्। तीतो मिठो अनुभवहरुसँग संगठनमा बसेपछि धेरैका बिचारहरू चिन्ने मौका मिल्दछ उसैपनि एनआरएन भनेको प्रवासीइएका करिव ५० लाख नेपालीको आँखा गडेको संस्था हो। सबै प्रक्रिया मिलेर पनि संस्था दर्ता र दोहोरो नागरिकताको विषयलाई थाँती राख्नु परेको तीतो अनुभव ती दुइ वर्षका अवधिमा हुँदा बाँकी जीवनका दुःखहरू केही पनि होइनन् जस्तो लाग्छ भलै ढिलै भएपनि संस्था दर्ता भएकोले गौरवान्वित गर्ने ठाँऊ रहेको छ।
जतिबेला अध्ययनका क्रममा जापान जाँदै थिए त्यतिबेला बमबाट ध्वस्त भएको देशको विकास देखिरहेँ। जबसम्म आम नागरिक सचेत हुँदैनन् तबसम्म वा देश बन्दैन।
संघ संगठनमा बस्नेले सहयोग पाइन भनेर अरुको दुहाई दिनुभनेको आफ्नो विगत पनि भुल्नु हो। हामी नेताहरुलाई गाली गर्दछौं आम नागरिक भएर, तर नेताभन्दा बढी हाम्रो दायित्व पनि हुने गर्दछ।
जापानीहरु नेताको भरमा पर्दैनन् बस यात्रामा सिट उध्रे जतनका साथ मिलाएर राखिदिन्छन्। उनीहरुले साना योजनाले ठूलो परिणाम निकाल्छन् ,त्यसैले उनीहरुसँग सहकार्य र सोचले हामीमिलेर ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट कम्पनी प्राइभेट लिमिटेड २०११ स्थापना गरी अगाडि बढ्दै जाँदा कम्पनीको 'लिक्वीडिटी' उच्च हुँदै गएको छ। जापानी कृषि प्रविधिको अंगीकार गरेको कम्पनीबाट उत्पादित गुँदपाकको माग विश्वभर भइरहेको छ। कम्पनीले उर्जा, कृषि र पर्यटनक्षेत्रमा हात हालिरहेका छ तर यसलाई गैर आवासीय नेपालीले गरेको भनेर प्रचार प्रसार गर्न जरुरी छैन।
म स्वयं गैर आवासीय भएपनि चारदशक जापानबसाइँमा नेपाली पासपोर्ट नै प्रिय लागेर नागरिकता र पासपोर्ट त्याग्न सकिन् भने अबत त्याग्ने झनै कुरै भएन, त्यसैले मेरा कम्पनीलाई गैर आवासीयको कम्पनी भन्नु मेरो लगानीलाई गैर आवासीयको लगानी भन्नु गलत हो बरु मेरो र मैले पुर्‍याएको सामाजिक सहयोगलाई गैर आवासीयको सहयोग भन्नु उचित लाग्दछ।
मनन् गर्नुपर्ने कुरा के भने जनता देखाएर गरिने केवल राजनीतिमात्र हो। अहिले एनआरएनले त्यहाँ वा यहाँ लगानी गर्‍यो भनेर अनलाईनदेखि छापामा आउँछन् एनआरएन भनेको लगानी गर्नेमात्रै होइन, ५० लाख विदेशीइएका सबै नेपालीहरु एनआरएन अर्थात गैर आवासीय नेपाली हुन्। तिनीहरुलाई देखाउनु भनेको राजनीति होइन? विभिन्न देशमा बस्ने नेपालीहरु त्यही देशका कानुनसँग बाँधिएका हुन्छन्। 'टयाक्स फि्र' भएका देशका नेपालीले जतिपनि लगानी देश भित्राउँदा आपत नहोला तर अमेरिका जापानलगायत युरोपका केहीदेशमा बसेका नेपालीले देशमा लगानी लैजाँदा श्रोत खुलाउनु पर्ने हुन्छ देशअनुसारको फरक नियम हो।
एनआरएनमा मेरो कार्यकाल व्यक्तिगत र कम्पनीका उदेश्य र साझा झिना मसिना सहयोग र देनलाइ बढाइँ चढाइँ गरीउल्लेख गर्न आवश्यक ठान्दिन, यी अवधिमा साना तिना सहयोग र सामाजिक कार्य भइनै रहे, भने मध्यपूर्वमा भएका वैदेशिक समस्यालगायत राष्ट्रनेताहरुलाई झकझकाउने राष्ट्रसेवकहरुलाई सुझाव दिने यी कामहरु भइनै रहे, म द्वारा पुर्‍याइएका पोखरा, गोरखा र मुस्ताङ्गका शिक्षा क्षेत्रमा सहयोग र नवलपरासी र भैरहवामा पुर्‍याइएको आर्थिक र स्वास्थ्य क्षेत्रको सहयोगको उल्लेख गर्नु परोइन, तर मुख्य कुरा के भने यी यस्ता कामहरु व्यक्तिगतरुपमा पनि गर्न सकिने रहेछन्।
परन्तु मेरा अवधिमा अनगिन्ती समस्याका बाबजूद लगानीभन्दा महत्वपूर्ण कुरा योजना र समन्वय हो, जुन हामीले गर्‍यौं योजना र समन्वय एकपल्ट भएपछि दीर्घकालिन हुन्छ,  जापानमा नेपाली गार्मेन्ट र गलैंचाको समन्वय गर्नाले अहिले ३ हजार नेपालीले रोजगार पाइरहेका छन्।
२०११ मा जापानमा गएको ठूलो सुनामीले तहस नहस भएका बखत एउटा सन्देश फैलायौं हामीले। शान्तिका अग्रदुत बुद्ध जन्मिएको देशको सन्देशका साथ बौद्धको स्तुपामा लाख बत्ती बाल्दै जापानी राजदूत र राष्ट्रपति रामबरण यादव तत्कालिन सभामुख शुभासचन्द्र नेम्वाङ्ग, बुद्धधर्मगुरु र बुद्धको सन्देश आपत परेका जापानीका लागि थियो।
सन्देश यति महत्वपूर्ण हुन्छ कि मेरा जापानी संसदमा रहेका जापानीज सांसदले प्रायः भेटमा सम्भि्करहन्छन्। तिनै संासदले नेपाल आएर राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई भेटेर नेपाली जनतालाई धन्यवाद दिए जुन समाचारमा पनि आयो।
त्यसैले त नेपालीलाई हेर्ने अर्को छुट्टै दृष्टिकोण पनि थपिन सक्छ यसको दीर्घकालिन सकरात्मक सन्देशको असर रहिरहन्छ।
तिनै अवधिमा एक भेला गरी देशका ठूला नेताहरु र विभिन्न धर्मगुरु जस्तै हिन्दु, क्रिश्चियन, बुद्धिष्ट मुस्लीम गुरुहरु बोलाएर नेताहरुलाई उनीहरुसामू बाचा गर्न लगाइयो कि संविधान र देश बनाउने विषयमा एकजुट बन्नका लागि।
नेताहरुले बाचा गरे तर उनीहरुले पूरा गरेनन्। यो हरेक नेपालीका लागि नेताहरुको पहिचानकेा सन्देश थियो।
आजभन्दा ४० वर्ष अगाडि जापानमा मेडिकलको पढाइसकेर पोखरामा जापानीस्तरको अस्पताल खोल्ने अभिप्रायले ल्याएको एक्सरे मेसिनलगायत उपकरणहरुको स्वीकृती र अस्पताल खोल्ने अनुमती तत्कालिन शासकबर्गले नदिएपछि फेरि जापाननै जानुपर्ने बाध्यता र तीतो यथार्थता भएको थियोे र जापान लागेँ।
अहिले हामीमा सचेतता आएपनि ४० वर्ष अगाडिको पोखरा र ४० वर्ष अगाडिको जापान र अहिलेको जापान तुलना गर्दा आकास जमिनको फरक छ। गैर आवासीय नेपालीको नेतृत्वमा रहेर विभिन्न देशमा रहेका नेपालीका समस्या पीर मर्का बुझ्ने जान्ने मौका पाएपनि प्रत्यक्ष केही गर्न नसक्दा सदा आत्मा पिरोलीरहन्छ भलै जतिपनि गर्न सकियो त्यसैमा सन्तुष्ट मान्दै गर्न नसकिएको विषयमा कसैप्रति दोष थुपार्ने मनसाय भने छैन।
जापान निवासी हिराचन एनआरएनका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षकसमेत रहिसकेका छन्।
साभार : सेतोपाटी

No comments:

Post a Comment