Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, November 5, 2013

कोरियामा नेपाली युवाको सुखदुख l

निकुञ्ज तिवारी ,दक्षिण कोरिया l

जमिनमुनि प्रसस्तै रेलमार्ग। कतै गुडिरहेका छन्। कतै रोकिइरहेका छन्। मानिसहरु कहीँ झरिरहेका छन्। कही चढिरहेका छन्। कही साथीसँग गफिँदै छन्। कहीँ मोबाइलमा व्यस्त। त फेरि कोही जमिनमा उत्रन लिफ्टको लाइनमा छन्।


फुटपाथलाई असर नपर्ने तरिकाले बनाइएका साना–साना पसल छन्। तिनै पसल वरपर मान्छेहरु झुम्मिरहेका छन्। पसलेहरुलाई ग्राहकको सेवा गर्न भ्याइ–नभ्याइ छ। सिगरेटको धुवाँले सौचालयमा वादल लागेको छ। झन–झन् कोलाहल बढिरहेको छ । नबढोस् पनि किन? आखिर हामी नेपाली न हौं।

माथि जमिनमा फराकिला सडक छन् । सवारी साधनहरु कमिलाको जस्तै ताँतीमा गुडिरहेका छन् । ट्याँटुको आवाज कम्ति पनि छैन । ट्राफिक प्रहरीको काम गरिरहेको छ – इलेक्टिक ट्राफिक साइन’ ले । जसको आधारमा सडक व्यवस्थित बनिरहेको छ । मान्छेहरु सडक पार गर्न  ‘जेव्रा क्रसिङ् इलेक्टिक साइन’ को प्रतीक्षामा छन् ।

दक्षिणतर्फ मन्द सुक्केरामा बगिरहेको खोलाले शहरलाई आर्कषित बनाएको छ । त्यहाँ पनि मान्छेहरुको भिड बाक्लै छ । किनारामा अग्ला–अग्ला व्यवसायिक आर्कषक महल छन् ।

छिनमै मौसम परिवर्तन हुन्छ यहाँ । ‘खाउल’ शरद ऋतु चलिरहेको छ । शितल ताजा हावा वहिरहेको छ । तर आजको मौसम सफा छ । माहोल नेपालीमय छ ।

हजारौ युवाहरुको ठूलो जमघट भइरहेको छ । समूह–समूहको झुण्ड बनिरहेको छ । वर्षौदिनका आँसु, हाँसो र दुःखमय सुभकामना साटासाट गरिरहेका छन् । कोहि आउदै, कोहि जादै, कोहि कसैलाई पखर्दै सडक
किनारमा छरफस्ट छन् । कोहि पार्कमा त कोही त्यहाँको दृष्य क्यामरामा कैद गर्नमा ब्यस्त छन् । दृष्र्य यस्तो लाग्थ्यो की त्यहाँ ठूलै जनपर्दशन हुंदैछ । उनिहरु नेतृत्वको प्रखाइमा छन्।

तर त्यो होइन, दक्षिण कोरियाको राजधानी सोलको तुन्देमुनमा अवस्थित ‘हिस्टोरिकल एण्ड कल्चरल पार्कमा’ देखिएको मान्छेको भिड रोजगारीका लागि आएका नेपाली युवाको हो । र उनिहरुलाई अवसर मिलेको थियो कोरियन मुख्य पर्व ‘छुसक’ को तीन दिने विदा ।

कोहि कसैको दुःख माथि आफ्ना दुःख थप्दै । कोहि कसैको सुखमा आफ्ना खुशी खोज्दै । त कोहि विगत, वर्तमान र भविष्यका सपनाहरु बुन्दै–सुनाउदै छन् । दृष्य कतै कारुणिक त कतै हर्षित देखिन्थ्यो । आँसु, हाँसो र रोदनका फुलहरु एकैपटक फूलिरहेको जस्तै । परदेशी जिन्दगीका यावत कथा–व्यथाका पोका फूकाउनै ब्यस्थ देखिन्थे युवाहरु एक–अर्कामा । तल्लो दर्जाको नागरिक बनी आँशु, पसिना र रगत पोख्न प्रवाशीदाका पीडा बक्दै थिए युवाहरु ।

यहाँ कार्यरत अधिकांश युवाहरु शिक्षित छन् । देशमा अस्थिर राजनीतिले निम्त्याएको अनिश्चित भविश्य, गुणस्तरीय र ब्यवहारीक शिक्षाको अभाव र अवशरको कमी, भ्रष्टचारले गर्दा हुन नसकेको विकास, गरिबी, बेरोजगारी लगायत यावत समस्या बोकेर युवाहरु अवसरको खोजिमा यहाँ आएका हुन् ।

राष्ट्रको भाग्य, आशा र परिर्वतनको संवाहक युवाहरु वास्तवमै राष्ट्रको खम्बा हुन् । खम्बा बलियो हुँनु सम्र्पूण संरचना नै बलियो हुनु हो । युवा शत्तिशाली, गतिशील र र्सिजनाशील हुँदा राष्ट्र बलियो हुनुका साथै जनताको भविष्य उज्ज्वल बन्छ । तर शक्ता, शक्ति र पैसाको वहस गर्ने राज्येले युवालाई सम्मान र सम्भावनाको दृष्टिले होइन, उपेक्षित दृष्टिले हेरिरहेको छ । यसरी राष्ट्र बनाउने दिमागमा सोंच र शक्ति भएको युवावर्गको पसिना समुद्रमा मिसिएपछि देशको भविश्य कस्तो होला ?

कोरियन मुख्य पर्व छुसकको शुभकामना आदन–प्रदानमा भेला भएका नेपाली युवामा देशको भयावह अवस्थाको पीडा र दुःख छ । दैनिक करिब १७ सयको हाराहारीमा युवा सिमाना काटिरहेका छन् । जन्मभूमिमा केही गर्न नसकी अर्काको ‘गुलामी’ नोकर बन्न सिमाना नाघेपछिका फाइदा जति छन् त्यसको कयौं गुण वेफाइदा छन् । यो भूमिमा आँशु, पसिना र रगत पोखाउनुपर्दाको पीडाका अलवा मुलुकको आर्थिक, सामाजिक–साँस्कृतिक र राजनैतिक चिन्ता छ । जहाँ गएपनि जसलाई भेटेपनि देशको यावत विषयको चिन्ता हुन्छ ।

प्रकृतिले हाम्रो देशलाई हरेक तत्व दिएको छ। तर पनि हामी संसारको गरिब राष्ट्रमा छौं। किन ? कारण सबैलाई अवगतै छ । अस्थिर राजनीति । त्यतिमात्र होइन, युद्धकालमा भौतिक र्पूवाधार नाश पारिए, अनगिन्ती मानवीय क्षति भए । प्रत्येक नेपाली सोच्थ्यो गणतन्त्र आएपछि शान्ति आउला र नेपाली जनताको आलो घाउमा मलमपट्टी लगाउला, देशका लागि आवश्यक विकासका पूर्वाधार खडा होलान् । सबैमा सद्भाव, सहकार्य, एकता र सम्मान होला, अनि देश बनाउँला । परदेशीएकालाई पनि बोलाउला ।

तर ठिक विपरित कसैले नसोचेको भयावह स्थिति र्सिजना भयो । अहिले हरेक तहमा देश गतिहिन छ । विकासका कार्य ठप्प प्रायः छ । जसले जे गरेपनि हुने मनपरि तन्त्र छ । सदभाव, सम्मान, सहकार्य र एकता नभई भाइ–भाइमा फूटको संस्कार विकसित हुदै छ । सामाजिक संरचना ध्वस्त पार्दै जातीय द्धण्द्धको सम्भावना बढिरहेको छ । यसको निकाश कहिले र कसले गर्ने ?

दक्षिण कोरियाको विकासको गति उच्च देख्दा हामी हरेक कुरा नेपालसंग दाँज्ने गर्छौ । यहाँका भवन, सडक, औधोगिक कलकारखाना, शैक्षिक तथा प्राविधिक क्षेत्र र मानिस । सन् १९५० को दशकमा गृह युद्ध भई दुई टुक्रामा विभाजित दक्षिण कोरियालाई खाद्यान्न सहयोग गर्ने हामी अहिले स्वयम् ‘श्रमशक्ति’ दान गरिरहेका छौं ।

कारण इमान, जवान र लगावको हो । प्रकृतिले मात्रै हावा, पानी र माटो दिएको देशका नागरिकले ‘पाल्ली–पाल्ली’ (छिटो–छिटो) नारामै दु्रत विकास गरे । झण्डै पाँच करोड जनसङ्ख्या रहेको मुलुकको प्रतिब्यक्ति आय ३२ हजार एक सय अमेरिकी डलर छ ।

प्रवाशी बाध्यताको भूमरिमा तड्पिएका हामीमा जति निराशा छ त्यतिनै अहिले देशमा रहेका युवामा छ । यहाँ हामीले थोरै पारिश्रमको लागि धेरै परिश्रम गर्नुपर्छ । ठूला–ठूला रोबटसंगै काम गर्नुपर्छ । हामीमा जुन उत्साह, उमङ्ग र जोश छैन त्यसरीनै उनिहरुमा पनि छैन । जसरी हुन्छ सिमाना नाघ्ने सोंचमा छन् । अधिकांशमा समाज र राष्ट्रप्रतिको जिम्मेवारीवोधको खडेरी पर्दैछ । व्यत्तिवादी सोच र प्रवृत्ति हावी हुँदैछ । एकातिर दलहरुको खुट्टा वनेका युवामा भने व्यत्तिवादी नाफा र नोक्सानको हिसाब किताब छ । उनिहरुमा श्रम गर्ने र श्रमलाई सम्मान र्गने भावना कत्ति पनि छैन् ।

भने अर्काथरीमा राजनीतिप्रति नै उदासीनता र वितृष्णा छ । परिवार, समाज र राष्ट्रका निम्ती केहि गर्नुपर्छ भन्ने भावना छ । तर हामी युवा साच्चिकै भूपि शेरचनको ‘हामी’ कविताका पात्र बन्न बाध्य छौं ।

हामीलाई विभिन्न दलहरुले गोटी बनाएका छन् । पार्टीको झण्डा ओढेर, नेताको खुट्टा बनेर हिडिरहेका छौं हामी । हामी युवा बन्द, हड्ताल, तोडफोड, कुटपिट, सडकमा टायर बाल्न लगायतका नराम्रा कार्यमा मात्र सिमित छौं । हामी उत्पादनमूलक, खोजमूलक र रचनात्मक कार्यमा कहिले लाग्ने ? यसप्रकार युवामा आएको विचलनको दोषी को ? जिम्मेवारी कसले लिने ? यस्तो भयानक स्थितिको अन्त्य कहिले ?

हामीले देश परिवर्तनका लागि इतिहासका कयौं कालखण्डदेखि अहिलेसम्म महत्वर्पूण योगदान दिदैं आयौं । तर राष्ट्र संचालकहरुले हामीलाई ‘मुगार्’ बनाइरहे । समग्र मुलुक रुपान्तरणका लागि राज्यले हाम्रो शीप र क्षमताको भरपुर उपयोग गर्नुपथ्र्यौ। तर सत्र्मागमा हिँडाउन र फाइदा लिन सकेन । पहाड फूटाई मैदान र धर्ती उठाई पहाड बनाउन सक्ने समथ्र्य भएका हामीलाई सिर्जनात्मक बाटोमा हिडाउन सिकाएन । उल्टै सिमाना नघायो । अहिले परदेश धनि बनाउनु हाम्रो नियति बनेको छ । यहाँका वुद्धिजिवीहरु भन्छन् ‘तिमीहरुको राज्य संचालक अन्धो र बहिरो दुबै छ। तिमीहरुप्रति सचेत र संवेदनशील छैन।

देश लथालिङ्ग र भताभुङ्ग अवस्थामा छ । मुलुकमा हत्या, हिंशाा, आतन्क, भष्ट्राचार, ढिलासुस्ती महङ्गी यावत समस्या छन् । वेरोजगारी समस्याले राष्ट्र पिरोलिएको छ । राज्यसंग रोजगारसम्बन्धी कुनै ठोस नीति र योजना छैन । हरेक र्वष श्रम बजारमा प्रवेश र्गने करिब ५ लाख युवा अलपत्र हुन्छन् । हामी विकाशोन्मुख अवस्थामा गुज्रिरहेका छौं । देशमा कृर्षि, पर्यटन, जलस्रोत लगायत पशु पंछीपालन, तरकारी खेतीमा रोजगारीको प्रचुर सम्भावना छ । तर हामी आफ्ना भूमिमा होइन अर्कैको भूमिमा काम गर्न बाध्य छौ । प्राकृतिक सम्पदाले भरिपूर्ण विश्वमा धनी पनि हामी । तर राज्यको उचित नीति र सक्षम नेतृत्वको अभावमा कष्टकर र टिठलाग्दो गरिब जिवन ब्यतित गर्ने पनि हामी । मुलुकमा जारी अस्थिर राजनीतिलाई मथ्थर पारी जलस्रोत र पर्यटनमा मात्र राज्यले लगानी गर्ने हो भने पनि रोजगारीका निम्ती मुग्लान छिर्नुपर्ने थिएन कि? 

No comments:

Post a Comment