कमलप्रसाद अर्याल ,दक्षिण कोरिया l
चुनावको मत परिणाम आउदै छन, कसले जित्ने र कस्ले हार्ने भन्ने होड चलेको छ ,देशले हार्ला जित्ला? त्यो महत्वपूर्ण कुरा हो l व्यक्तिको जिताई र हराइमा खास देखिएको उत्साह उपहासपूर्ण छ l म मान्दिन कुनै एक व्यक्तिलाई जिताएर राज्यको ढुकुटी सकेर गर्व गर्नुपर्छ भन्ने कुरा, हो गर्व त्यहाँ गर्ने हो मैले चुनेको व्यक्ति इमानदार देशको दुर्दशाप्रति गम्भीर छ भने अब छिटै देशले निकास पाउने छ.. शान्ति अमनचयन र विकासको सम्भावना देखिन्छ भने त्यो जित सार्थक हुने हो l पहिलो संबिधान सभा चुनावमा निकै नेताले जिते देश र जनताले हारे l यो चुनावले देश र जनताले हार्नु नपरोस् हो १२ बुंदे सहमति ,शान्ति प्रक्रिया , राजतन्त्रको अन्त्य चुनावी प्रक्रिया न भएर जन आन्दोलनको उपलब्धि हो l बर्षौदेखि चलेको हत्या हिंसाको मार्गबाट उन्मुक्तिको एक आधार पनि बन्यो बन्दुकको लडाई होइन विचारको लडाई हो भन्ने कुरा पुष्टि गर्न खोजिए पनि जनतामाझ त्यो रहस्यमय नै बन्यो आखिर हत्या हिंसा किन ? जनताको मन जित्न जनप्रिय कार्य पो देखाउनु पर्छ त l यहाँ यति सहज छैन , देशको वस्तुगत नीतिगत समस्याको उल्लेख गर्न जित हार जे जस्तो भएपनि पुराना शक्तिहरू वास्तव मै शक्तिशाली नै छन प्रभावशाली नै छन् अब कुन मार्गबाट जाने र हरेक शक्तिलाई कसरी संयोजन गर्ने यो निकै कुशलतापूर्वक मात्र त्यागको भावनाबाट मात्र सम्भव छ l जुन ढाचामा आजको जीत हारलाई हेरिएको छ त्यसले निश्चय नै हीतकर परिणाम नदिन सक्छ l
सहमति नै जनताको हीत राष्ट्रको जीत हो l जब यो सूत्रलाई व्यवहारमा उतारिदैन तबसम्म देश र जनताले बारम्बार हार्ने छन l हो यो जीत पर्खन अनेक कथित क्रान्ति होलान् बन्द होला , हड्ताल होला अराजकता होला ,फेरि हत्या हिंसाको मार्गमा जान प्रेरित गर्लान हीनता बोध र अपमान बोधले गलत बाटो समाउला अन्ततः जनदवाव सिर्जना पश्चात् इतिहासलाई निकै धकलेर धिक्कार्दै यस कालखण्डका अकुशल असफल नेतृत्व पश्चगामी मार्ग अनुसरण गर्दै दायाँ फर्कनेहरू बायाँ फर्कन र बायाँ फर्कनेहरू दायाँ फर्किई नयाँ सहमति र ध्रुवीकरण गर्न बाध्य हुनेछन l इतिहास वृतमा जनता र राष्ट्रले कहिले जित्ने भन्ने कुरा मात्र हो l यो चुनाव जनहीतमा थिएन र यसको अख्तियारीलाई दम्भपूर्ण ढंगले लिने कार्य भएमा भयानक दुर्घटना निम्तन सक्छ l
बाम पन्थी विचार र दक्षिण पन्थी विचारको नयाँ ध्रुवीकरण नै देशको आवस्यकता र अपरिहार्यता हो l यही संवेदना र विचारको आशामा माओवादीहरू थोरै लचकतासाथ बन्दुक बिसाएर विचार मन्थनको दिशामा अग्रसर भएका हुन् l दक्षिण पन्थी बाटोमा बलजफ्ती ल्याउने चेष्टा गर्दा इतिहासले भयानक मार्ग समाउन सक्छ l त्यस्तै उग्रवामपन्थी चिन्तनमा लगाम लगाएको घोडा जस्तो भएर कोही छुट्टिएको अवस्था र कोही जनमत लिएर परिवर्तन ल्याउन सकिन्छ कि भन्ने सानो प्रयोगका रूपमा यो निर्वाचनलाई लिइएको थियो l माओवादीले साचै जितेको हो l चुनाव बहिष्कारको एजेन्डा लिएर बम बारुदसहिद उत्रदा पनि यति मत आउनु भनेको ठुलो कुरा हो l प्रजातान्त्रिक शक्तिहरू जनहीतमा हुने बामपन्थी विचारलाई पनि स्वीकार्न तयार हुनुपर्छ l यहाँ व्यक्तिको अडान र सिद्धान्त भन्दा ठुलो कुरो राष्ट्र र जनहीतमा केन्द्रीत हुनुपर्छ l बर्षौ पुराना इतिहासलाई रटान दिएका भरमा अन्य मुलुकका समस्या र विषयवस्तुमा आधारित दर्शनलाई हुबहु उतार्ने चेष्टा गर्नु घातक सिद्ध हुने छ l देश काल परिस्थिति अनुरुप मानवअधिकार ,सुशासन. शान्ति,स्वतन्त्रता विकास र आस्थाको सम्मान हुने किसिमको नयाँ विचार दिएर सो विचारका आधारमा सबै दललाई मान्य हुने खालको सहमति गर्दै जोड घटाउ हिसाब किताब सब मिलाएर अब कुनै एक दल नेताको जीत होइन राष्ट्रको जीत र जनताको हीतको मार्ग अनुसरण गर्नु अनिवार्य छ नत्र बारम्बार जनताबाट तिरस्कृत हुनुपर्ने छ l
म एक जनता जनताको कुनै पार्टी हुदैन त्यस्तै मेरो कुनै पार्टी छैन कसलाई मत दिंदा राम्रो हुन्छ त्यसलाई नै दिने हो जनताले चाहदा कसैको शक्ति क्षय गर्न सक्ने रहेछन भन्ने पाठ सिक्नु पर्छ l पहिलो संविधानसभाको निर्वाचनमा जनताले माओवादलाई भोट दिएको ठान्नु भ्रम मात्र हो भन्ने कुरा सिद्ध भएको हो l जनताले शान्ति चाहेका हुन् जंगलबाट सदनमा ल्याउन पाए शान्ति र अमनचयन हुने थियो कि भन्ने प्रयोग गरेका हुन् l आज पनि माओवादीलाई पूर्णरूपमा सहमतिमा ल्याई सबैलाई चित्तबुझ्दो संविधान दिन नसके भोलि जनताले फेरि लोप्पा खुवाउने नै छन् l यसरी प्रतिशोधपूर्ण ढंगबाट नेता र पार्टीको जित मै तन्मय भएर भजन गाउनुभन्दा पहिला देश र जनताको जीत छ छैन यो कुरामा सचेत हुनु आवस्यक छ l त्यसैले यो निर्वाचन दुखेको देशमा उपहासपूर्ण उत्साहबाहेक केही होइन l चुनाव भयो जितियो भन्ने कुरा छाडेर वा हारियो भन्ने कुरा छाडेर अब देश को जीत र जनताको हीतमा केन्द्रीत हुनुको विकल्प छैन l

No comments:
Post a Comment