पूर्णभक्त दुवाल-
वास्तवमा नेपाली सनातन धर्मावलम्बीहरू प्रकृतिका पुजारी हुन् । प्रकृतिका पुजारी भएकाले प्राकृतिक वस्तुको पूजा अर्चना गरिन्छ । जसले सहयोग गर्यो त्यसलाई पुजिने नेपाली धर्म संस्कार नै हो। नेपाली धर्म संस्कृतिले प्रकृतिलाई सम्मान गरेको छ भन्ने पुष्टि तिहार पर्वले स्पष्ट हुन्छ ।
पशुपन्छी, धान, सम्पत्ति, शरीर, गोबरको पूजा गर्ने परम्पराले प्रकृतिको सम्मान गरी यसलाई जीवन्त तुल्याई पर्यावातावरण र पर्याचक्रलाई जीवन्त बनाई सभ्यताको परिचय दिनुपर्छ भन्ने शिक्षा तिहारले दिएको छ । तिहार एउटा यस्तो पर्व हो, जसमा मूर्तिको पूजा हुँदैन । तिहारको सांस्कृतिक पर्व पनि छ । भारत तथा नेपाल कृषि प्रधान देश हुन् । जब कृषक आफ्नो खेतमा सुनौलो फसल उमारेर अन्न घरमा ल्याउने समय जब हुन्छ तब उसको खुसी एवं उमंगको सीमा हुदैन ।
यस खुसीको अवसरमा ऊ भगवान्को कृपा मानेर कृतज्ञता प्रकट गर्न पूजा गर्दछ । सम्पत्तिकी देवी लक्ष्मीको पूजा घरमा अन्न धेरै आओस् भन्ने उद्देश्यमा गरिएको पनि अनुमान गरिन्छ । दक्षिण एसियाका धेरै देशमा बिशेष गरि भारत, नेपाल, भुटान र बर्मा म्यानमारमा यो पर्व विभिन्न प्रकारले मनाइन्छ । नेपालमा तिहार तिहार नेपालीहरू र बिशेषत:नेपाली हिन्दूहरूको सबैभन्दा ठूला पर्वहरूमा एउटा हो ।
नेपाल संवत्को पात्रोअनुसार कात्तिक कृष्ण पर्व त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कात्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म जम्मा पाच दिन मनाइन्छ । तिहारलाई दीपावली तथा यमपञ्चकका नामले समेत चिनिन्छ । बत्तीको झिलिमिली हुने भएकाले दीपावली एवं पाच दिनसम्म यमराज तथा उनका दूतहरूको आराधना गरिने हुदा यसलाई यमपञ्चक भनिएको हो । किंवदन्तीअनुसार सूर्यका छोराछोरी यमराज तथा यमुना दाजुबहिनी हुन् । यमुनाले दाजुलाई केही समय कामबाट विश्राम लिन आफूकहा“ आउन अनुरोध गरेकीले यमराज कात्तिक कृष्ण त्रयोदशीका दिन बहिनीकहा“ गए ।
बहिनीले दाजुको खुब सेवा गरिन् । यमराज यमुनाकहा“ कातिक कृष्ण चतुर्दशीदेखि कातिक शुक्ल द्वितीयासम्म पा“च दिन बसे । यसैलाई आधार मानेर तिहार मनाउन थालिएको हो । यसबाहेक तिहारस“ग अन्य अनेकौं प्रसंग पनि जोडिएका छन् । तिहारका पाचै दिन उत्तिकै महत्वपुर्ण हुनेभए पनि लक्ष्मीपूजाको दिनदेखि यो पर्व बिशेष हर्शोलाश्पुर्वक मनाउने चलन छ । प्रकृतिसग निकट सम्बन्ध गास्ने यो पर्वमा हिजोआज अनेकौं विकृति पनि भित्रिएका छन् ।
काग तिहार कात्तिक कृष्ण चतुर्दशी तिथि अर्थात् तिहारको पहिलो दिन काग तिहार पर्छ । यस दिन कागको पूजा गरिन्छ । कागलाई घिउभात आदि मीठा कुराहरू खान दिइन्छ । काग सन्देशवाहक हुन् । काग चलाक चरा पनि हो । कागको राम्रो बानी भनेको त्यो घरभित्र पस्दैन । काग तिहारमा पूर्व, पश्चिम, उत्तर, दक्षिण दिशामा रहेका कागलाई बोलाएर पुजिन्छ । काग सर्वभÔी प्राणी हो । यसको पूजा गर्नुका विभिन्न कारण छन् । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा–फट्यांग्रराहरू खाइदिन्छ।
यमराजको दूत पनि मानिने भएकाले उसलाई सम्मान दिन कागको पूजा गर्ने धार्मिक मान्यता रहेको छ। काग मानिसको हितकारी पन्छी हो । यसले अनेक प्रकारका फोहोर खाइदिएर वातावरण सफा राख्न सहयोग गर्छ । वातावरणीय सन्तुलनमा कागको ठूलो भूमिका हुन्छ । कागले आफूलाई नजिस्क्याए वा हानि हुने काम नगरे कसैको बिगार गर्दैन । यो साह्रै चलाख हुन्छ । भनिन्छ, कागसित असल र खराब पहिचान गर्ने सामथ्र्य हुन्छ । त्यसैले पनि काग पूजनीय छ ।
दिशासूचक यन्त्र कम्पासको आविष्कार नभएको हुनाले प्राचीन सिन्धु, बाभेरु आदि स्थानका मानिसहरू समुद्रयात्रामा जादा कागलाई पनि साथै लान्थे । दिशा थाहा नपाएर अलमलिएको बेला उनीहरू कागलाई उडाइदिन्थे । कागहरू सधैं जमिनतर्फ उड्ने भएकाले उनीहरू कागको पछिपछि लाग्दै भूमिमा आइपुग्थे भन्ने अनुमान प्राचीन सभ्यताका अन्वेषकहरुले प्रस्तुत गरेका छन् । कुकुर तिहार तिहारको दोस्रो दिन अर्थात् कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुर पूजा गरिन्छ।
यस दिन कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा–मीठा कुरा खान दिइन्छ। कुकुरलाई आज्ञापालक एवं रÔक मात्र मानि“दैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । कुकुरले घरको रेखदेख तथा चोर–डाकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ । त्यसैगरी, कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ति हुने बेलामा पूर्वसूचनासमेत दिन्छ । कुकुरलाई भैरवको वाहन पनि भनिन्छ । कुकुर इमानदार र बफादार पशु हो । घरखेतको रेखदेख गर्ने काम कुकुरले नै गर्छ । वर्षभरि धनसम्पत्तिको सुरक्षा गर्छ ।
सिकारदेखि घरको सुरक्षा गर्ने काम होस् वा विभिन्न तरिकाले मनोरञ्जन प्रदान गरेर कुकुरले मानिसलाई साथ दिदै आएको छ । यही गुणको कदर गरेर मानिसले कुकुरप्रति सम्मान गर्दै तिहारमा पुजिने गरेको हो । कुकुर तिहारको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन मासको पात खाने चलन छ । लिङग पुराणअनुसार यस दिन मासको पातको साग खानाले मानिसका सबै पाप नास हुन्छन् । त्यसैगरी, यस दिन सबै पाप नास गर्न तथा नरकलाई प्रसन्न पार्न नर्के नुहाइन्छ । नुहाइसकेपछि दीपदान गर्ने तथा आलसको बोट बालेर आगो तापिन्छ । यसो गर्दा नरकमा जानु पर्दैन भन्ने मान्यता छ ।
लक्ष्मीपूजा तिहारको चौथो दिन अर्थात् कात्तिक अमावश्याका दिन लक्ष्मीको पूजा हुन्छ । यो रात्रिलाई सुखरात्रि भनिन्छ । यस दिन बेलुका अष्टलक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीलाई धनकी देवी मानिन्छ । समुद्रकी छोरी, विष्णुकी शक्ति लक्ष्मीलाई प्रसन्न पार्न यो रात दीपावली गर्ने तथा जुवा खेल्ने चलन छ । लक्ष्मीपूजाको दिन घरमा भएको धानसहितका अन्न र मुद्रालाई पुजिने चलन छ । किसानले भर्खरै ल्याएको फसललाई पनि पूजा गरी सधैं खान पाइयोस् र राम्रो आम्दानी होस् भनेर पुज्ने गरिन्छ । धानको पूजा प्रकृतिको सम्मान नै हो । गाईपूजा तिहारको तेस्रो दिन गाईको पनि पूजा गरिन्छ ।
दूध दिने गाईलाई मानिसको दोस्रो माताको रूपमा मान्ने हिन्दू परम्परा छ । कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नअघि गाईको गोबरले घर–आ“गन लिपपोत गर्ने, गाईको गहुत सबैतिर छर्केर आफ्ना घर–कोठा–चोटा पवित्र तुल्याउने हिन्दूहरूको संस्कार छ । गाईको दूध अत्यन्त पौष्टिक हुन्छ । बिरामीका लागि पनि उपयुक्त गाईको दूधबाट बन्ने दही, घिउ आदि पनि उत्तिकै पौष्टिक हुन्छन् । गाईको गहुत तथा गोबर पनि उत्तिकै पवित्र मानिन्छ । शरीर शुद्धिका लागि आवश्यक पञ्चगव्य गाईकै दूध, दही, घिउ, गहु“त र गोबर मिसाएर बनाइन्छ ।
पञ्चामृतमा पनि मह तथा सक्खरका अतिरिक्त अरू तीन चिज गाईकै दूध, दही तथा घिउ मिसाइन्छ । गाईको मलले माटोको ऊर्वरा शक्ति बढाउछ त्यसैले पनि कृषकहरु गाई पाल्छन् । हिन्दू जीवन पद्धतिमा गाईको अभावमा दैनिक कार्यहरू चलाउन सकिदैन । यसरी हरतरहले फाइदा दिने गाईप्रति कृतज्ञता ज्ञापन गर्न यो दिन गाईको पूजा गरिन्छ । म्हपूजा म्हपूजा अर्थात् स्वयं पूजा गर्ने प्रथा साधारणतया नेवारी समुदायको ठूलो पर्वको हो ।
नेवारी भाषामा म्हको अर्थ शरीर हो । यस दिन परिवारको प्रत्येक सदस्यको शरीरलाई घरकी मुनकीं (जेठी आइमाई) अर्थात् घरकी मूलीले पूजा गरिदिन्छ । यो पूजा कात्तिक महिनाको शुक्ल पक्ष प्रतिपदाको दिन अर्थात् लक्ष्मीपूजाको भोलिपल्ट मनाइन्छ । यो अत्यन्त पुण्य बनाउने तिथि हो, यो बलि राजाले राज्य गरेको आदर्श देखाउने तिथि हो । यो तिथिलाई वलाय तिथि पनि भनिन्छ । यो तिथिमा आफू पूजा गरिने व्यक्तिको कहिले नास हुँदैन ।
शरीरलाई स्वस्थ राख्ने अभिप्रायले शरीरको पूजा गरिन्छ । पूजा गर्नुभन्दा पहिले जेष्ठताअनुसार लहरै बसिन्छ र अगाडिपट्टि लिपपोत गरी मण्डप बनाइन्छ । चामलको पीठोले बनाइएको आ–आफ्नो मण्डपमा सबैले चारै दिशामा दीप प्रज्ज्वलन गरेपछि ज्येष्ठ आइमाईले पालैपालो पूजा गरी मुटुमारी–चामलको पीठोको इँटाकारको रोटी, ओखर, फूल, बाँसको भाँडोबाट टाउकोमा चढाइन्छ । पूजा सकेपछि नेवारी भोजसहित सगुन दिइन्छ । गोवद्र्धन पूजा गाईबस्तु पाल्ने कृषकका लागि घासपात उपलब्ध गराएर सहयोग पु¥याउने भएकाले पर्वतको प्रतिनिधि गोवद्र्धन पर्वतको पूजा गरिन्छ ।
गाईको गोबरको पर्वत तथा कुण्ड बनाएर अनेक तरहले सिंगारेर गोवद्र्धन पूजा गरिन्छ । यो खासगरी गोबरकै पूजा गरिएको पनि हो । गोबर घर लिपपोत गर्न अपरिहार्य छ । यसलाई फोहोरको रूपमा नलिई शुद्ध वस्तुको रूपमा ग्रहण गर्न गोवद्र्धन पूजाले प्रेरणा दिएको हुन्छ । गोबर परापूर्वकालदेखि नै इन्धनको रूपमा पनि प्रयोग हुँदै आएको छ । गोबरको गुँइठा वा गोबर ग्याँसको रूपमा यसलाई प्रयोग गरिँदै आएको छ ।
यो दिन खेत जोतिदिने गोरुलाई पूजा गरेर पनि सम्मान दिइन्छ । भाइटीका यो तिहारको सबैभन्दा महत्वपुर्ण दिन हो । कात्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीहरूले दाजुभाइलाई टीका लगाइदिन्छन् । यस दिन दिदीबहिनीले यम–यमुनासगै यमदूत, सूर्य तथा अष्टचिरञ्जीवीको पूजा गरेर त्यसको प्रसाद दाजुभाइलाई लगाइदिने धार्मिक विधान छ । दिदीबहिनीले टीका लगाउनुअघि दाजुभाइको कानमा तेल हालिदिन्छन् ।
सप्तरंगी टीकाका साथ दूबो, मखमली तथा सयपत्री र गोदावरीको माला लगाइदिन्छन् । टीका लगाइसकेपछि दाजुभाइलाई मिठाई तथा मसलाको उपहार प्रदान गर्छन् भने दाजुभाइले पनि दिदीबहिनीलाई विभिन्न उपहार तथा दक्षिणा दिन्छन् । यस दिन भाइलाई लिन आएका यमदूतसित दिदीले अनेक बहाना बनाएको र भाइको काल टारेको प्रसंग पनि गासिएको छ । तिहार बिशेष गरी दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध दरिलो बनाउने पर्व हो ।
हुन त तिहारमा अन्य विविध पÔ पनि नजोडिएका होइनन् तर पनि यो चाड दाजुभाइ–दिदीबहिनीहरूबीच राम्रो सम्बन्ध कायम राख्ने बिशेषता बोकेकाले जीवन्त बनेको छ । यसैगरी, तिहार उज्यालो छर्ने प्रकाश पर्व तथा मिठाईको पर्व पनि हो ।

No comments:
Post a Comment