Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, April 6, 2016

कोरियामा नयाँ वर्ष मनाउने तयारी

अप्रिल १० तारिख फेन्थेकमा नेपाली नयाँबर्ष २०७३ भब्य मनाइदै

आगामी १० अप्रिल आईतवार -फेन्थेक जाऔ - नेपाली नयाँ वर्ष २०७३ बिबिध मनोरन्जनात्मक कार्यक्रम सहित भब्य रुपमा मनाऔ:

गणेश न्यौपाने :६ अप्रिल ,२०१६ ,फेन्थेक दक्षिण कोरिया l

दक्षिण कोरियामा रहेका नेपालीहरू आउदै गरेको नेपाली नयाँ वर्ष २०७३ लाई बिबिध कार्यक्रम गरी स्वागत गर्ने तयारीमा रहेका छन् ।यसै क्रममा कोरियामा फेन्तेक प्रवासी मजदुर सहयोग केन्द्र (फेन्थेक माईग्रेन्ट सेन्टर) नेपाली समुदायको आयोजनामा नयाँ वर्ष बिबिध सास्कृतिक मनोरंजन कार्यक्रम सहित हर्षोउल्लासका साथ् मनाउने तयारी गरेका छन्l
आउदो आईतबार अप्रिल १० तारिखका दिन बिदाको अवसर पारेर नै फेन्थेक वरपरका नेपालीहरु साथै अन्य क्षेत्रका नेपालीहरुको बाक्लो उपस्थितिमा नयाँ वर्षको शुभकामना आदानप्रदान सहित नेपाली परिकारहरुको साथमा नया वर्ष पार्टीको प्रबन्ध पनि गरिएको सेन्टरका अध्यक्ष कृष्ण पुरीले बताएका छन् ।नेपाली संगीत , कला, सस्कृति र नेपालीपन झल्काउदै पारिवारिक बातावरणमा बिबिध मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रम सहित मनाउन लागिएको उक्त कार्यक्रममा कोरियाका नेपाली स्थानीय कलाकारहरुको प्रस्तुति रहने फेन्तेक प्रवासी मजदुर सहयोग केन्द्र सांस्कृतिक विभागका प्रमुख गौरव न्यौपानेले जनाएका छन् ।कोरियामा २००५ मा स्थापना कालदेखि नै बहुसंख्यक नेपालीहरूको साझा सस्थाको रूपमा स्थापित फेन्तेक माईग्रेट सेन्टरमा उलेख्य नेपालीहरू आबध्द रहेका छन् ।यस संस्थाले आपत् बिपतमा परेका दैनिक दर्जन भन्दा बढि नेपालीहरूलाई खान बस्न सहितको आश्रय,विभिन्न सहयोग ,भाषा,खेलकुद, तालिम साथै आवस्यक सेवा -परामर्श पनि दिदै आएको छ।आयोजकले सम्पूर्ण कार्यक्रमको तयारी पुरा भएको जानकारी गराउदै उक्त दिन कोरियामा रहेका विभिन्न सङ्घ संस्था/ प्रतिनिधि , पत्रकार ,बिध्यार्थी, बुद्धिजिबि लगाएत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यसै सुचना मार्फत समयमै उपस्थित भएर नया वर्ष भब्य रुपमा मनाउनुहुन हार्दिक निमन्त्रणा गरेको छ ।
कार्यक्रम सम्बन्धि विवरण :-
कार्यक्रम :- नया वर्ष २०७२को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा बिबिध सास्कृतिक मनोरन्जनात्मक कार्यक्रम-साथमा प्रथम चरणमा इपिएसअन्तर्गत श्रम जिज्ञासा बारेमा पनि एम.टि.यु.अध्यक्ष उदय राईको समुपस्थितिमा छोटो परामर्श]
मिती :- १० , अप्रिल २०१६ l समय :- आईतबार , [बिहान ११ बजेदेखि - समापन ५:३० बजे
आवश्यक सम्पर्कका लागी :-कृष्ण पुरी - ०१० -५९३११९३४ ,राजु खड्का -०१०-४८९६ ६९८१
गौरब न्यौपाने -०१०-४८३१३७४३ ( सास्कृतिक प्रस्तुति बारेमा )
स्थान :- फेन्तेक प्रवासी मजदुर सहयोग केन्द्र (फेन्थेक माईग्रेन्ट सेन्टरको हल ) फेन्थेक ट्रेन स्टेसन बाट -५०० मिटर भित्र (
उरी बैंक सिधा अगाडी- नजिकै ) आयोजक :- फेन्तेक प्रवासी मजदुर सहयोग केन्द्र (फेन्थेक माईग्रेन्ट सेन्टर) नेपाली समिती, दक्षिण कोरिया l

No comments:

Post a Comment