Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, February 1, 2016

फेब्रुवरी ७ सलनालमा हुने कास्की परिवारको बृहद भेलाको सम्पूर्ण तयारी पुरा


नमस्ते नेपाल कोरिया सम्बाददाता
२ फेब्रुवरी २०१६ ,कोरिया l
आगामी फेब्रुवरी ७ तारिख कोरियाको नया वर्ष सलनालको समय पारी हुन लागेको कास्की परिवार को बृहद कास्केली भेला को लागि कास्की परिवार समिति बाट सम्पूर्ण तयारी पुरा भएको छ l
नेपाल हाउसमा दिन को ठिक १२ बजे बाट हुने उक्त बृहद भेलामा कास्की बाट कोरिया आउनु भै विभिन्न संघ सस्थाहरुको नेतृत्व गर्नुहुने ब्यक्तित्व, सामाजिक क्षेत्रमा बिशेष योगदान गर्नु हुने व्यक्तित्व साथै कोरियामा नेपाली कला र सस्कृतिको प्रबर्धनको लागि कोरियामा लागि पर्नु हुने , यसै गरि खेल क्षेत्र मार्फत कोरियाका नेपाली बीच कास्की परिवार को छुटै पहिचान बनाउन सफल कास्की भलिबल तथा फूटबल टिम का क्याप्टेनहरु लाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ l
सम्पूर्ण कास्केलीहरु संग को छलफल मार्फत कास्की परिवार को भावी कार्य दिशा पनि निर्दिस्ट गराउने भएको हुदा आफ्ना महत्वपूर्ण बिचारहरु लाई भेलामा राख्नु हुन सबै कास्केली जनसमुदायमा आव्हान गरिएको छ l 
उक्त भेलामा सास्कृतिक कार्यक्रम मार्फत मनोरजन गराउनको लागि सास्कृतिक कार्यक्रमको पनि ब्यबस्था पनि गरिएको छ l भेलाकै अवसर पारेर कास्की बाट कोरिया आउनु भएकाहरु को नामावली संकलन को विवरण पेस गरिने तथा छुटेका हरु को नामावली हरु पनि दर्ता गराउने कार्य अघि बढाईने भएको छ l जसको लागि क्षेत्रगत रुपमा नामावली संकलन गर्न जिम्बेवारी लिनु भएका संकलक हरुले २०१६/०२/०५ सम्ममा संकलन भएका नामावलीहरु लाई कास्की परिवारका सचिब पुष्पराज तिमिल्सिना समक्ष बुझाउनु हुन पनि सुचित गरीएको छ l
यसैगरि बृहद भेलामा उपस्थित हुनु हुने अथितिहरु लगाएत सम्पूर्ण महानुभाबहरु लाई जलपान तथा स्वादिस्ट नेपाली परिकारको साथमा सेलरोटी लगाएतका व्यवस्थापन लाई पनि चुस्थ दुरुस्थ गराउनको लागि २०१६/०१/३१ मा भएको बैठक द्वारा समितिका व्यक्तिहरुमा कार्य विभाजन गरि त्यसै अनुसार कार्यक्रम सफल पार्नको लागि सबै जना आफ्नो जिम्बेवारी बहन गर्ने गराउने गरि कार्य बाडफाड गराएर बृहद भेला को तयारी लाई आन्तिम रुप दिइएको छ l


नेपाली कला र सस्कृति लाइ संरक्षण गरौ ,प्रबासमा रहेका खेलाडीहरुलाई सम्मान गरौ "भन्ने उदेश्यका साथ् कास्की परिवार दक्षिण कोरियाले यहि आउदो मार्च १३ मा नेपाली कथानक चलचित्र प्रेमगीत को पनि प्रदर्शन गर्ने जनाएको छ |

No comments:

Post a Comment