Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, January 10, 2016

नेपाली जनअधिकार मन्च कोरियाले बिदाई तथा बिस्तारित बैठकले पद पुर्ती गर्यो

नेपाली जनअधिकार मन्चले श्रम सहचारी अनिल गुरुङ र उपाध्यक्ष कृष्ण थिंगलाई बिदाई गर्दै बिस्तारित बैठक द्वारा पद पुर्ती सम्पन्न

नमस्ते नेपाल कोरिया सम्बाददाता
१० जनवरी २०१६ ,दक्षिण कोरिया l
नेपाली जनअधिकार मन्च दक्षिण कोरियाको सौल स्थित तुङ्देमुनमा रहेको डिआर इन्टरनेसनलको सभा हलमा आज नेपाली जनअधिकार मन्चले एक भब्य कार्यक्रमको आयोजना गरि नेपाली राजदुतावासका श्रम सहचारी अनिल गुरुङ र जनअधिकार मन्चका उपाध्यक्ष कृष्ण थिङ लाई बिदाई गरेको थियो।
उक्त कार्यक्रम सस्थाका कार्यबाहक अध्यक्ष गणेश कालिकोटेको अध्यक्षतामा र महा सचिब लालकाजी बस्नेतको संचालनमा सम्पन्न भएको थियो।
कार्यक्रममा प्रमुख अतिथी माहामहिम राजदुत कमानसिङ लामा र विशेष अतिथिहरु सम्मानित ब्याक्तित्व अनिल गुरुङ,एनआरएनएका अध्यक्ष राजु छेत्री,जनजाति माहासङ अध्यक्ष चित्र बहादुर मोक्तान,जन सम्पर्क समिती सभापती गिरिराज कुवर,प्रवासी नेपाली मन्चका उपाध्यक्ष दुर्गा प्रसाद न्यौपाने, त्यस्तै अतिथिहरुमा एनआरएनए उपाध्यक्ष जुनु गुरुङ,माहासचिब दिपक पुन,सस्थाका सल्लाहकारहरु दिलिप धिताल,लाल बहादुर महरा,चितवन सम्पर्क समिती अध्यक्ष इन्द्र न्यौपाने,हेल्लो नेपालका सम्पादक पुस्पराज लामिछाने,सस्थाका उपाध्यक्ष सम्मानित ब्याक्तित्व कृष्ण थिङ लगायत हुनुहुन्थ्यो ।
सम्मान कार्यक्रम पश्चात बसेको बिस्तारित बैठकले रिक्त रहेका पदहरु अध्यक्ष,उपाध्यक्ष-२,सचिब-2,सदस्यहरु-४
सर्वसम्मतीले निर्णय गरि अनुमोदन गरिएको थियो।
अनुमोदन गरिएको नामावली यस प्रकार रहेको छ।
अध्यक्ष :-गणेश कालिकोटे
उपाध्यक्ष :- चुडामणि अधिकारी
उपाध्यक्ष :-चन्द्र तामाङ
सचीव :- रेवत कार्की
सचीव :-पदम लावती
सदस्यहरु:-पुस्पराज तिमिल्सिना
:-बिनोद दाहाल
:-गोबिन्द गौतम
:-हरि खनाल
उपाध्यक्ष चुनिनु भएका चुडामणि अधिकारी जनअधिकार मन्च दक्षिण कोरियाका प्रबक्ता,प्रचार बिभाग संयोजक समेत हुनुहुन्छ ।


No comments:

Post a Comment