Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, January 10, 2016

हिन्दु जागरण अभियान कोरियाले सत्कर्म ,सत्संग शसक्तिकरणमा तिब्रता दिदै

हिन्दु जागरण अभियान दक्षिण कोरीयाको विशेष छलफल कार्यक्रम सम्पन्न ,चार सदस्यीय सल्लाहकार समिति चयन सगै अभियान शसक्तिकरणमा तिब्रता दिईने -

नमस्ते नेपाल कोरिया सम्बादाता
१० जनवरी ,२०१६
सोल ,दक्षिण कोरिया
पर्देशमा रहेर पनि आफ्नो धर्म,सँस्कृती संरक्षणका लागि विभिन्न गतिविधि गर्दै आएको हिन्दु जागरण अभियान दक्षिण कोरीया शाखाको आज जनवरी १० तारिख पहिलो छलफलात्मक कार्यक्रम सम्पन्न भएको छ । हिन्दू जागरण अभियान दक्षिण कोरीयाको बार्षिक सभा तथा प्रथम अधिवेशन गत डिसेम्बर १३ आईतबार नेपाल हाउस सौलमा नव गठित अभियानका अध्यक्ष अमृत बास्तोलाको को सयोजकत्वमा  १५ सदस्यीय समिति चयन गर्दै सम्पन्न भएको थियो l
नयाँ कार्यसमिति चयन पश्चात पहिलो पटक भएको कार्यक्रममा आगामी कार्यक्रम र संस्थाको गतिविधिलाई अझैँ शसक्त र प्रभावकारी पार्दै धर्म , सस्कार र सत्कर्म लाई जोड दिदै सत्संग प्रचार प्रसारलाई तिव्रता दिर्नै निर्णय भएको हो ।
संस्थाका अध्यक्ष अमृत वास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा दक्षिण कोरीयामा भएका विभिन्न संघ संस्थासंगै सहकार्य र समन्वय गरेर अगाडी बढ्ने निर्णय भएको छ ।
त्यसैगरी कोरीयामा औधोगिक दुर्घट्नामा परी असमायीक निधन हुनु भएका हिन्दुजागरण अभियान दक्षिण कोरीयाका संस्थापक सदस्य बाबुराम पोख्रेलको निधन प्रति गहीरो शोक ब्यक्त गरेको छ । यसका साथै निवर्तमान कार्य समितीले गरेको काम, कर्तब्यको उच्च मुल्याङ्कन गर्दै वर्तमान कार्य समिति द्वारा धन्यवाद ज्ञापन ब्यक्त गरेको छ । आज जनवरी १० तारिख आईतबार दक्षिण कोरीयाको तोङदेमुनमा भएको उक्त अन्तर्क्रिया कार्यक्रममा चार सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । जसमा हिन्दुजागारणका पूर्व सस्थापक अध्यक्ष सिताराम तिमल्सिना ,निवर्तमान अध्यक्ष यम सापकोटा, फेन्थेक माइग्रेन्ट सेन्टर नेपाली समितिका अध्यक्ष कृष्ण पुरी , एनआरएनका बुद्धी गुरुङ समितीमा चयन हुनु भएको हो ।
नेपालीहरुमा एकता,सत्संग र सहिष्णुता संचार गर्दै आइरहेको हिन्दू जागरण कोरीयाले नेपाल र कोरीयामा बिभिन्न सेवा तथा योगदान गर्दै आइरहेको छ । प्रवासमा नेपालीहरूले आफ्नो मौलिक पहिचान गुमाउन नपरोस भन्ने भावनाबाट प्रेरीत भई बिबिध सांस्कृतिक कार्यक्रमहरूबाट सत्संगको बिकास पनि गर्दै आइरहेको छ l

हिन्दु जागरणका अभियन्ताहरु :

अध्यक्ष: अमृतप्रसाद वाँस्तोला
बरिष्ट उपाध्यक्षः सोमनाथ शर्मा आचार्य
उपाध्यक्षः एकराज दाहाल
सहायक उपाध्यक्ष निर्मल कुमार वेलबासे
सचिवः किरण अधिकारी
सहसचिवः थानेश्वर पहाडी
कोषाध्यक्षः गोविन्द बराल
सहकोषाध्यक्षः सरिता लामा
सदस्यहरु :-
याम चापागाइँ
नारायण राई
नेत्र पौडेल
दिपेश परियार
लेखनाथ ढकाल
माया लामा

अभियान समितिको प्रथम छलफल 



अधिबेसन तथा बार्षिक साधारण सभा कार्यक्रम गतिबिधि हरुको झलकहरु






No comments:

Post a Comment