Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, December 28, 2015

कोरियाबाट राम प्रसाद लाई करिब ४० लाख वन आर्थिक सहयोग हस्तान्तरण


गणेश न्यौपाने ,कोरिया
२८ डिसेम्बर २०१५
दक्षिण कोरियामा करिब  ३  वर्ष अघि इपीएस मार्फत कार्य शिलशिलामा आउनुभएका स्यांग्जाका राम प्रसाद पाण्डे  थेगुमा औधोगिक  दुर्घटनामा परी दायाँ हात गुमाएका थिए l उनलाई थप उपचार गर्दा र कृत्रिम हात राख्नको लागि आर्थिक अभावमा परेपछि  आर्थिक सहायता प्रदान गर्नको  निम्ति आर्थिक सहायता  स्वरूप फेन्थेक माइग्रेन्ट सेन्टर नेपाली समितिको पहलमा अभियान चलाई संकलन गरीएको जम्मा रकम  ३१ लाख ३७ हजार वन (31,37,000 won) र सोहि अवसरमा प्रत्यक्ष बिभिन्न व्यक्तिहरुबाट  कार्यक्रममा  थप उठेको सहयोगहरु र स्यांग्जा समाज दक्षिण कोरिया बाट ५ लाख वन (5,00,000 won) सहित हस्तान्तरण गरी जम्मा जम्मी करिब 40,00,000 won (४० लाख वन) को हाराहारीको रकम हिजो मिति २०१५ डिसेम्बर २७ तारिख आईतबार फेन्थेकमा अंग्रेजी नया बर्ष २०१६ को स्वागत -शुभकामना तथा बिबिध कार्यक्रम समारोहमा सो रकम निजलाई हस्तान्तरण गर्दै सम्मान सहित बिदाई गरीएको थियो  l समितिका बरिष्ठ उपाध्यक्ष तथा सो अभियानका आर्थिक सयोजक प्रविन गिरीले उक्त रकम विवरण सहित हस्तान्तरण गरेका थिए l सहयोग गर्नुहुने सम्पूर्ण संघ सस्था ,सहयोगीदाता  लगाएत सम्पूर्णलाई समितिका अध्यक्ष कृष्ण पुरीले  धन्यवाद ब्यक्त गर्दै सबैको साथ् र सहयोगले नै आपतमा परेका पाण्डेलाई सहायता दिन सफल भएको बताएका छन l साथै सो अवसरमा  स्यांग्जा समाजका सचिब कुमार थापा र भक्त थापाले सयुक्त रुपमा स्यांग्जा समाज को तर्फबाट ५ लाख वन रकम हस्तान्तरण गर्दै राम प्रसाद लाई आगामी दिनमा सुखद र सफलताको पनि  शुभ कामना राखेका थिए  l
सोहि अवसरमा "फेन्थेक नेपाली आपतकालीन कोष" मा हालै संकलन गरीएको १२ लाख वन रकमको कोष खडा गरि ब्यानर सहित अभियान सार्बजनिक गरीएको थियो र बर्षेनी नेपालमा सहयोगार्थ नेको-नेपाल कोरिया- ह्यापी ड्रिम नामक नेपालमा संचालित सहयोग सस्थालाई १२ लाख वन प्रदान पुरा गरीएको विवरण पनि प्रस्तुत गरीएको थियो l
रामप्रसाद पाण्डे ले बिदाई अवसरमा छोटो समय लिएर बोल्दै आफुलाई यसरी आपतमा सहयोग गर्नुभएकोमा सबैलाई धन्यवाद दिदै नेपालमा गएर पनि हिम्मत नहारी सांगीतिक तथा अन्य क्षेत्रमा राम्रो काम गरेर देखाउने बचन ब्यक्त गरेका थिए l
माइग्रेन्ट सेन्टरले आयोजना गरेको सो उपलक्ष्यमा जापान , कोरिया , म्यानमार,कम्बोडिया ,फिलिपिन्स ,इन्डोनेशिया ,भियतनाम ,श्रीलंका ,बङलादेश, उज्वेकिस्थान र नेपाल रास्ट्र सम्मीलित सामुहिक शुभकामना आदानप्रदान सहित बिबिध सामुहिक रुपमा सास्कृतिक कार्यक्रमहरु सम्पन्न भएको थियो l







No comments:

Post a Comment