Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, November 17, 2015

कोरियामा युवाहरुको समूह धौलागिरी युथ भिजन ग्रुप गठन


नमस्ते नेपाल कोरिया सम्बाददाता,
१५ नोभेम्बर २०१५ ,कोरिया 
कोरियाको महान पर्व छुसकको दिन अनन्त गिरिको संयोजकत्वमा गठित धौलागिरी युथ भिजन ग्रुपको प्रथम साधारण सभाले अनन्त गिरीको अध्यक्षतामा १२ सदस्सीय कार्य समिति सर्व सम्मत चयन गरेको छ । राजधानी सउलको छङन्याङनीमा सम्पन्न ग्रुपको पहिलो साधारण सभाबाट बिधिबत रुपमा १५ सदस्सीय कार्य समिति सर्व सम्मत चयन गरेको हो । बिशेष गरी कोरियामा रहेका युवा बर्गहरुलाई लक्षित गरी सामूहिक लगानी को लागि युवा भन्ने मूल नाराका साथ एकत्रित गर्न गठन गरिएको ग्रुपले आगामी दिनमा कोरियाको बिभिन्न संघ संस्थाहरु सँग आपसी सहकार्य र हातेमेलो गर्दै अघि बढ़ने नव गठित कार्य समितिका उपाध्य्क्ष आर्यन पौडेल बताउनु हुन्छ , उपाध्यक्ष पौडेलको अनुसार ग्रुपले आगामी दिनहरुमा मनोरंजनात्मक गतिबिधिहरु गर्दै जाने छ, जसले प्रदेशी भूमिमा हुने मानसिक तनाबलाई कम गर्न उल्यख्य भूमिका खेल्न सक्छ । नव गठित कार्य समितिमा अध्यक्षमा अनन्त गिरि उपाध्यक्षमा आर्यन पौडेल, सचिब सि एम पुर्जा, कोषाध्यक्ष मा राम पौडेल, सह-कोषाध्यक्षमा दुर्गा भण्डारी हनु भएको छ भने सदस्यहरु क्रमश: दिनेश केसी, गणेश घिमिरे, दीपक लामा, शालिक बस्नेत, ज्ञानु केसी, मनीष गौचन, संगीता गुरुङ्ग, सनम शाक्य, हरी केसी, सबिना पून हुनु हुन्छ ।
त्यस्तै नव गठित कार्य समितिको आजै बसेको पहिलो बैठकले ६ जना सल्लाहकार सदस्यहरुको चयन गरेको छ । जस्मा आदिबासी जनजाति महासंघ कोरिया का पूर्ब अघ्यक्ष भक्त शेरचन, एन आर एन कोरियाका पुर्व अध्यक्ष बिनोद कुंवर ,थकाली सेवा समाज कोरियाका अधक्ष्य भरत तुलाचन, म्याग्दी समाज समिति कोरियाका सल्लाहकार सुबास कुमार श्रेष्ठ रहनु भएको छ ।
यसै गरि ग्रुपको पहिलो बैठकले “नेपाली मन-नेपाली पन, नेपाली चलचित्रको बिकास र प्रबर्धन” भन्ने मूल नाराका साथ प्रर्दशनमा ल्याउन लागेको नेपाली कथानक चलचित्र कबड्डी कबड्डीलाई संस्थागत रुपमा सफल बनाउन बृहत रुपमा प्रचार प्रसार गर्ने र डिसेम्बर महिना भरी कोरियाका बिभिन्न शहरहरुमा प्रदर्शन गरेको छ । पहिलो बैठकको निर्णयलाई आधार मान्दै ग्रुपका सचिब सि एम पुर्जाको अनुसार पहिलो चरण मा बुसान मा नोभेम्बर २९ मा र डिसेम्बर २० तारिखको दिन राजधानी सउलमा प्रर्दशन हुनेछ । अन्य शहरहरुमा पनि प्रर्दर्शनको तैयारी गरिने छ ।
समरणिय रहोस, धौलागिरी युथ भिजन ग्रुप द्वारा निर्मित पहिलो छोटो चलचित्रको रूपमा कबड्डी कबड्डी चलचित्रको ट्रेलर प्यारोडी भर्शन सार्बजनिक भएको छ । यो प्यारोडी भर्शन अहिले कोरिया भर निकै रुचाईएको र चर्चामा रहेको छ ।

कबड्डी कबड्डी चलचित्रको ट्रेलर प्यारोडी 

https://www.youtube.com/watch?feature=youtu.be&v=nx11d-iCNOE&app=desktop

No comments:

Post a Comment