Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, October 20, 2015

कोरियामा २ दर्जन संघ संस्थाले संयुक्त दशैं मनाउदै

नमस्ते नेपाल कोरिया
२० अक्टोबर ,२०१५
नेपालीहरुको महान चाड बडा दशैं कोरियाका विभिन्न क्षेत्रहरुमा सामाजिक कार्य गरिरहेका विभिन्न संघ संस्थाहरुले आपसी एक्यवद्धता जनाउदै यो पालिको दशै भव्यताका साथ मनाउने भएका छन । यही अक्टुबर २४ तारिख शनिवार बेलुका ६ बजेबाट सुवनको हिमालयन रेष्टुरेन्टमा एक विशेष कार्यक्रम बीच धुमधामका साथ मनाउन लागिएको हो।
दशै रमझम तथ भेटघाट कार्यक्रमकोलागि सम्पुर्ण तयारी पूरा भैसकेको कुरा आयोजक पछ्ले जनायेको छ।यसरी दर्जन भन्दा बढी संघ सस्थाहरुले आपसी भाईचाराको साथ एक्यवद्धरूपमा मनाउन गैरहेको यो दशैले कोरियामा मात्र नभयेर बिस्वभरिका नेपालीहरुमा छुट्टै किसिमको सकारात्मक सन्देश जाने कुरामापनी आयोजक पक्षहरु पुर्ण बिश्वासत छन।
नेपाल योङ्स्टार ग्रुप ,सपोर्ट नेपाल,काभ्रे सम्पर्क समिति,सिन्धुसमाज, हाम्रो जीवन हाम्रो सोच,ठकुरि समाज,नुवाकोट समाज, मकवानपुर कोरिया मन्च ,अर्घाखाचि समाज,भक्तपुर समाज, गोरखा परिवार , अनलाइन वेभ टिभि,ईलाम सुर्योदयसमाज, अटिजम अभियान,धनकुटा सेवा समाज,वोमन फर वोमन,एकता समाज,दाङ सम्पर्क समिति,हिन्दु जागरण अभियान,ईपीएस युथनेपाल ,परदेशी लाईफ डट कम ,धादिङ समाज,नवलपरासि समाज लगायत २ दर्जन बढि संघ संस्थाले कोरियामा संयुक्त रुपमा दशैं मनाउन लागेका हुन ।
कार्यक्रममा नेपाली संस्कृति झल्कने गरी जमरा तथा टिका लगाउने कार्यक्रम, शुभकामना आदान प्रदान तथा दशैं भोज,स्थानीय कलाकारको प्रस्तुती,लोक दोहोरि धमाका साथै अन्त्यमा नाचगान निरन्तर को साथमा भरपुर मनोरञ्जन गर्न सकिने आयोजकको दावी छ । कोरियामा रहेका विभिन्न संघ संस्थाहरु सामाजिक काममा एक जुट भएर अगाडि बढन यसरी सामुहिक कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजन गरिरहेका नेपाल योंग स्टार ग्रुपका यम श्रेष्ठले जानकारी दिएका छन ।
कार्यक्रम वेलुका साँझ ६ बजेबाट शुरु हुने हुदा सहभागि हुन ईच्छुक व्यक्ति तथा विभिन्न संघ संस्थाका व्यक्तिहरुले सम्बन्धित व्यक्तिहरुलाई जानकारी गराई उपस्थिती जनाउन आयोजकले अनुरोध गरेको छ ।
सम्पर्क:एल.वि.श्रेष्ठ-01032858006 गाेविन्द गाैतम-01059500563 अाङ्दाेर्जे शेर्पा-01073261215
मिति २०१५ अक्टुबर २४ शनिवार
स्थान ःहिमालयन रेस्टुरेन्ट , सुवन
समयः साँझ ६ बजेदेखि

No comments:

Post a Comment