Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, October 19, 2015

जनसम्पर्क समितिको महाधिवेशन २२ नोभेम्बरमा हुने

जनसम्पर्क समितिको महाधिवेशन २२ नोभेम्बरमा 

नमस्ते नेपाल कोरिया सम्बाददाता १९ अक्टोबर, २०१५ ,दक्षिण कोरिया l
नेपाली कांग्रेसको प्रवास भातृ संगठन नेपाली जनसम्पर्क समिति, दक्षिण कोरियामा एक सकृय भातृ संगठनको रुपमा चिनिएको छ । विभिन्न आरोह र अबरोह पार गर्दै करीब एक दशक लामो ईतिहास बनाएको जनसम्पर्क समिति कोरियाले प्रवासी भूमीमा अनेकौं परोपकारी कामका साथै जातिय, क्षेत्रीय संघसंस्थाहरूसंग हातेमालो गर्दै नेपाली कांग्रेसको सिद्धान्तलाई अंगिकार गर्नेहरुलाई संगठित गर्दै आएको छ । अक्टोबर १७ मा समितिका सभापति नवराज शिबाकोटीको सभापतित्वमा समितिको बैठक बसी जनसम्पर्कको क्षेत्रीय र केन्द्रीय अधिबेशनको पूर्ण तयारीको लागि जुटेर आवश्यक तयारी तिव्र पार्ने भएको छ । २२ नोभेम्बरमा केन्द्रीय महाधिवेशन मिति तोक्दै बैठकले सभापति नवराज शिवाकोटीको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरि विधानको संशोधनका लागि डा. अग्निराज कोईरालाको संयोजकत्वमा प्रकाश धमला र लक्ष्मण भन्ताना सदस्य रहने गरि विधान संशोधन समिति बनाएको छ, त्यस्तै गरि प्रकाश धमालाको संयोजकत्वमा अनिराज कोईराला, टंक बानिया,राजन श्रेष्ठ र जितेन्द्र उपाध्याय"जितू" सदस्य रहने गरि निर्वाचन समिति बनाएको छ । भने अधिवेशनलाई अनुशासित पूर्वक सु सपन्न गर्न स्वयंसेवक परिचालनको जिम्मा हरि गौतमलाई दिईएको छ । नेपाली जनसम्पर्क समितिका महामन्त्री प्रकाश वलीका अनुसार पहिलो चरण नोभेम्बर १ तारिखमा जनसम्पर्क क्षेत्र नं. ५ छनान/ फेन्तेक, क्षेत्र नं. ६ देगु ,क्षेत्र नं. ७ बुसान अधिबेशन गर्ने र दोस्रो चरण नोभेम्बर ८ मा क्षेत्र नं. १ सौल, क्षेत्र नं. २ ओईजम्बु, क्षेत्र नं. ३ ईन्छन र क्षेत्र नं. ४ आनसानमा केन्द्रीय प्रतिनिधिहरुलाई क्षेत्रीय समितिहरुसंग समन्वय गरि अधिबेशन सम्पन्न गराउने जिम्मा दिएको छ । अधिबेशन गराउने जिम्मा पाउनु हुने केन्द्रीय प्रतिनिधिहरुमा क्षेत्र नं. १ सौलका लागि आस्थाबिन्दु मल्ल र रामु कार्की, क्षेत्र नं २ ओईजम्बुमा कमल शाही र गोमा सापकोटा, क्षेत्र नं. ३ ईन्छनमा तेजेन्द्र सुवेदी र लक्ष्मण भान्ताना, क्षेत्र नं.४ आनसानका लागि जीतेन्द्र महता र श्रवण शाही, क्षेत्र नं. ५ छनान/ फेन्तेकमा खर्क डांगी र हरी भट्टराई त्यसै गरि क्षेत्र नं. ६ देगुका लागि हरी गौतम र केपी चौलागाईं रहेका छन् भने क्षेत्र नं. ७ मा मोहन पण्डित र आस्थाबिन्दु मल्ल लगायतलाई गत महिनाको नियमित बैठकले नै संगठनले जिम्मा दिईसकेको छ । यसै गरि उक्त बैठकले नेपाली कांग्रेसका यूवा नेता एवं नेविसंघ पूर्व महामन्त्री उमेशजंग रायमाझीको लिभरमा खराबी भइ उपचारका लागि दुई लाख नेरु र प्रविणा गौतमलाई एक लाख चालीस हजार नेरु सहयोग गरेको थियो, जनसम्पर्कले थालेको परोपकारी अभियानमा सहयोग गर्नु हुने सबैलाई धन्यवाद प्रकट गर्दै क्षेत्रीय अधिवेशन र केन्द्रीय महाधिवेशन सभ्य, सव्य बनाउनका लागि आ- आफ्नो क्षेत्रमा उत्साजनक सहभागी भई दिन हुन नेपाली जनसम्पर्क समिति, दक्षिण कोरियाले सम्पूर्ण कांग्रेस सकृय सदस्यहरु लगायत पार्टीमा आस्था राख्नु हुने सबैलाई अनुरोध गरेको छ ।

No comments:

Post a Comment