Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, October 26, 2015

एन आर एन थेगु र इपिएस युथ नेपालले गर्‍यो संयुक्त रुपमा बिधाइ तथा सम्मान कार्यक्रम


आङ दोर्जे शेर्पा

(सम्पादक :थेगु ,कोरिया )
२६ अक्टोबर २०१५

अक्टोबर 25 तारीख आइतबार एन आर एन छेतृय कमिटी थेगु र इपिएस युथ नेपालले थेगुको बालाजी रेस्टुरेन्टको सभा हलमाएक कार्यक्रम गरि थेगु छेत्रबाट एन आर एन केन्द्रीय महिला प्रतिनिधि भावना गुरुङलाइ सम्मान तथा आफ्नो 5 बर्से कार्यकाल सम्पन्न गरि स्वदेश फर्किन लाग्नु भएका एन आर एन थेगुका नि- बर्तमान कार्य समिती सदस्य तथा इपिएस युथ नेपालका सचीव सन्तोष घिमिरेलाइ बिधाइ गरेको छ।
उक्त कार्यक्रममा एन आर एन थेगुको तर्फबाट बोल्दै थेगु छेतृय अध्यक्ष नेत्र दुलालले भावना गुरुङको केन्द्रिय प्रतिनिधित्वले थेगु छेत्रका नेपालीहरुका समस्याहरु एन आर एन केन्द्र सम्म पुर्याउन विशेष सहयोग मिल्ने कुरामा बिस्वस्त रहेको र घिमिरेको स्वदेश गमनले थेगुमा रहेका सामाजिक संघ सस्थालाइ अ- पुर्ण क्षति पुगेको बताउदै खादा ओडाएर सफल कार्यकालको सुभकामना तथा घिमिरेको सुभ यात्राको कामना गर्नु भएको थियो।
उक्त कार्यक्रममा इपिएस युथ नेपालको तर्फबाट संयोजक आङ्दोर्जे शेर्पाले द कोरियामा नेपाली पुरुषहरुको तुलनामा महिलाहरु न्यून रहेको र महिलाहरुका विविध समस्या हरु एन आर एन केन्द्र सम्म पुर्याउन भावना गुरुङको प्रतिनिधित्वले सहयोगमिल्ने बताउदै प्रवासमा रहदा सामाजिक कार्यमा नेपालिहरुले पुर्याउनु पर्ने योगदान बारे संतोष घिमिरे बाट पाठ सिक्नु पर्ने बताउदै घिमिरेले कोरियामा रहदा सामाजिक छेत्रमा पुर्याउनु भएको योगदानको चर्चा गर्दै खादा ओडाएर गुरुङलाइ सम्मान र घिमिरेलाइ बिदाइ गर्नु भएको थियो।
एन आर एन थेगु छेतृय सचीव सोम ढकालको संचाल तथा अध्यक्ष नेत्र दुलालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अन्नपूर्ण सेवा समाजको तर्फबाट अध्यक्ष नगेन्द्र मगर सल्लाहकार अमन शेरचन लगाएत इपिएस युथ नेपाल र एन आर एन थेगुका अन्य सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो।

No comments:

Post a Comment