Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, October 26, 2015

बिदेशी बिरामीहरुलाई उपचारार्थ कोरिया सरकारको आकर्षक योजना

बिदेशी बिरामीहरुलाई यहाँ उपचार गराउनकोलागि कोरिया सरकार ले ल्यायो यस्तो आकर्षक योजना


किशन गौतम ,दक्षिण कोरिया

२६ अक्टोबर २०१५

कोरियामा बिध्यमान महङ्गो उपचार खर्चलाइ निरुत्साहित गर्न सोल सहर सरकारले एउटा छुट्टै र आकर्षक योजना ल्याउने भएको छ l यो योजनाको मुख्य लक्ष्य भनेको बिदेशी बिरामीहरुलाई सर्बसुलब तथा भरपर्दो उपचार सेवा प्रदान गरि यहाँ उपचारको लागि आकर्षित गर्नु हुनेछ l त्यसको लागि सोल सहर सरकारले पचास वटा क्लिनिक बाट उपचारको सम्पूर्ण लागत खर्च तथा उपलब्ध सेवाहरुको सम्पूर्ण विवरण घोषणा गर्ने भएको कुरा सोल सहर सरकारका मेहर "पार्क वोन सून "ले सोमबार जानकारी गराएका छन् l उनले भने, यो योजनाले सन् २०१८ सम्म बार्षिक चारलाख बिदेशी बिरामीहरुलाई यहाँ उपचार गराउन आकर्षित गर्ने छ l
सहर सरकार ले यो योजनालाई पूर्ण रुपले भरपर्दो र प्रभावकारी बनाउनको लागि तोकिएका क्लिनि हरुबाट उपलब्ध हुने उपचार सुबिधा,लागत खर्च आदि कुरा हरु स्पस्ट हुनेगरी यहि बर्ष को डिसेम्बर भित्रमा एउटा बिशेष खालको वेवसाइड निर्माण गर्न लागेको कुरा पनि 'सून'ले जानकारी गराएका छन् l यो वेव साइड अंग्रेजी , चाइनिज ,जापानिज र रसियन गरि चार भाषामा हुने छ l
बिदेशी बिरामी हरुले यहाँ उपचार गराउदा भाषा को समस्या झेल्नु परेको भन्ने मुख्य गुनासोको बिषयलाई मध्य नजरगर्दै सोल सहर सरकारले तोकिएको क्लिनिकमा विभिन्न देशका भाषा अनुवादकहरुको पनि व्यवस्था गर्न लागिएको जानकारी गराएको छ l त्यसको लागि जपनिज ,चाइनिज , मंगोलियन आदि देशहरुका करिब ९२ जना बिसेष भाषा अनुवादकहरु नियुक्त गरिसकेको छ भने २०१८ सम्म अन्य देशका समेत गरि दुइसय पचास जना भाषा अनुवादक हरु बिसेष सेवामा नियुक्त गर्ने समेत बताइएको छ l
विभिन्न अस्पताल तथा क्लिनि हरुबाट उपलब्ध हुने सेवा तथा लागत खर्चको सम्पूर्ण विवरण अग्रिम रुपममा वेबसाइडमा राखी अस्पतालमा भाषा अनुवादक समेतको ब्याबस्था मिलाउन लागिएकोले यसबाट बिदेशी बिरामीहरु कोरियामा उपचार गराउनको लागि आकर्षित हुने अनुमान गरिएको छ l

No comments:

Post a Comment