Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, June 20, 2015

एमटियु कोरियाले राहत बितरण सम्पन्न गर्‍यो (फोटो फिचर सहित )

  रोशन राई,सउल 

20 June 2015 

प्रवासी मजदुर संगठन (एमटियु) कोरियाले गत बैशाख १२ गते गएको महाभूकम्प मा परी  पीडित भएका  भूकम्प पिडीतहरुलाई पहिलो च:रण को  राहत बितरण सम्पन्न गरेको छ । 

             

                   "जमिन फाटेपनी मानवता रहिरहन्छ " भन्ने मूल नारा सहित भूकम्प पीडित जिल्लाहरु दोलखा ,रामेछाप्, नुवाकोट्, रसुवा, काभ्रे, सोलुखुम्बू, ल:लितपुर , र काठमाण्डौं गरी आठ जिल्लाका जम्मा ९५६ घर धुरी भूकम्प पीडितहरुलाई प्रवासी मजदुर संगठन (एमटियु) कोरिया र कोरियन मजदुर महासंघ (केसिटियु) ले संयुक्त रुपमा राहत बितरण गरेको हो । 

                  राहतको लागी उठेको नेपाली उन्नाईस लाख चार हजार नौ सय बयालीस रुपैयाँ रकमले बिभिन्न खाध सामग्रीहरु चामल्, नुन ,तेल्, साथै औषधि, कपडा, झुल्, पाल , प्लास्टिक जस्ता अति आवश्यकीय कुराहरु बितरण गरिएको थियो । 

              एमटियु कोरिया ले नेपाल मा रहेको  नेपाली प्रवासी श्रमिक एक्यबद्धता केन्द्रको माध्यम बाट बितरण गरेको राहत सामग्री एक बिधालय र एक बाल गृह लाई समेत उपलब्ध गराएको थियो ।  

       त्यस्तै पछिल्लो अन्तिम पटक  राहत बितरण गरिएको  नुवाकोटको थाङ्सिन गाबिस स्थित पर्ने एक गाउँको दलित समुदाय र प्रभावित क्षेत्रका बालबालिकाहरुलाई मध्य नजर गरी शैक्षिक सामग्री समेत राहत स्वरूप बितरण गरिने प्रवासी मजदुर संगठन अध्यक्ष उदय राईले जानकारी गराए ।







No comments:

Post a Comment