Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, June 21, 2015

मर्स नेपाल भित्रन सक्ने खतरा

दीपा दाहाल, काठमाडौं-
कोरिया हुँदै थाइल्यान्डमा समेत भित्रिएको मिडिल इस्ट रेस्पिरेटोरी (मर्स) को भाइरस कुनै पनि बेला नेपाल भित्रन जोखिम बढेको छ।

 विज्ञहरूले नियन्त्रणका लागि पूर्वतयारी नभएकाले कुनै पनि बेला मर्सको संक्रमण नेपालमा फैलिन सक्ने चेतावनी दिएका छन्।   श्वासप्रश्वासबाट सजिलै एकअर्कामा सर्ने मर्सबाट कोरियामा मात्र २४ जनाको ज्यान गइसकेको छ भने करिब दुई सयजना संक्रमित भएका छन्। केही महिनाअघि एउटा व्यक्तिलाई देखिएको उक्त संक्रमण घर तथा अस्पतालमा सतर्कता अपनाउन नसक्दा मिडिल इस्टमा मात्रै १५ सय बिरामी परेका थिए।   थाइल्यान्डमा पनि एकजनामा यो रोग देखिएको छ। सरुवा रोग विशेषज्ञ डा. वासुदेव पाण्डेले नेपाल र कोरियाबीच प्रत्यक्ष सम्बन्ध भएकाले यहाँ संक्रमण फैलिने जोखिम बढेको हो। सातामा दुईपटक नेपालबाट कोरियाका लागि उडान भर्ने गरिन्छ भने कामका लागि कोरिया पुगेका सयौं नेपाली कोरियन पर्यटकसमेत नेपाल ओहोरदोहोर गरिरहेका छन्। उनीहरूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समयमै प्रारम्भिक स्वास्थ्य जाँच ‘स्क्रिनिङ’ नभएमा उक्त संक्रमण भित्रने स भावना बलियो छ।   ‘सातामा सयौं मानिस नेपाल र कोरिया ओहोरदोहोर गर्छन्, जहाँ नेपाली र विदेशी दुवै हुन्छन्। उनीहरू कस्तो अवस्थामा नेपाल फर्किरहेका छन् भन्ने हामीले एकिन गर्नुपर्छ’, डा. पाण्डेले शनिबार अन्नपूर्णसँग भने, ‘सीमा नाकामा समेत स्क्रिनिङको राम्रो व्यवस्था हुन जरुरी छ।’ पाण्डेका अनुसार मर्सको संक्रमण नेपालमै परीक्षण हुने भए पनि धेरैलाई यसबारे जानकारी नहुँदा झन् जोखिम बढेको हो। ‘कोरियाबाट मानिस आएर हामीलाई थाहै नदिई घरमा जान सक्छन्।   बालबालिकालाई सार्न सक्छन्। उनीहरूले विद्यालयमा गएर सार्न सक्छन्’, डा. पाण्डेले भने, मर्सबाट जोखिन नेपालले भारतका सीमा नाकामा स्क्रिनिङको व्यवस्था हुनुपर्छ।’ इबोला संक्रमण फैलिने डरमा केही महिनाअगाडि विमानस्थलमा र सीमा नाकामा सञ्चालान भएका हेल्थ डेस्क अहिले निष्क्रिय छन्। विश्व स्वास्थ्य संगठनले सबै देशलाई उच्च सतर्कता अपनाउन आह्वानसमेत गरिसकेको छ |   मर्सका भाइरस फैलिनका लागि अहिलेको मौसम अनुकूल भएकाले सतर्क हुन आवश्यक रहेको चिकित्सक बताउँछन्। स्वास्थ्य सेवा विभाग, महामारी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बाबुराम मरासिनीले नेपालमा पनि मर्सको जोखिम बढेकाले त्यससम्बन्धी सतर्कता अपनाउन थालिएको बताए। ‘जोखिम भएकाले हामीले कसरी भित्रन नदिने भन्नेमा छलफल अगाडि बढाएका छौं। विमानस्थलस्थित हेल्थ डेस्कले मर्स पनि परीक्षण गर्ने भएको छ’, डा.मरासिनीले भने, ‘हामीले हरेक अस्पताललाई सतर्क रहन निर्देशन पनि दिएका छौं।

No comments:

Post a Comment