सीता खावाजु,२८ जुन २०१५
भक्तपुर समाज दक्षिण कोरियाले भुकम्प संकटग्रस्त भक्तपुर जिल्लाका २५०० बिद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गर्ने भएका छन l आउदो हप्ता देखि भक्तपुर जिल्लाका ६ नगरपालिकाका विभिन्न क्षेत्रका विद्यालयहरुका बालबालिकाहरुलाइ कापी ,सिसा कलम लगायत अन्य सामग्री दिने यस वितरण कार्यक्रमका संयोजक तथा भक्तपुर समाज दक्षिण कोरियाका सल्लाहकार रमेश खावाजुले बताए l भक्तपुर समाज कोरियाका पुर्व अध्यक्ष खावाजुले वितरण कार्यलाइ सरल र सहज बनाउन भक्तपुर जिल्लामा मुख्य कमिटि तथा क्षेत्रीय कमिटिहरुको पनि निर्माण गरि सकेको बताए l
भक्तपुर समाज कोरियाले हालै नेपालमा आएको महाभुकम्पका पिडितहरुलाइ सहयोग गर्न ८३ थान पाल संकलन गरि एन आर एन कोरियालाइ हस्तान्तरण गरेका थिए l त्यसै गरि भुकम्प संकटग्रस्त आफ्नो जन्मथलो भक्तपुर जिल्लामा सहयोग गर्नको लागि करिब १ महिना अघि देखि दक्षिण कोरियामा भक्तपुर समाजका अध्यक्ष रमेश गिरि [ रिवाज ] संयोजकत्वमा संकलन गरेको रकन रु १ लाख ५० हजार भक्तपुरका बिद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गर्ने नेपालमा पठाई सकेका छन l अध्यक्ष रमेश गिरीले भुकम्प संकटग्रस्त भक्तपुर जिल्लामा गर्न लागेको शैक्षिक सामग्री वितरण कार्यक्रम सफल बनाउन सहयोग गरिदिनु हुन् सम्पूर्ण साथीहरुमा अनुरोध गर्नु भएको छ l
नेपालबाट विभिन्न कार्यको शिलशिलामा दक्षिण कोरिया प्रवेश गरेका भक्तपुर जिल्लाका साथीहरुलाइ एक सुत्रमा बाँधी भैपरी आउने समस्याहरुलाइ निराकरण गर्ने , आफ्नो जिल्लामा पर्यटकहरुको बृदि गराउन ऐतिहासिक ,धार्मिक स्थलहरुको प्रचार प्रसार ,तथा शिक्षा ,स्वास्थ्यमा केहि सहयोग गर्ने उदेश्यले २०१३ मा भक्तपुर समाज ,दक्षिण कोरियाको स्थापना गरिएको हो l भक्तपुर् समाजले कोरियामा दशैं ,बिस्केटजात्रा जस्ता सास्कृतिक कार्यक्रम गरि सकेका छन l त्यसै गरि भक्तपुरमा आर्थिक अभाबले उपचार गर्न कठिनाइ भोगिरहेका तिम्ल्याहा शिशुहरुको उपचारको लागि कोरियाबाट रु १ लाख ३८ हजार संकलन गरेर सहयोग गरेका थिए l l
भक्तपुर समाज दक्षिण कोरियाले भुकम्प संकटग्रस्त भक्तपुर जिल्लाका २५०० बिद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गर्ने भएका छन l आउदो हप्ता देखि भक्तपुर जिल्लाका ६ नगरपालिकाका विभिन्न क्षेत्रका विद्यालयहरुका बालबालिकाहरुलाइ कापी ,सिसा कलम लगायत अन्य सामग्री दिने यस वितरण कार्यक्रमका संयोजक तथा भक्तपुर समाज दक्षिण कोरियाका सल्लाहकार रमेश खावाजुले बताए l भक्तपुर समाज कोरियाका पुर्व अध्यक्ष खावाजुले वितरण कार्यलाइ सरल र सहज बनाउन भक्तपुर जिल्लामा मुख्य कमिटि तथा क्षेत्रीय कमिटिहरुको पनि निर्माण गरि सकेको बताए lभक्तपुर समाज कोरियाले हालै नेपालमा आएको महाभुकम्पका पिडितहरुलाइ सहयोग गर्न ८३ थान पाल संकलन गरि एन आर एन कोरियालाइ हस्तान्तरण गरेका थिए l त्यसै गरि भुकम्प संकटग्रस्त आफ्नो जन्मथलो भक्तपुर जिल्लामा सहयोग गर्नको लागि करिब १ महिना अघि देखि दक्षिण कोरियामा भक्तपुर समाजका अध्यक्ष रमेश गिरि [ रिवाज ] संयोजकत्वमा संकलन गरेको रकन रु १ लाख ५० हजार भक्तपुरका बिद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गर्ने नेपालमा पठाई सकेका छन l अध्यक्ष रमेश गिरीले भुकम्प संकटग्रस्त भक्तपुर जिल्लामा गर्न लागेको शैक्षिक सामग्री वितरण कार्यक्रम सफल बनाउन सहयोग गरिदिनु हुन् सम्पूर्ण साथीहरुमा अनुरोध गर्नु भएको छ l
नेपालबाट विभिन्न कार्यको शिलशिलामा दक्षिण कोरिया प्रवेश गरेका भक्तपुर जिल्लाका साथीहरुलाइ एक सुत्रमा बाँधी भैपरी आउने समस्याहरुलाइ निराकरण गर्ने , आफ्नो जिल्लामा पर्यटकहरुको बृदि गराउन ऐतिहासिक ,धार्मिक स्थलहरुको प्रचार प्रसार ,तथा शिक्षा ,स्वास्थ्यमा केहि सहयोग गर्ने उदेश्यले २०१३ मा भक्तपुर समाज ,दक्षिण कोरियाको स्थापना गरिएको हो l भक्तपुर् समाजले कोरियामा दशैं ,बिस्केटजात्रा जस्ता सास्कृतिक कार्यक्रम गरि सकेका छन l त्यसै गरि भक्तपुरमा आर्थिक अभाबले उपचार गर्न कठिनाइ भोगिरहेका तिम्ल्याहा शिशुहरुको उपचारको लागि कोरियाबाट रु १ लाख ३८ हजार संकलन गरेर सहयोग गरेका थिए l l
No comments:
Post a Comment