मिश्र हेमन्त -सउल ,द.कोरिया
वैदेशिक रोजगारका लागि प्रमुख गन्तव्य मानिएको द.कोरियामा आज भोलि काम गर्ने नेपालिहरुले आत्म हत्या गर्नेको समाचार धेरै बाक्लिदैछ । तर अनुपात उहिछ ,संख्या मात्र बढेहो अर्थात "पहिले द.कोरियाम कामगर्न आउने अथवा कामगर्ने नेपालीहरु को सङ्ख्या कम थियो र तेसरी अकालमा अफ्नो देह त्यागर्ने को सङ्ख्या पनि कम थियो ।तर अहिले नेपाली जनशक्तिको सङ्ख्या कोरियामा धेरैनैछ र पहिलेकै अनुपातमा नेपालीहरुको आत्महत्या गरेपनि तेसरी मृत्यु हुनेको सङ्ख्या अबस्यपनी बढछ "।
आत्महत्यागर्न जो कोहिले गर्न सक्तैन र गर्दैन पनि, मृत्यु को शब्दले मात्र पनि हामिलाइ भयावह बनाउछ ।हामी प्रतयेक पाइला पाइलामा मृत्यु सग डराइरहेका हुन्छौ , भागिरहेका हुन्छौं , मृत्यु.. समस्याको समाधान गर्ने सजिलो पाटो पनि होइनहोला । यदि जो कोहि ब्यक्ती आफुले आफैलाइ मार्ने निर्णय सम्म पुग्दछभने, उस्को दिमागले सन्तुलन गुमाइसकेको हुन्छ अझ प्रस्ट भन्नुपर्दा उ पागल भैसकेको हुन्छ,उ मानसिक बिरामी भएको हुन्छ होला र यसरी एउटा मानसिक बिरामी ब्यक्ति ले आत्माहत्या गर्दछ भने उसलाई कायर भन्न मिल्छ ???? येदि जो कोहि मानिसिक बिरामी हुन्छ भने उ कसरी कायर भो? बिरामी ब्यक्तीलाई कायर भन्ने अधिकार तपाईं हामिलाइ कस्ले दियो ? अजा भोलि यस्ता समाचारहरुमा सुरुमै उस्लाइ कायर भनेर सम्बोधन गरेको हुन्छ । यो सोचिदैनकि उ कसरी कायर भो , उस्लाइ कस्ले कायर बनायो ,किन कायर बन्न पुग्यो? ।
द.कोरियामा अहिले न्युनतम पनि यहाँ कामगर्ने नेपाली हरुले मासिक एक लाख भन्दा धेरै कमाउछन र त्यो कसरी कमाइ हुन्छ भनेर अहिले यहाँ भनिरहन आबस्यक्ता नहोला, कोरियाको काम कस्तो हुन्छ भनेर बयान नगर्ने सायद कोहि नहोला ,एस्को पिडा आफ्नै ठाउम छ ।सबैले त्यो एकलाख देखछन उ भित्रको पीडा देख्दैन।त्यो रुपैयाँले उस्को आबस्यकता पुरा होला तर आत्मसन्तुष्टि पूरा हुदैन।त्यसैमा पारिवारिक तनाब ..., यदि कसैले बिबाह गरेर कोरिया अएकाछ्न भनेत उस्लाइ जति तनाब कस्लाइ होलार ? परिवारले साथ दिनु पर्नेमा उल्टै पीडादिने काम हुन्छ ।थोरैमा नहोला तर धेरैमा यो सम्स्या छ ।एस्को अनुभवी नभएपनि प्रत्यक्षदर्शी अबस्यपनि छु ।धेरै सथिहरुले यो पीडा सुनाउनु पनि भएकोछ। एस्ता एस्ता अनेक कारण छन जस्ले मानसिक सन्तुलन बिगार्न भुमिका खेलेको हुन्छ । एउटा छोरो मानिस लाई जिम्मेवारी एति धेरै हुन्छ कि त्यो सबैलेखेर अहिले साध्य हुदैन । घर ,परिवार, समाज ,देश,सबैको जिम्मेवारी पालाना गर्दागर्दै पनि कुनै बेला उस्को मस्तिष्कले गलत बाटो रोज्दछ भने उ कायर कसरी भयो?।
आज को युग प्रतिस्पर्धा को युग हो ,जस्लाइ पनि जित्नुपर्ने हुन्छ ।यदि कोहि हारेर थोरैमात्रामा पछि पर्यो भने तेस्लाइ समाजलेनै समतेर अन्तिममा पछार्दिन्छन जबकी उ कहिले उठ्न नस्कोस । यहाँ हजारौं मानिस एस्तो कोलाहाल जिन्दगी जिउन बाध्य छन, र अन्तिम समाधान मृत्यु लाई रोज्दछन , तर सबै रोज्ने हरु सफल पनि हुदैन ,एसको लागि पनि आट चाहिन्छ जो सबै असफल ब्यकतिमा हुदैन जो सग हुन्छ उसले संसार त्याग्दिन्छ र कायर बनिदिन्छ तेहि समाजको लागि। बनिदिन्छ समाचार , छापिन्छ फोटो हरेकको फेसबुक को बाल मा कायर बनेर ।थोरैले सम्बेदना जनाउछन धेरैले गाली गर्छन कायर भनेर ।।। कायर बन्नु उस्को मात्र दोश अबस्यपनी होइन ,तपाईं हाम्रो पनिछ ।
मैले सबै भन्नुको अर्थ यो होइनकी म आत्महत्यालाई प्रोत्साहन गरुँ । आत्महत्या गर्नु धेरैनै नराम्रो कदम हो र पाप पनि हो, घर परिवरप्रती घात गर्नु हो। तर यसको दोश जति सबै तेहि मानसिक बिमारिलाइ दियेर उस्लाइ कायर नभनौ।एस्को नियन्त्रण को उपाय तिर लागौ ।एउटा मानसिक बिरामीलाई साथको खाचो हुन्छ , सल्लाह सुझावको खाचो हुन्छ , यदि तेस्तो सङ्कास्पद सथीहरु हुनुहुन्छ भने उनीहरुसग एकछिन भएपनी रमाइदिनुहोस , थोरै गफ गर्नुहोस सल्लाह सुझाब दिनुहोस,एकान्तमा बस्न नदिनुहोस, यती गर्नाले पनि उस्को मस्तिष्क मा थोरैभए पनि सकारात्मक सोचको बिकास हुने थियोकी? .......।।।।।।
No comments:
Post a Comment