Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, May 28, 2015

कोरियाबाट नेपाल फर्किएकालाई ५ प्रतिशत ब्याजमै २० लाखसम्म ऋण दिइने

१४ जेठ, काठमाडौ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया गएर फर्केका नेपाली कामदारले ५ प्रतिशत ब्याजदरमै बैंकबाट ऋण पाउने भएका छन् ।

‘कोरियाबाट फर्केका कामदारलाई उद्यमशीलता तालिम तथा सहुलियत ऋण प्रदान गर्नेसम्बन्धी कार्यविधि २०७२ को प्रारम्भिक मस्यौदामा उद्यम ब्यवसाय गर्न चाहने नेपाली कामदारले निःशुल्क उद्यम तालिमका साथै पाँच प्रतिशत ब्याजदरमै २० लाख रुपैयाँसम्म कर्जा पाउने ब्यवस्था गरिएको हो । पाँच प्रतिशतभन्दा बढी ब्याजमा भने कामदारले सरकारबाटै अनुदान पाउने कारोबार दैनिकमा उल्लेख समाचारमा जनाइएको छ  ।

दक्षिण कोरियामा कार्यरत नेपाली कामदारलाई करारअवधि सकिनेवित्तिकै फर्किन उत्प्रेरित गर्ने उद्देश्यले ब्यवसाय गर्न ऋण दिने ब्यवस्था अगाडि सारिएको हो ।

दक्षिण कोरियामा एक लाख लागतमा जाने नेपाली कामदारले मासिक करिब डेढ लाख रुपैयाँ पारिश्रमिक पाउँछन् । त्यही कारण नै नेपाली कामदार आकषिर्त भई न्यून कोटामा पनि हजारौंले आवेदन दिन्छन् । कोरियाले प्रत्येक वर्षको कामदार कोटा छोट्याउँदा कामदारको अवैधता तथा कामदार पठाउने प्रक्रियामा पारदर्शिता हेर्ने गर्छ ।

कार्यविधि लागू भएपछि बैंकले कामदारबाट ब्याज अनुदानबाहेक ५ प्रतिशतभन्दा ब्याज नलिने गरी कर्जा लगानी गर्नुपर्नेछ । कर्जामा लिइने ब्याजमा अन्य निकायलाई दिनुपर्ने बिमा शुल्क, कर्जा सूचनासम्बन्धी शुल्कजस्ता शुल्कबाहेक सेवा शुल्क लिन पाइने छैन ।

बैंकलाई ब्याजमा अनुदान प्राप्त हुने गरी प्रवाह गर्ने कर्जाको शुरुमा २० करोड रुपैयाँ सीमा हुनेछ । ब्याजमा अनुदान दिइने कर्जाको भुक्तानी अवधि ५ वर्षको हुने मस्यौदामा उल्लेख छ ।

No comments:

Post a Comment