Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, May 28, 2015

कोरियामा अवैधानिक कामदारलाई फर्किने अवसर,पक्राउ परे १० वर्ष आउन नपाउने

लिलु डुम्रे,दक्षिण कोरिया  ।
कोरियामा अबैधानिक रुपमा बसोबास गरिरहेका बिदेशी कामदारहरुलाई स्वेच्छिक रुपमा स्वदेश फर्कन यहाँको सरकारले अवसरको घोषणा गरेको छ । कोरियाली अध्यागनम विभागले मंगलबार जारी गरेको सूचना अनुसार भिसा अवधि समाप्त भएर पनि कोरियामै रहेका अबैधानिक बिदेशी नागरिकहरुलाई स्वदेश फर्कन आग्रह गरिएको हो ।
जारी सूचना अनुसार स्वेच्छिक रुपमा स्वदेश फर्कने विदेशीले जरिवाना तिर्नु नपर्ने, जेलमा बस्नु नपर्ने र कोरियाबाट फर्केको २ बर्षमै पुन कोरिया प्रवेश गर्नसक्ने उल्लेख छ । पक्राउ परेर स्वदेश फिर्ता हुने बिदेशी नागरिकले १० बर्षसम्म कोरिया प्रवेशमा रोक लगाइने जनाइएको छ । स्वदेश फर्कन चाहने बिदेशी नागरिकलाई झन्झट नदिई फर्काइने सुचनामा जनाइएको छ ।
 यसका लागि अध्याबाधिक राहदानी वा ट्राभल डकुमेन्ट लिएर कोरियाको जुनसुकै क्षेत्रमा रहेको अध्यागमन विभागमा सम्पर्क गर्न सकिने जनाइएको छ । त्यस्तै नक्कली राहदानी र प्रचलित नियम बिपरित प्रक्रियाबाट कोरिया प्रवेश गरेका बिदेशी नागरिकको हकमा थप ३ दिन अनुसन्धान गर्न समय लाग्ने जनाइएको छ । जारी सूचना अनुसार स्वेच्छिक फर्कनेहरु पुनः दुइ बर्षमा कोरिया प्रवेश गर्न इच्छुक भए भिषा प्रक्रियामा प्राथमिकता दिईने जनाइएको छ ।
कहिलेसम्म लागु हुने मिति उल्लेख नगरिएको सूचनामा ईन्च्छन,किम्हे,र गिम्पो विमानस्थलहरुमा रहेको अध्यागमन बिभागहरुबाट बिस्तृत जानकारी लिन सकिने जनाइएको छ । सुरक्षा निकायले पक्रिएपछि फिर्ता भएको अवस्थामा अवैधानिक बसेको बर्ष अवधि अनुसार दण्ड जरिवाना गरिने व्यवस्था छ । दुतावासका उपनियोग प्रमुख राजाराम बर्तौलाले कोरिया प्रवेश पुनः निश्चित भएको अवस्थालाइ ख्याल गर्दै स्वदेश फिर्ता हुन अवेधनिक नेपालीहरुलाई आग्रह गरे ।
 बर्तौलाले जारी सूचनाले अवसरको सदुपयोग साथै नेपाली कामदारको कोटा बढ्न सक्ने आशा राखे । कोरियामा नेपालीहरु अबैधानिक हुनुको मुख्य कारण उमेरको हदबन्दि रहेको छ । ४० बर्ष पछि पुनः कामको लागि प्रवेश रोकिएको छ । कोरियामा करिब २ लाख अबैधानिक बिदेशी कामदार रहेका छन् । यी मध्ये सबैभन्दा कम संख्यामा नेपाली नेपाली रहेको कोरियाली अद्यागमन बिभागको तथ्यांकमा रहेको छ । तथ्यांक अनुसार करिब १ हजार नेपाली अबैधानिक रहेका छन् ।

No comments:

Post a Comment