Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, May 28, 2015

दक्षिण कोरियाको पिआरमा नयाँ प्रणाली

लिलु डुम्रे 

दक्षिण कोरिया :

 दक्षिण कोरियाले स्थायी बसोबास (पिआर) अनुमतिका लागि नयाँ प्रणाली लागु गर्ने भएको छ।
 
जुन एक देखि लागु हुने परिवर्तित  प्रणालीमा अतिरिक्त  क्षमता भएकाहरुको लागि स्थायी बसोबासको अनुमति प्राप्त गर्न थप सहज हुनेछ । परिवर्तित व्यवस्थाका अनुसार विज्ञान,व्यापार ,शिक्षा ,सस्कृति ,कला र खेलमा उल्लेखनीय कार्य गरेकोलाई प्राथमिकता दिइएको छ।
 
एक वर्ष कोरियामा बसाई सकेको र सरकारले निर्धारण गरेको ८० अंक प्राप्त गरेको अवस्थामा पी आर प्राप्त गर्न सकिने छ । अंक प्राप्त गर्नको लागि विभिन्न क्राइटेरिया तोकिएको छ । पछिल्लो नियमले उच्च क्षमता हुनेहरु लाभान्वित हुन सक्नेछन। बिज्ञान प्रविधि , व्यापार , शिक्षा ,सस्कृति ,कला र खेलमा अतिरिक्त क्षमता हुनेहरुले १५ अंक प्राप्त गर्न सक्नेछन्। पाँच वर्ष भन्दा बढी पुरा समय लिएर अध्यापन गर्ने प्राध्यापकले ३० अंक प्राप्त गर्न सक्नेछन् । 
 
स्थायी बसोबासका लागि प्रदान गरिएको  भिषालाइ एफ ५ भनिएको हुन्छ  । परिवर्तित नियमले आर्थिक क्षेत्रको साथै आन्तरिक क्षमतालाइ ध्यान दिएको छ । निर्धारण गरिएका क्राइटएरियामा व्यक्तिले फरक फरक शिर्षकबाट लक्षित अंक पुर्याउनु पर्नेहुन्छ।
 
नयाँ प्राबधानमा बार्षिक आम्दानी २७ सय डलर हुनुपर्नेछ । कोरियामा अध्यायनरत बिधार्थीहरुले अतिरिक्त १० अंक प्राप्त गर्न सक्नेछन । श्रीमान,श्रीमती बिबाह  पश्चात कोरिया रहेको छ महिना पुगेको अवस्थामा  थप पाँच अंक उपलब्ध हुनेछ । स्वदेशमा उच्च तहको सरकारी कर्मचारी रहेको कागजात पेश गर्न सकेको अवस्थामा थप पाँच अंकको व्यवस्था गरिएको छ ।
 
परिवर्तित नयाँ नियममा तोकिएका मापदण्ड पुरा गरि स्थायी बसोबासको अनुमति प्राप्त गर्नसक्ने नेपाली संख्या अति न्यून हुनेछ । आर्थिकसंगै अन्य मापदण्ड पुरा गर्न अधिकांश नेपालीहरुलाइ असम्भव प्राय छ । ग्वान्ग्जु युनिभर्सिटीका प्राध्यापक ठाकुर सुबेदीले भने अंक प्रणालीले केहि सहज भएपनि भाषासंगै तोकिएका अन्य क्षेत्रको मापदण्डका कारण स्थायी बसोबास  अनुमति प्राप्त गर्न अधिकांश नेपालीलाइ असम्भव छ।
 
परिवर्तित नियममा इपिएस प्रणालीबाट कामका लागि आउने नेपालीले स्थायी बसोबासको अनुमति प्राप्त गर्नसक्ने अवस्था देखिदैन। ब्यापारिक कार्यमा रहेका नेपालीहरुमा पनि तोकिएको  ८० अंक प्राप्त गर्न कठिन छ . अन्तर्रा्ष्ट्रिय पुरस्कारबाट सम्मानित , अन्तराष्ट्रिय स्तरको सामाजिक सेवामा उल्लेखनीय कार्य गर्नेहरुलाइ प्राथमिकता दिईएको छ।
 
नेपाली प्राध्यापकहरु  र केहि बिद्यार्थीहरुले मापदण्ड पुरा गरि एफ ५ भिषा प्राप्त गर्नसक्ने अवस्था नया नियमले बनाइदिएको छ । इन्जे युनिभर्सिटीका बिद्याबारिधि सोधरत लोकनाथ खरेल भन्छन अतिरिक्त क्षमता हुनेहरुलाइ  कोरियाको बसाईसंगै अवसर दिनेगरि नयाँ नियम ल्याइएको छ ।
- अन्नपुर्ण पोस्ट (२०७२ जेष्ठ १२ मंगलबार )

No comments:

Post a Comment