Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, April 27, 2015

महा भूकम्प पिडितका लागी राहत संकलनार्थ जनसम्पर्क समिति दक्षिण कोरियाको अपिल

नमस्ते नेपाल कोरिया सम्बादाता
२७ , अप्रिल २०१५ l

नेपालको महा भूकम्प पिडित प्रति राहत संकलन सहयोग स्वरूप जनसम्पर्क समिति,दक्षिण कोरियाले एक बिज्ञप्ति जारी गर्दै सम्पूर्ण नेपालीहरुमा सहयोगको लागी आह्वान गरेको छ l


नेपालको
महा भूकम्प पिडितका लागी राहत सहयोग संकलनार्थ जनसम्पर्क समिति,दक्षिण कोरिया को अपिल


हाम्रो देश नेपालमा शनिबार मध्याहृन आएको विनाशकारी भूकम्पले भएको मानवीय क्षति एवं अर्बौंको भौतिक सम्पतिको नोक्सानप्रति नेपाली जनसम्पर्क समिति,दक्षिण कोरिया गहिरो दुःख प्रकट गर्दछ। हजारौको निधन, अर्बौंको धनमाल नष्ट भइ हजारौं परिवार विस्थापित भएकोमा सम्पूर्ण पीडित परिवारजनप्रति नेपाली जनसम्पर्क समिति हार्दिक सहानुभूति प्रकट गर्दछ। यस दुःखद घटनाबाट दिवंगत भएका व्यक्तिका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना एवं घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ। यसका साथै भविष्यमा यस्ता प्रकारका विपदको जोखिमको रोकथाम तथा नियन्त्रणको लागि सरकारी स्तरबाट आवश्यक नीति, नियम तय गरी कार्यन्वयन गर्न गराउन पनि हामी नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउंदछौ । राष्ट्रिय संकटको यस दुःखद घडीमा पीडित परिवारजनको व्यवस्थापन तथा अन्य आवश्यक सहयोगमा बिश्व भरी छरिएर बस्ने नेपालीहरु एकतामा गांसिएर राहत सामग्री एवं आर्थिक सहयोग जुटाउन हुन अनुरोध गर्न चाहन्छौं । एक नेपालीलाई आकस्मिक विपद पर्दा अर्को नेपालीले सहयोग गर्नु हामी सबैको कर्तव्य र मानवीय धर्म हो भन्ने भावनाका साथ नेपाली जनसम्पर्क समितिले राहत संकलन अभियान सुरु गरेको कुरा पनि जानकारी गराउदछौ । कोरियामा बस्नुहुने सम्पूर्ण नेपाली समुदाय सहयोगमा जुट्न हार्दिक अपिल गर्दै जनसम्पर्क समितिका सातवटै क्षेत्रका सभापति लगायत सम्पूर्ण सदस्यहरुलाई सशक्तरुपमा लाग्न आव्हान गर्दछौं । जय नेपाल !!! सहयोग रकम तपाईं सम्पुर्ण ब्याक्ती हरुले यो बैंक को खाता मा जम्मा गर्न सक्नु हुनेछ ! Shinhan bank 신한은행 ,code no. 088 ac holder name - kunwar giri bahadur Ac/no.110-442-269707 नबराज शिवाकोटी सभापति नेपाली जनसम्पर्क समिती कोरिया

No comments:

Post a Comment