Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, April 14, 2015

एन सी सी कोरियाको १५ औं अधिबेशनको लागि आउदो २६ तारिक बृहत अन्तरक्रिया हुने

नेपाली सम्पर्क समिति (NCC) दक्षिण कोरियाको १५औं अधिबेसनका लागि आउदो २६ तारिकमा बृहत अन्तरक्रिया गरिने साथै अग्निपीडितको लागि राहत संकलन रकम पनि हस्तान्तरण

नमस्ते नेपाल कोरिया सम्बाददाता
१५,अप्रिल २०१५



नेपाली सम्पर्क समिति दक्षिण कोरियाले जुन १४ मा हुने १५ औं अधिवेशनका लागि कोरियामा रहेका बिभिन्न संघ सस्थाले खेल्नु पर्ने भूमिका, एन सी सी लाई साझा सस्थाको रुपमा कसरी मजबुद बनाउने र अन्य समसामयिक विषयमा आउदो अप्रिल २६ मा बृहत अन्तरक्रिया गरिने भएको छ|


१९९३ देखि २०१५ सम्म आउदा अहिले १५औं अधिबेशन हुदै गरेको अबस्थामा यसलाई कसरी अझै सक्रिय र सबै नेपाली संग सस्थाको साझा सस्थाको रुपमा लिने भन्ने बिषय जटिल बन्दै गएको बेला यो बिचमा सबै सस्थाको राय, सल्लाह -सुझाबको खाचो अपरिहार्य रहेको छ l
स्थापना काल देखि आजसम्म आइपुग्दा जे-जस्तो तरिकाले संघ सस्था र एन सी सी को सम्बन्ध रहेको छ, त्यसलाई अझै ठुलो एकताको आबस्यकता छ l
आगामी दिनमा कोरियामा रहेका संघ सस्थाहरु सग समन्वय गरी साझा रुपमा अगाडी बढ्न साथै सम्बन्धित सबै बिसयमा छलफल गरिने भएकोले आउदो अप्रिल २६ गते नेपाल हाउसमा गरिने  बृहत अन्तरक्रिया भेलामा कोरियामा रहेका समाजसेबी,बुद्दिजिबी,विद्यार्थी,मजदुर,पत्रकार, सम्पूर्ण संघ सस्थाका प्रमुख /प्रतिनिधि हरु अनिबार्य उपस्थितिको लागि नेपाली सम्पर्क समितिले हार्दिक अनुरोध गरेको छ |
भर्खरै नेपालको बिभिन्न ठाउमा भएको अग्निपीडितको लागि राहत संकलन तिब्र गतिले अगाडी बढेको ले सबै संग सस्था र सम्पूर्ण नेपाली 
दाजुभाइ तथा दिदीबहिनी बहिनीहरु लाइ राहत संकलन गरि सहयोग गरिदिनु हुन अनुरोधका साथै यो राहत संकलन लाइ सयुक्त रुपमा एन सी सी को सयोजक मा पठाउने भएको ले सबैले एन सी सी मार्फत पठाऊन यो सूचनामार्फत जानकारी गराएको छ l सोहि २६ तारिक अन्तरक्रिया को दिन सम्पूर्ण रकम हस्तान्तरण गरि सहयोग गरीदिनुहुन पनि अनुरोध गरेको छ l
कार्यक्रम :-
मिति:२०१५/४/२६ स्थान:नेपाल हाउस , सौल कोरिया समय:ठिक ११ बजे

No comments:

Post a Comment