Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, April 14, 2015

कोरियाका बिभिन्न सस्थाका प्रतिनिधि तथा समाजसेवीहरुलाई भब्य बिदाई तथा सम्मान सम्पन्न [फोटो फिचर ]


- एल बि श्रेष्ठ/सुर्य खत्री

दक्षिण कोरिया 
१३ अप्रिल ,२०१५

विभिन्न जातिय,क्षत्रिय,दलिय,पेशागत साथै अन्य तवरबाट खाेलिएका १ दर्जन संघसंस्थाले सयुक्तरुपमा अायाेजना गरिएकाे सम्मान तथा विदाई कार्यक्रम काेरियामा रहेका सम्पुर्ण बुद्धिजिविहरु,समाजसेविहरु, पत्रकारहरु साथै ६ दर्जनभन्दा बढि संघसंस्थाहरुका प्रतिनिधिहरु लगायत काेरियावासि नेपालिहरुकाे बाक्लाे उपस्थितिमा भव्य रुपमा सम्पन्न भएकाे छ।

उक्त कार्यक्रममा युवा समाजसेवी अरुण श्रेष्ठ (ईपीस छिङु), नेपाल योङ स्टार ग्रुपका अध्यक्ष लोक लामा , वोमन फोर वोमन र काभ्रे संपर्क समिति की निबर्तमान कोषाध्य्क्ष सन्ध्या बुद्धचार्य,नेपाल योङग स्टार ग्रुपका सचिब तथा नुवाकोट समाजका अध्यक्ष रन्जन कुँवर , सिन्धु समाजका सस्थापक सल्लाहकार चेतनाथ डोटेल, शंकर पाण्डे तथा एकिता श्रेष्ठ त्यसै गरी पत्रकार महासंघ दक्षिण कोरियाका कोसाध्यक्ष कृष्ण बस्याल लगाएतलाई सामुहिक रुपमा बिदाई तथा सम्मान गरिएको छ। अाफ्नाे व्यस्त जीवनकाे बाबजुद पनि नेपाल र नेपालिकाे हितमा साथै सामजिक र परोपकारी कार्यमा पुराउनु भएको अमुल्य योगदानको उच्च मुल्याङ्कन गर्दै सामुहिक रुपमा ९ वटा संघ सस्थाहरु सिन्धु समाज दक्षिण कोरिया , वोमन फोर वोमन , ईपिस युथ नेपाल , नेपाल योङ स्टार ग्रुप , काभ्रे संपर्क समिती , नुवाकोट समाज , परदेशी लाईफ डट कम , दोलखा शेर्पा बिसी संपर्क मन्च , नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले संयुक्त रुपमा कार्यक्रम आयोजना गरिएको थियो ।
नेपाल हाउसमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली दुतबासका उपनियोग प्रमुख राजाराम बर्तौला, बिशेष अतिथिहरुमा नेपाली संपर्क समितिका अध्यक्ष लोचन राई, एनआरएन आईसिसी प्रतिनिधि केपी सिटौला, जनजाती महासंघ का अध्यक्ष भक्त शेरचन, प्रबासी नेपाली मन्चका अध्यक्ष गोबिन्द गाउले, नेपाली विध्यर्थी समाजका सभापति बिमल सुबेदी, नेपाल हाउस ब्यबस्थापना समितिका कार्यालय सचिब भरत तुलाचन, नेपाल पत्रकार महासंघ कोरियाका सचिब बिशाल गहतराज लगाएत कोरियामा रहेका दर्जनौ संघ सस्थका अध्यक्ष तथा सस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सामुहिक रुपमा समाजसेवीहरुलाई खादा तथा दोसल्ला ओढाई सम्मान पत्रले भब्य सम्मान तथा बिदाई गरिएको छ ।
प्रमुख अतिथि नेपाली राजदुतावास उप नियाेग प्रमुख राजाराम बर्ताैलाले नेपाली नेपाली एक जुट भएर यसरी नै सामजिक सेवाका साथ साथै देश विकास र परिवर्तनमा लागिपर्नुपर्छ,त्यसपछि देशले निकास र विकास अवश्य पाउनेछ।याे सयुक्तरुपमा मिलेर गरिएकाे कार्यक्रम निकै सान्दर्भिक र समसामयिक भएकाे अागमि दिनमा हरेक विषयमा यसरी नै मिलेर अगाडि बढाै,यस्मा मेर याे किसिमकाे याेजनामा अाफ्नाे पुर्ण समर्थन र साथ पनि रहने भन्ने महत्वपुर्ण मन्तव्य राखिएकाे थियाे।यसैगरि विशेष अतिथिहरु NRN महासंघ प्रतिनिधि केपि सिटाैला,NCC प्रमुख लाेचन राई,अादिवासि जनजाति महासंघ अध्यक्ष भक्त शेरचन लगायतले याे एकताकाे अभियान अपरिहार्य भएकाे यसरी अगाडि बढे नेपालि समुदाय चाडै नै अगाडि बढ्ने तर्कहरु व्यक्त गर्नु भएकाे थियाे। कार्यक्रममा काेरियन समाजसेवि किम उन दुङले नेपालीहरु परिश्रमि,ईमान्दारि र अनुशासित भएकाेले नेपाली समुदायमाझ बसि निरन्तर सामजिक क्षेत्रमा हातेमालाे अगाडि बढ्न चाहन्छु भन्ने भाब राख्नु भएकाे थियाे।
आउँदा दिनहरुमा सकारात्मक समान सोच समान बिचार र उदेश्य बोकेर सामाजिक कार्यमा सकृय संघ संस्था र युवाहरुलाई समेटेर नयाँ एकताको समीकरण तयार गरेर नेपाली समुदायको संयुक्त र सामुहिक अभियान संचालन गर्ने योजना ल्याउने तयारी भईरहेको पनि जनाईएको छ । कार्यक्रममा अटिजम अभियानकाे अाैपचारिकरुपमा ब्यानर खाेलि उद्घाटन गरिएकाे थियाे । सामसुङ विमा कम्पनिले विमा सम्बन्धि विविध जानकारि राख्नुका साथसाथै सानाे मिल्ति खाेला हाईड्राेकाे सेयर अावेदन पनि धेरैले भरेका थिए ।
कार्यक्रमका सभापति वाेमन फर वाेमनकि अध्यक्ष मल्लिका थकालि हुनुहुन्थ्याे भने कार्यक्रम सिन्धुसमाजका अध्यक्ष यल वि श्रेष्ठ सन्चालन गरेका थिए । स्वागत मन्तव्य नुवाकाेट समाजका युवराज केसिले राख्नुभएकाे थियाे भने काभ्रे सम्पर्क समितिका अध्यक्ष गणेश तिमल्सिनाले कार्यक्रमककाे उदेश्य माथि धारणा राखेका थिए । 

[ सम्बन्धित सम्मान तथा बिदाईका तस्बिरहरु ]

















No comments:

Post a Comment