नमस्ते नेपाल कोरिया सम्बाददाता
फेन्थेक , दक्षिण कोरिया
०२, अप्रिल २०१५ ।
दक्षिण कोरियामा फेन्थेक नेपाली समितिको पहलमा अग्नि पिडितका लागि राहत संकलन गरिने भएको छ। सप्तरी र ताप्लेजुङमा भएको आगालागीका पिडितहरुलाई सहयोग पुर्याउन फेन्थेक नेपाली समितीले कोरियामा तिब्र रुपमा राहत संकलन गर्ने भएका छन् । उक्त समितिले कोरियामा रहेका नेपाली संघ संस्था तथा नेपाली समुदायमा सहयोगको लागि अपिल गरेका छन् ।
अग्नि पीडित राहत संकनको लागि फेन्थेक प्रबाशी मजदुर सहयोग केन्द्र [नेपाली समिति]
फेन्थेक कोरियाको अनुरोध !
"प्रबाशी नेपालीहरुको सहयोग र एकता महान
परोपकारी कार्यको एक बृहत अभियान"
नेपालको ताप्लेजुङ्ग जिल्लाको सदरमुकाम फुङलिंगमा गत २०७१ चैत्र ९ गते र सप्तरी जिल्लाको कंचनपुर नगरपालिकामा गत चैत्र १२ गते भिषण आगलागीबाट भएको मानवीय क्षति एवं करोडौंको भौतिक सम्पतिको नोक्सानप्रति फेन्थेक प्रबाशी सहयोग केन्द्र [नेपाली समिति] फेन्थेक कोरिया गहिरो दुखः प्रकट गर्दै यस दुखद घटनाबाट पिडित परिवारहरूको राहतका लागि हामी कोरिया वासी नेपाली संघ सस्था , नेपाली दिदीबहिनी तथा दाजुभाईहरुको तर्फबाट आर्थिक रूपमा केहि सहयोग गरौ भन्ने उदेश्यले राहत संकलन अभियान तिब्र अगाडी बढाइरहेको जानकारी गराउँदछौ।
यस्तो विपतिमा हामी विदेशमा वस्ने नेपालीहरूको सानो सहयोगले पनि पिडितहरूमा ठूलो राहत पुग्दछ। यस राहत संकलन अभियानमा सहयोग गरिदिनु हुन सम्पूर्ण कोरिया बाशी नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा फेन्थेक प्रबाशी सहयोग केन्द्र [नेपाली समिति] फेन्थेक हार्दिक अनुरोध गर्दछ।
सहयोग गर्न चाहनुहुने महानुभावहरुले तल उल्लेखित निम्न खातामा सहयोग रकम जम्मा गर्नुहुन हार्दिक अनुरोध गरिएको छ ।
कृपया रकम जम्मा गर्दा आफ्नो नाम,ठेगाना पनि खुलाईदिनु हुन अनुरोध गर्दै सहयोग गर्नुहुने महानुभावहरुको विवरण क्रमश सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दै जाने कुराको पनि जानकारी गराउदछौ। साथै पिडित परिवारमा राहत रकम सकभर चाँडो पुगोस भन्ने उदेश्यले राहत संकलन अभियान यहि महिना अन्त सम्म रहने कुराको जानकारी गराउदछौ।
धन्यवाद !!! फेन्थेक प्रबाशी सहयोग केन्द्र- [नेपाली समिति] फेन्थेक -दक्षिण कोरिया l
रकम सहयोगका लागी बैंकखाता न. ;- Bank:- [Woori Bank]
(Acc. no.-1002246487183) - [thapa]
सहयोगका लागि सम्पर्क व्यक्तिहरु :-
• बिजु बिक्रम थापा - सुनसरी - [०१०-६८५३१२२०]
• नारन पाठक -नवलपरासी [ ०१० -६४१२२५१५ ]
• यादव खनाल - नवलपरासी [010-73147339]
• सुबर्ण चौलागाई -रौतहट [010- 26072835]
• भक्त थापा - स्यांग्जा [ 010-68682273 ]
• पदम सुब्बा - पाचथर [010-31009811]
• बिनोद सुबेदी - सुनसरी [010-21820590]
• प्रविन गिरी - कास्की - [010-26609378 ]
• नगेन्द्र पाण्डे ,- स्यांग्जा - [010-59241427 ]
• पेशल आचार्य ,- सुनसरी [010-21741140]
• सजिन नेपाल ,काभ्रे -[ 010-21453952 ]
• कृष्ण पुरी - कास्की -[०१०५९३११९३४]
• लक्ष्मण नेपाल - भोजपुर [010-21456526]
• नवराज तिमल्सिना ,काभ्रे -[010-48379381]
• दीपक खत्री ,काभ्रे -[010-30212093]
• जीबन बोहोरा , झापा [010-68719074]
(फेन्थेक प्रबाशी मजदुर सहयोग केन्द्र ,नेपाली समिती) |
No comments:
Post a Comment