नमस्ते नेपाल कोरिया सम्बाददाता ,कोरिया

यस अघि नै प्रारम्भिक चरणमा उठेको रकम मध्ये बाटै संगीता र बसन्तलाई जनही १/१ लाख ने.रु.सहयोग गरिसकेको छ भने बाकि उठेको रकम बाट अर्का एसिड पिडित सीमा बस्नेतलाई पनि थोरै सहयोग गरिने र संगीताको उपचार खर्च नेपाल सरकारले व्यहोर्ने हुनाले बाकी रकम बसन्तलाई हस्तान्तरण गरिने अर्का अभियान कर्ता होबिर थापा मगरले बताउनुभएको छ।
आर्थिक सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरुलाई मगर संघ कोरियाको तर्फ बाट अध्यक्ष खड्ग थापा मगरले हार्दिक धन्यवाद दिनुभएको छ।स्मरण रहोस बसन्त/संगीताको उपचार सहयोग विश्व मै पहिलो अभियान मगर संघ कोरियाले शुरु गरेको थियो।अभियान शुरु गरिसके पछि मात्र नेपाल सरकारले संगीताको उपचार खर्चको जिम्मा लिएको थियो भने मगर संघ कोरियाकै पहलमा बसन्त लाइ फोन गरेर दाङ्ग बाट काठमाडौँ बोलाइएको थियो र उपचारको लागि हस्पिटल भर्ना गरिएको थियो।
No comments:
Post a Comment